रामेछापको मन्थली नगरपालिका पहाडी जिल्लामा पर्ने नगरपालिका मध्येको एक हो । त्यसमा पनि ०७२ सालको भूकम्पले धेरै क्षति पु¥याएको नगरपालिका पनि हो । खानेपानीको चरम समस्या र विकास निर्माणका हिसाबले सडक यातायातको विकासमा समेत यो नगरपालिका विगतदेखि नै पछाडि पारिएको क्षेत्र हो । चारैतिर फैलिएको अव्यवस्थित बस्तीका कारण विकासका काम गर्न अझ चुनौतीपूर्ण क्षेत्र पनि हो यो । स्थानीय निर्वाचनपश्चात यहाँको समग्र विकास कसरी भइरहेको छ ? स्थानीय सरकारले जनताका आधारभूत आवश्यकता र युवा उद्यमीको विकासका लागि ल्याएको योजनाहरुमा आधारित भई तामाकोशी सन्देश साप्ताहिकका संवाददाता एलबी विश्वकर्माले मन्थली नगरपालिकाका मेयर रमेश बस्नेतसँग गरेको कुराकानीको सम्पादित अंशः
० तपाई निर्वाचित भएको झन्डै तीन वर्ष बित्न लाग्यो । मन्थली नगरपालिकामा विकासका कामहरुमा के–के गर्नुभयो ?
०७४ साल जेठ ५ गते निर्वाचित भएर हामीले जिम्मेवारी सम्हाल्यौँ । यसमा अझ हाम्रो जिल्ला र नगरपालिका ०७२ सालको भूकम्पले क्षत्विक्षत बनाएको जिल्ला हो । यसैले पहिलो वर्ष निजी आवस, विद्यालय, अस्पतालहरु निर्माण गर्न हामी लाग्यौँ । सबै स्थानमा सडक थिएनन् । यसैले हामीले टोल–टोलमा सडक पु¥याउन लम्कियौँ । निर्वाचित भएर आएपछि त्यो दायित्व अन्र्तगत पहिलो वर्ष हामीले त्यस्तै साना तथा अत्यावश्यक विकासका कामहरुलाई तिव्रता दियौँ । यो पहिलो वर्षको काम यत्तिकै बित्यो । यसैले विगत दुई वर्षमा धेरै ठूलो योजनाहरु बन्न सकेनन् । बल्ल मात्र कर्मचारी समायोजन पूरा भएको छ । बस्ने अफिसहरु व्यवस्थित हुन थालेका छन् । र, प्रििवधसँग हामी जोडिएका छौँँ । अहिले मन्थली नगरपालिकाले केही नयाँ योजनाहरु बनाएर निर्माणमा सक्रिय भएको छ । अहिले हामी नगरको हेडक्वार्टरबाट वडा कार्यालय जाने सडकहरुलाई तिनै तहको सरकारको बजेटको सदुपयोग गरेर कालोपत्रे गर्दै छौँँ । वडा कार्यालय भवन निर्माणको अभियानमा छौँ । शिक्षा क्षेत्रमा सामुदायिक शिक्षालाई सुधार गर्ने अभियानमा छौँ र सहरी स्वास्थ्य केन्द्रमार्फत स्वास्थ्यलाई सबलीकरण गर्नका निम्ति विकासको थालनी यसैवर्षका निम्ति तयार गरिएको छ । यी कामहरु अहिले हामी गरिरहेका छौँ ।
० नगरपालिकामा नया“ सडक कति निर्माण भए र कति वटा पुराना सडकहरुको स्तरोन्नति गरियो ?
हामीले धेरै सडकहरु नयाँ निर्माण गरेका छौँ । नगरपालिका १३७.४ किलोमिटर र ५३.१ वर्ग मिटरमा फैलिएको छ । त्यसमा पनि हाम्रा बस्तीहरु छरिएका छन् । यसैले धेरै नयाँ ट्र्याक निर्माण गरिएका छन् । अहिले नगरपालिकाले ७ वटा नगरका योजनाहरु प्राथमिकीकरण गरेको छ । एउटा मन्थली–सुनारपानी–साँलु, अर्को मन्थली–भुत्याखोला कथजोर जाने सडक, देवीचरा परासी जाने सडक, मन्थली–गेलु जाने सडक, मन्थली–चीसापानी–पुरानागाउँ जाने सडक, मन्थली–जनकपुर जाने सडक र मन्थली–भलुवाजात जाने सडकलाई हामीले पहिलो प्राथमिकतामा राखेका छौँ । ती सडकहरु कालोपत्रे गरिँदै छन् । अहिले टेन्डर भएर कार्यान्वयनको चरणमा यी सडकहरु रहेका छन् ।
० निर्माणाधीन संरचनाहरु कुन–कुन छन् ?
मन्थली नगरपालिकाले पहिलो कुरो तीनतले कार्यालय भवन पूरा गरेको छ । यो वर्ष पनि टेन्डर भएको छ । आउँदो वर्षको बैशाख–जेठसम्म हामी भवन बनाउँछौँ । तीन वटा वडा कार्यालयहरु निर्माणको अन्तिम चरणमा छन् । अर्को तीनवटा पाइप लाइनमा छन् । सडकहरु कालोपत्रेका काम तीव्र रुपमा भइरहेका छन् । स्कुलका भौतिक प्रर्वाधार निर्माणका कामहरु भइरहेका छन् । जिएलपिओको सहयोग भवन निर्माण भयरहेको छ । स्वास्थ्य कार्यालय र सहरी स्वास्थ्य कार्यालयलाई क्रमशः आफ्नै भवनमा सार्ने तयारीमा हामी छौँ । शिक्षा र शिक्षक क्षेत्रको सुधारका कामहरुलाई मन्थली नगरपालिकाले ६७ वटा विद्यालय सुधार गरेको छ । हाम्रो नगरपालिकामा ती ६७ वटा विद्यालय मात्र हुन् । विद्यालयका अध्यक्ष, प्रधानाध्यापक र अभिभावकहरु बसेर ४० बुँदे घोषणापत्र जारी गरेका छौँ । र त्यो घोषणापत्रका आधारमा सामुदायिक विद्यालय सुधारका कामहरु अगाडि बढाएका छौँ ।
० विकासका कामहरु गर्दा कत्तीको अप्ठ्यारोको सामना गर्न प¥यो ?
२०७४ साल जेठ ५ गते हामी निर्वाचित भएर जिम्मेवारी सम्हाल्यौँ । कार्यकाल सम्हालेको ३२ महिना बित्यो । हामी निर्वाचित भएको बेलामा मुलुकको राजनीतिमा नौलो प्रणालीसहितको नयाँ आयाम सुरु भएको थियो । त्यो उल्टो ढंगको चुनाव पनि थियो । किन थियो भन्दा सबैभन्दा पहिला संघीय र प्रदेश चुनावपछि मात्र स्थानीय चुनाव हुनुपर्नेमा पहिले स्थानीय तहको चुनाव भयो । त्यसो भएन । जसले गर्दा स्थानीय तहहरुलाई चुनौती बढी देखिएका हुन् । यदि त्यसो हुन्थ्यो भने संघीय र प्रदेश सरकारले कानुन बनाउथ्यो । र त्यसका आधारमा स्थानीय तहले आफ्ना काम र अधिकारहरुका बारेमा कानुन बनाउँथ्यो । राज्यको पुनर्संरचनापछि पूर्वाधारहरु पूरा हुन्थ्यो, कर्मचारी पूर्ण हुने थिए । त्यसो भएको भए हामीले सिधै विकासका कामहरुमा प्रवेश गर्न पाउने थियौँ । तर, हामी निर्वाचित भएर आयौँ । यहाँ केही छैन । न बस्ने कार्यालय छ, नत कर्मचारीहरु नै छन् । यस्तै, निर्णय कार्यान्वयन गर्न सक्ने कानुन पनि हामीसँग थिएन । यसरी हामी चुनौतीपूर्ण ढंगले अगाडि बढ्नु प¥यो । हामी निर्वाचित भएर आउँदा निजी आवास निर्माणको जिम्मेवारी पनि हाम्रै काँधमा थियो । सोही बेलामा यो चटारोको सामना हामीले गर्न प¥यो । त्यसका लागि हामीसँग आवश्यक जनशक्ति थिएन । यसले अप्ठ्यारोको सामना गर्नुप¥यो । फेरि टोल टोलमा सडक पु¥याउने पर्ने थियो । त्यो दायित्वअन्र्तगत पहिलो वर्ष हामीले त्यस्तै साना तथा अत्यावश्यक विकासका कामहरुलाई तिव्रता दियौँ । यो पहिलो वर्षको काम यत्तिकै बित्यो । यसैगरी दोस्रो वर्ष हामीले आफूलाई आवश्यक अर्थात् नगरपालिका र वडाका कार्यालयहरु निर्माण ग¥यौँ । नगरपालिकाको तीनतले भवन सबै कामहरु एउटै छानामुनीबाट गर्नका लागि तयार पारियो । यसैले यी दुई वर्षमा धेरै ठूलो योजनाहरु बन्न सकेनन् । बल्ल मात्र कर्मचारी समायोजन पूरा भएको छ । बस्ने अफिसहरु व्यवस्थित हुन थालेका छन् । र, प्रविधीसंग हामी जोडिएका छौँ । अहिले मन्थली नगरपालिकाले केही नयाँ योजनाहरु बनाएर निर्माणमा सक्रिय भएको छ ।
० अन्य कार्यक्रमहरु के–के छन् ?
हामीले दर्जनौँ कार्यक्रमहरु सञ्चालन गरिरहेका छौँ । जसमा स्वास्थ्य केन्द्रहरु झन्डै दोब्बरले बृद्धि गरेका छौँ । विगतमा हामी निर्वाचित भएर आउँदा ११ वटा स्वास्थ्य केन्द्रहरु थिए । अहिले ती दोब्बरले बृद्धि भएका छन् । नगरपालिकामा २२ वटा स्वास्थ्य केन्द्रहरु छन् । हामीले जनताको आधारभूत स्वास्थ्य सेवा दिने वातावरण बनाएका छौँ । त्यो पनि घरबाट आधा घन्टाको दूरीमा रहेका छन् । कृषिमा हामीले किसानहरुका लागि विभिन्न योजना तथा कार्यक्रमहरु बनाएर अगाडि बढिरहेका छौँ । दुग्ध विकासमा हामी आत्मानिर्भरको चरणमा पुगेका छौँ । अण्डा र मासुमा आत्मनिर्भर हुँदै छौँ । युवा उद्यमीहरुलाई वर्षकोे तीन जनाको दरले निःशुल्कः पाँच लाख रुपैयाँ अनुदान दिएर युवा किसानलाई कृषिमा आधारित उद्योगहरु सञ्चालन गर्न टेवा पु¥याएका छौँ । यसका लागि सहयोग गर्दै आएका पनि छौँ ।
० वैदेशिक रोजगारीको व्यवस्थापनका लागि के कार्यक्रमहरु गर्नुभएको छ ?
वैदेशिक रोजगारीको व्यवस्थापनका लागि सरकारको सहयोगमा हेल्बेटाँसले प्राविधिक सहयोग गरिरहेको छ । पहिला संस्थाहरुमार्फत छनोट गरेर वैदेशिक रोजगारीमा जानेलाई सुरक्षित आप्रवासन परियोजना गरिएको थियो । त्यो परियोजना गएको वर्ष नगरपालिकामा हस्तान्तरण भएको छ । हामीले त्यसैगरी चलायौँ । यस वर्षदेखि संघीय सरकारको श्रम तथा रोजगार मन्त्रालयबाट हामीलाई नगरपालिकाको कार्यक्रम क्षेत्रभित्र पारेपछि नगरपालिकाले आफ्नो ओनरसिपमा लिएर सुरक्षित वैदेशिक रोजगारीका कार्यक्रमहरु सञ्चालित गरेका छौँ । हाम्रोसँगै चारवटा गाउँपालिकाहरु उमाकुण्ड गाउँपालिका, दोरम्बा गाउँपालिका सुनापति गाउँपालिकालगायतले त्यो ओनरसिपमा काम गरिरहेका छन् । खास गरिकन विदेश जानेहरुलाई ट्रेनिङ दिएर मात्र पठाउने अहिले नै विदेश जानेलाई रोक्न सकिँदैन । ज्ञान, सीप र प्रविधिबारे तालिम दिने र त्यहाँका निती नियमबारे जानकारी दिएर मात्र पठाउने योजना हामीले अवलम्बन गरिरहेका छौँ । यसैगरी, वैदेशिक रोजगारीबाट फर्केर आएकाहरुले ज्ञान, सीप, पुँजीलाई उद्योग, कृषि र पशुलगायत क्षेत्रमा व्यवसायीकरण, व्यवसायिक प्रणालीलाई आधुनिकीकरण गर्न किसानका गतिविधीलाई सहयोग गर्न सहुलियत दिने नगरपालिकाको कार्यक्रमहरु रहेका छ ।
० संघीय सरकारले साक्षरता घोषणा गर्न देशैभर अभियान नै सञ्चालन गरेको छ । यहाँको नगरपालिको अवस्था के छ ?
सरकारले अहिले अन्य स्थानका लागि यो कार्यक्रम सञ्चालन गरेको हो । हाम्रो नगरपालिका पहिले नै साक्षरता घोषणा भइसकेको छ । यहाँ ९५ प्रतिशत ६० वर्षमुनीका जनताहरु साक्षर छन् । यो नगरपालिका मात्र होइन, जिल्ला नै साक्षरता गरिसकिएको छ ।
० नयाँ कार्यक्रमहरु के– के छन् ?
मुख्यगरी यो पहाडी क्षेत्र हो । नगरपालिका भए पनि यहाँ गाउँ नै गाउँ छन् । बस्तीहरु छरिएर रहेका छन् । एकीकृत बस्ती छैन । नगरपालिका सुख्खा छ । १४ वटा वडाहरुमा १२ वडा सुख्खाग्रस्त क्षेत्र हुन् । ती वडामा ग्राभिटी वाटरको कुनै सम्भावना छैन । हामी खानेपानीमा लिफ्ट प्रणालीमा गइराखेका छौँ । मन्थलीको वडा नम्बर १ जहाँ बजार क्षेत्र छ । त्यहाँ तामाकोसीको पानी तानेर खाने हो । वडा नम्बर ६ मा संघीय सरकारको सहयोगमा लिफ्ट खानेपानी सञ्चालित छ । अहिले भर्खरै चार र पाँच नम्बर वडामा पनि खानेपानी लिफ्टमा गएको छ । २, ३, ११, १२ र १३ नम्बर वडामा लिफ्टमार्फत खानेपानीको व्यवस्थापन गरिएको छ । सातमा आयोजना पूरा भएर खानेपानी पु¥याइएको छ । अहिले ७ र ९ का लागि पनि लिफ्ट खानेपानी आयोजना सञ्चालन गर्न हामी तयारी अवस्थामा छौँ । त्यसो भएकाले हामीसंग जनताको आधारभूत विकासका कामहरु अगाडि बढाउने काम गरिरहेका छौँ । यो यस कारण की पानी नभई बस्ती हुँदैन । बस्ती नभइकन विकास गर्नुको कुनै औचित्य रहँदैन । यसैले नगरपालिकाले योजनाबद्ध विकास गरिरहेको छ । खानेपानीमा ठूलो बजेट चाहिँदैन । स्थानीय सरकारको बजेटले पुग्दैन । यसैले हामीले संघीय सरकारको सहयोगमा यी आयोजनाहरु निर्माण गरिरहेका छौँ । हामीले खानेपानी, बाटोघाटोलाई १२ वटै महिना सञ्चालनमा आउने गरी विकासका लागि लागेका छौँ । नदि किनारामा रहेका बस्तीलाई लिफ्टमार्फत कृषिमा सहयोग गर्ने कामहरु हामीले गरिरहेका छौँ । यस्ता योजनाहरु अघि सारेका छौँ ।