बालेन सरकार राष्ट्रियता माथि खेलवाड गर्दै

प्रमुख राजनीति समाचार

काठमाडौं । राजनीतिक दलहरुको विवाद र टकरावको कारण जहिल्यै पनि सरकार गिराउने र ढाल्ने खेल हुने हुँदा भ्रष्टाचार मौलाउँदै गएको कारण त्यसको विकल्पमा नेपाली जनताले गत फागुन २१ गतेको प्रतिनिधिसभा निर्वाचनमा रास्वपालाई दुई तिहाई हाराहारी मत दिएर विजयी गराएका थिए । रास्वपाको सरकार बनेको सात महिना पुग्दा पनि रास्वपाको सरकारको काम गराई हेर्दा पुराना दलहरु भन्दा निकम्मा बन्दै गएको छ ।

रास्वपा भित्र विभिन्न गुटउपगुट खडा भएका छन् । रास्वपाबाट प्रधानमन्त्री बनेका बालेन्द्र शाहको काम गराई हेर्दा पनि त्यस्तै छ । किनकी बालेन्द्र नेतृत्वको सरकारले निमुखा र गरिब जनताको हितमा काम गर्न सकेको छैन । सरकारले सर्वासधारण जनता र गरिबको हितमा काम गर्ने भन्दा ठूला बडा र खानदानीको हितमा हुने नियम र नीति बनाएर लागु गर्दैछ । विकासको नाममा विनाश गर्ने काम पनि बालेन्द्र सरकारले गर्दैछ । संविधान विपरीत न्यायधीश, राजदूत नियुक्तिसम्ममा विवादीत व्यक्तिलाई नियुक्ति गर्दा विवादमा परेका छन् । त्यसले गर्दा रास्वपा सरकारको धज्जी नै उडेको छ । अर्कोतर्फ नेपालका तत्कालीन प्रधानमन्त्रीहरुले नेपाली दौरासुरुवा र ढाकाटोपीमा संसदमा प्रस्तुत हुने चलन थियो भने बालेन्द्र शाह प्रधानमन्त्री बनेदेखि न त संसदमा दौरासुरुवाल र ढाकाटोपी लगाएर उपस्थित हुन्छन् । न त राष्ट्रिय गरिमाको ख्याल नै राखेका छन् ।

बालेन्द्र शाहले देश र जनताको हितमा काम गर्ने भन्दा पनि विदेशीको इशारामा चलेको भान नेपाली जनताले गर्न थालेका छन् । रास्वपा सरकारबाट नेपाली जनताले धेरै आशा र भारोसा गरेका थिए । आज बालेन्द्र सरकार बनेको सात महिना पूरा हुँदा पनि नेपाली जनताले सोचे अनुसारको अनुभूति गर्न पाएका छैनन् । न जनताले अनुभूति गर्न पाए न त वर्षौंदेखि अलपत्र परेको ग्रेटा समस्याको समाधान हुन सक्यो । धेरै नेपालीहरुले बालेन्द्र सरकारलाई मत दिएर संसदमा पु¥याएका थिए । संसदमा नेपाली जनताले पु¥याए तापनि नेपालमा गरिबीको संख्या ७.६० प्रतिशत रहेको छ । न त ती गरिबहरुको उद्धार गर्न सकेका छन् न त प्रधानमन्त्रीले छवि बनाउन सकेका छन् । रास्वपा सरकारले संघीयता बलियो बनाउन पनि सकेको छैन् । सडक विस्तार मर्मत सम्भारमा पनि ढिलासुस्ती भई राखेको छ । नेपाली जनताले स्वास्थ्य र शिक्षामा निःशुल्कको आशा राखेका थिए । तर बालेन्द्र सरकार बन्ने बित्तिकै स्वास्थ्य, शिक्षा र बिजुलीमा कर लगाउने काम ग¥यो । त्यसको चौतर्फी विरोध भएपछि सो कर फिर्ता लिएको थियो ।

त्यसैगरी प्रधानमन्त्री शाहले सामाजिक सद्भाव पनि कायम राख्न सकेका छैनन् । संसदमा नेपाली जनताको लागि सम्बोधन पनि गरेनन् । न त नेपाली जनतालाई सम्बोधन गर्न सके न त नेपाली पोशाकमा उभिन नै सके । त्यसले गर्दा बालेन्द्र सरकार नेपालको भन्दा पनि विदेशीको इशारामा चलेको स्पष्ट हुन्छ । किनकी भारतले नेपाली भूमि मिचिरहँदा बालेन्द्र शाहले संसदमा नेपालले पनि भारतको भूमि मिचेको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसैगरी अर्थमन्त्री स्वर्णिम वाग्लेले भारतको नेपाली राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोड्ने युग समाप्त भएको भन्ने अभिव्यक्ति दिएका थिए । त्यसले गर्दा पनि प्रधानमन्त्री बालेन्द्र शाह र अर्थमन्त्री वाग्ले नेपालको हित भन्दा पनि विदेशीको हितमा रमाउने पात्रका रुपमा खडा भएका छन् । राष्ट्र, राष्ट्रियता सार्वभौम सत्ता माथि धावा बोल्ने काम प्रधानमन्त्री र अर्थमन्त्रीले गरेका छन् । त्यसले गर्दा भोलिका दिनमा नेपालको सार्वभौम सत्ता र अखण्डतालाई अछुनो राख्नका लागि पनि नेपालीहरु एकजुट हुनुपर्ने आवश्यकता रहेको छ ।

रास्वपाका सांसद र मन्त्रीहरुले राष्ट्र र राष्ट्रियता माथि धावा बोल्न थालेपछि आम नेपालीहरु मर्माहित भएका छन् । राष्ट्र र राष्ट्रियताको ख्याल राख्न नसक्ने प्रधानमन्त्री र अर्थमन्त्रीले देशको विकास कसरी गर्छन् ? यो पनि प्रतिक्षाको विषय बनेको छ । रास्वपा भित्र प्रधानमन्त्री बालेन्द्र र सभापति रवि लामिछाने बीचको समन्वय पनि खस्कँदै गएको छ । त्यसले गर्दा पनि रास्वपाको सरकारले देश र जनताको लागि भन्दा पनि विदेशीको इशारामा चल्ने गरेको अनुभव गर्न सकिन्छ । नेपालको सार्वभौम सत्ता माथि प्रधानमन्त्री जस्तो पदमा बसेर भारतको जग्गा नेपालले मिचेको भन्ने अभिव्यक्तिले पनि बालेन्द्र सरकारको अस्तित्व सिद्धिएको आकालन गर्न सकिन्छ । हुँदाहुँदा अर्थमन्त्री स्वर्णिम वाग्लेले समेत नेपाली राष्ट्रवादलाई भारत विरोधी भावनासँग जोड्ने युग समाप्त भएको घोषणा गर्न भ्याएका छन् । त्यसले गर्दा नेपालका प्रधानमन्त्री र अर्थमन्त्री विदेशीको इशारामा चल्ने गरेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *