धितोपत्र बोर्डमा सानिमा बैंकको लगानी

अर्थ/वाणिज्य समाचार

काठमाडौं । पछिल्लो समय धितोपत्र वोर्डको अध्यक्षमा सानिमा बैंकको सेटिङ्ग सफल भएको छ । मन्त्रिपरिषद्को बैठकले धितोपत्र बोर्ड (सेबोन)को अध्यक्षमा नेपाल राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक डा.गोपाल प्रसाद भट्टलाई नियुक्ति गरेको छ । यसअघि रमेश हमाल र सन्तोष नारायण श्रेष्ठ अध्यक्ष भएका थिए । सेबोनको अध्यक्षमा बिचौलिया दिपक भट्टको प्रभावमा सन्तोषनारायण श्रेष्ठहरु नियुक्ति गरिएको थियो । उनकै नियुक्तिमा लफडा हुँदा नेकपा फुटेर एमाले माओवादी बनेर पूर्ववत अवस्थामा पुगेको थियो । रमेश हमाल र सन्तोष नारायण श्रेष्ठ अध्यक्ष हुँदा प्रतिष्प्रर्धामा होमिएर अन्तिममा फालिएका भट्ट तेस्रो प्रयासमा देशको पुँजी बजार नियामकको कुर्सीमा पुग्न सफल भएका छन् । नेपाल राष्ट्र बैंकमा कार्यकारी निर्देशकको रूपमा लामो समय वित्तीय नीति निर्माण, आर्थिक अनुसन्धान र सुपरिवेक्षणमा बसेर काम गरेका व्यक्ति हुन् । भट्ट सिफारिस समितिका अध्यक्ष गुणाकर भट्टका आफ्नै दाजु हुन् ।

छनौट सूचीको अन्तिममा रहेका डा. गोपाल भट्ट राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.गुणाकर भट्टका दाजु हुन् । आफ्नो भाइले आवेदन दिएको भन्दै छनौट समितिबाट बाहिरिएका थिए । गोपालले आवेदन गरेको केही दिनमै छनौट सिफारिस समितिबाट बाहिरिएका थिए । उनी बाहिरिएपछि बनेको सिफारिस समितिले नेपाल राष्ट्र बैंकबाट अवकाशप्राप्त कार्यकारी निर्देशक डा. गोपाल भट्टसहित धितोपत्र बोर्डसँग सम्बन्धित पूर्व र वर्तमान कार्यकारी निर्देशक सर्ट लिष्टमा राखेको थियो । त्यसमध्ये सूचीको १ नम्बरमा रहेका डा.नवराज अधिकारी बोर्डका पूर्व कार्यकारी र विनयदेव आचार्य अहिलेका कार्यकारी हुन् । उता मुकुन्दकुमार क्षेत्री र डा. गोपालप्रसाद भट्ट केन्द्रीय बैंकका कार्यकारी निर्देशक हुन् । यी चारमध्येबाट भट्टलाई अध्यक्ष नियुक्त गरिएको छ । तर नियुक्ति प्रक्रिया पारदर्शी नभएको भन्दै कतिपय आवेदकहरुले गुनासो गर्दै आएका छन् । आवेदन दिने ४७ जना थिए । तीमध्ये अधिकांश राष्ट्र बैंकका पूर्व डेपुटी गभर्नरहरु, कार्यकारी निर्देशक तथा निर्देशकहरु रहेका थिए ।

सो सिफारिस समिति मध्यमा भुवन दाहाल कुनै समय सानिमा बैंकको सिइओ रहेका थिए । तिनै दाहालको जोडबलमा अर्थमन्त्री र गभर्नरको रोजाइमा परेका डा. भट्ट अध्यक्ष बन्न पुगेका छन् । गत वर्ष जेठमा गभर्नर भएका पौडेलले वित्तीय क्षेत्रको अध्ययन गर्ने भन्दै गठन गरेको एउटा टोलीमा सदस्य पनि बनाइदिएका थिए । अहिले धितोपत्र वोर्डको अध्यक्ष नियुक्तिका लागि सिफारिस समितिमा उनैलाई रोज्नुको पछाडि सानिमा बैंकको कनेक्स भएको बताइन्छ । हालका गभर्नर पौडेल पहिले दाहाल सिइओ हुँदा सानिमा बैंकको सञ्चालक थिए । उनको सम्पत्ति विवरणमा सबैभन्दा बढी हाइड्रोदेखि अन्य कम्पनीमा लगानी देखाइएको छ । सानिमा बैंकमा अर्थमन्त्री वाग्लेको लगानी रहेको उनले सार्वजनिक गरेको सम्पत्ति विवरणले देखिन्छ । यस हिसाबले समेत विगतमा विशाल ग्रुपहरुले कब्जा जमाएको धितोपत्र बोर्डको नियुक्तिमा यस पटक सानिमा समूहले हाइज्याक गरेको छ ।

०००००

Leave a Reply

Your email address will not be published. Required fields are marked *