प्रचण्डको आडमा पैसा र पद कमाउनेहरु आज सिथिल

राजनीति समाचार

काठमाडौं । पार्टीको नाउमा आफू कमाउने गरी माओवादी अध्यक्षलाई उपयोग गर्ने मारवाडी चरित्रका दुई अनुहारको विचल्ली भएको छ । चुडामणि खड्का र जोखबहादुर महरा अध्यक्षको स्वकीय सचिव बारम्बार भए । उता, कृष्ण ध्वज खड्का सचिवालयमा नरहे तापनि हरेक काममा पैसा उठाउँथे । जोखबहादुरले पैसा पाएपछि प्रचण्डको समय मिलाउने, कृष्णबहादुर महाराले प्रचण्डको पिए र प्रदेश सांसद तथा मन्त्री बनाउने कबोल गरेर मोहन वैद्यबाट भाइ महरा र पत्रकार गोविन्द आचार्यलाई फिर्ता गरेका थिए । उनले भाइलाई सुरुमा पिए बनाए । आचार्यलाई प्रेस सेन्टरको जिम्मा दिएका थिए । आचार्यकी श्रीमतीलाई पार्टी कार्यालयको पुस्तकालयमा जागिर दिएर केष्णबहादुर महराले सबै जिम्मा लिने विस्वास दिलाएपछि यो टीम प्रचण्डवादी भएको हो ।

तर, पार्टीको नाउँमा कमाउन सफल यो टीम आज असरल्ल भएको छ । कृष्णबहादुरले राजनीति नै त्यागे । जोख बहादुर लुम्बिनी प्रदेश सांसद त्यागेर संघीय ससदको चुनाव लडेर पछारिँदा असरल्ल भएका छन् भने जोखबहादुर महरा पार्टी कमजोर हुँदा कमाई घटेपछि अलमलमा परेका छन् ।
आन्दोलन जनताको पक्षमा भन्ने तर स्वार्थंसँग जोडिएका काम धेरै गर्ने माओवादीहरु आज सिथिल बन्दै गएका छन् । त्यसको कारण जनवर्गीय संगठनहरुमा उत्सुकता नहुनु नै हो । तुजुक सत्ताबाट फुत्केपछि देखिन्छ भन्थे आज माओवादीका भाडेहरुको तुजुकले लुम्बिनी प्रदेश सिथिल छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *