काठमाडौं । माइतीघर मण्डलामा बिहानदेखि बेलुका ७ बजेसम्म सवारी जामले सडक अस्तव्यस्त हुँदा सर्वसाधारण यात्रुहरु घण्टौंसम्म जाममा फस्ने गरेका छन् भने सवारी आगामन नै अस्तव्यस्त हुने गरेको छ । माइतीघर मण्डलामा वर्षौदेखि यस्तो अवस्था सिर्जना हुँदा पनि त्यसको ३०० मिटर आसपासमा रहेको सिडियो कार्यालय, गृहमन्त्रालय मुकदर्शक बनेर बसिरहेको छ । पछिल्लो समय राजनीतिकदलदेखि सर्वसाधारण पीडितहरुको जुलुस, धर्ना र विरोधका कार्यक्रम माइघर मण्डलाबाट सुरु गर्ने प्रवृत्तिले सर्वसाधारण यात्रुहरु सधैं मारमा पर्ने गरेका छन् ।
जिल्ला अदालत, सर्वोच्च अदालत, कृषि विकास बैंक, सेनाको मुख्यालय, अभिलेख विभाग, सिडियो कार्यालय, आयल निगमको कार्यालय र अस्पतालजस्ता महत्वपूर्ण कार्यालयहरु रहेका छन् । देशको महत्वपूर्ण कार्यालय भएको आसपासमा विरोध प्रदर्शन, धर्ना, जुलुस र सभा गर्दा त्यसले पु¥याउने असरबारे सरकार र सम्बन्धित निकायको ध्यान जान सकेको छैन । गत भदौ २३ गतेको जेनजी विद्रोह पनि माइतघर मण्डलाबाटै सुरु गरिएको थियो । २४ गते सोही ठाउँबाट सुरु भएको आन्दोलनले सिंहदरबारदेखि देशका महत्वपूर्ण कार्यालयहरु तोडफोड र आजनी गरेर सखाप बनाइएको थियो ।
देशको महन्वपूर्ण कार्यालयहरु रहेको स्थान नजिक धर्ना, जुलुस, विरोध प्रदर्शन र अनसन बस्न दिनु कति उचित हुन्छ ? त्यहाँबाट जेनजी आन्दोलन जस्तै अन्य शक्तिहरुले सोहीबाट आन्दोलन नगर्लान् भन्न सकिँदैन । त्यस्ता आन्दोलनहरुले त्यसमा आसपासमा रहेका महत्वपूर्ण सरकारी कार्यालयहरु फेरि ध्वस्त नहोलान् भन्न सकिँदैन । हरेक दिन माइतीघर मण्डलामा १५÷१६ समूहहरु सरकारसँग विभिन्न माग राखी अनसन बसिरहेका छन् ।
त्यसबाहेक विभिन्न विचार समूहले सोही ठाउँबाट आन्दोलन गर्ने गरिरहेका छन् । चारैतिरबाट आवतजावत गर्ने स्थान माइतघरमा दैनिकजसो असन, धर्ना, आन्दोलन, विरोध प्रदर्शन जस्ता कार्य भइरहनु कति उचित हो ? त्यसले गर्दा सवारी साधनहरु घण्टौंसम्म जाममा पर्ने गरेका छन् । कहिलेकाहीँ त दिनभर नै सडक जाम हुने गरेको छ । त्योसँगै वर्षामा पानी जमेर हुने सडक जामले त्यत्तिकै समस्या पारिरहेको छ । तर, राज्यका सम्बन्धित निकायले त्यस्ता विषयमा ध्यान सकेका छैनन् ।

