गत मंगलबार नेपालको इतिहासमा युगान्तकारी दिन रह्यो । नेपाल र नेपालीको शिर अझ अग्लिएको दिन थियो, २३ मंसिर । सरकारले विश्वको सर्वोच्च शिखर सगरमाथाको नयाँ उचाइँँ ८८४८.८६ मिटर भएको घोषणा ग¥यो । नेपालले पहिलोपटक आफ्नै स्रोत साधन र जनशक्तिले सगरमाथाको उचाइँ मापन गरेको सुखद् घटनाले केवल सगरमाथाको उचाइँका निम्ति मात्र नभई विश्वमा नेपालको पहिचान बढेको छ । विगत ६५ वर्षदेखिको रेकर्ड तोड्दै सगरमाथाको उचाइँ ८६ सेन्टिमिटर बढी भहेको रेकर्ड कायम भएको हो । जसबाट विभिन्न विवाद साम्य हुन गएका छन् । सगरमाथाको उचाइँ ८६ सेन्टिमिटरले बढेर ८८४८.८६ मिटर पुगेको औपचारिक घोषणा ग¥यो । सगरमाथाको उचाइँ मापन र चुनौतीका विषयमा केन्द्रित रहेर तमाकोशी सन्देश साप्ताहिले नापी विभागका महानिर्देशक प्रकाश जोशीसँग गरेको कुराकानीको अंशः
० सगरमाथाको धेरै पछि मापन समापन भएको छ, मापन विधि कस्तो रह्यो?
हालसम्म अन्तर्राष्ट्रिय रूपमा आधिकारिक रूपमा प्रयोग गरिने सगरमाथाको उचाइँ आठ हजार आठ सय ४८ मिटर उचाइँ भारतले सन् १९५४ मा गरेको मापनले पत्ता लगाएको हो । भारतीय सर्भे विभागका बिएल गुलाती नेतृत्वको टोलीले सन् १९५२ देखि १९५४ सम्मको अवधिमा गरेको सगरमाथाको उचाइँ मापनका आधारमा पत्ता लागेको आठ हजार आठ सय ४८ मिटरलाई नेपाल, भारतसहित विश्वले नै मान्यता दिँदै आएको थियो । चीनले सन् २००५ मा गरेको मापनमा भने आठ हजार हजार आठ सय ४४ दशमलव ४३ मिटर आएको भन्दै त्यसैलाई मान्यता दिँदै आएको थियो । अमेरिकाले सन् १९९९ मा ग्लोबल पोजिसनिङ सिस्टम (जिपिएस) र राडार प्रविधि प्रयोग गरेर सगरमाथाको उचाइँ आठ हजार आठ सय ५० मिटर रहेको जनाएको थियो । सन् १९८७, १९९२ र २००४ मा गरी इटालीले तीनपटक र २०१० मा डेनमार्कले समेत सगरमाथाको उचाइँ मापन गरेका थिए । ती सबै मापनमा फरक–फरक उचाइँ गणना गरेका थिए । तर, ती कुनै पनि उचाइँलाई नेपालले आधिकारिकता दिएको थिएन । ०७२ को भूकम्पका कारण सगरमाथाको उचाइँ घटबढ भएको हुन सक्ने भन्दै अन्तर्राष्ट्रिय स्तरमा चर्चा चलेपछि नेपालले आफ्नै स्रोतको उपयोग गरेर नापी गर्ने घोषणा गरेको थियो । उचाइँ नाप्न फरक–फरक विधिको प्रयोग गरिन्छ । नेपालले मिश्रित विधि प्रयोग गरेको थियो । नाप्ने क्रममा प्राविधिकहरूले दर्जनौँ डाँडामा उचाइँ नाप्ने ‘थियोडोलाइट’ यन्त्र जडान गरेका थिए । सोही यन्त्रबाट ती डाँडाहरूबाट सगरमाथा चुचुरोको कोण र दूरी निकालिएको थियो । नेपालले ‘ग्लोबल नेभिगेसन स्याटलाइट सिस्टम’ (जिएनएसएस) विधिको प्रयोग गरेर उचाइँको नाप लिइएको थियो । यस कार्यका लागि नापी विभागले दुई सय ८५ वटा बिन्दुलाई प्रयोगमा ल्याएको थियो । सगरमाथाको उचाइँमापन कार्य परम्परागत विधि (समतल नापी) तथा आधुनिक विधि (जिएनएसएस) र स्थलगत भू(आकर्षण सर्वेक्षण) जस्ता विधि अवलम्बन गरिएको थियो । हाल यो विधि अत्याधुनिक विधि हो । यसमा पृथ्वीभन्दा करिब २० हजार किमीमाथि रहेका कृत्रिम भू–उपग्रहहरुको मद्दतबाट चुचुरोको अवस्थिति र उचाइँ पत्ता लगाइएको हो । यसअन्तर्गत ग्राउन्ड सर्भे, प्रिसाइज लेभलिङ, ड्रिगोमेटिक लेभलिङ, ट्रांङुलेसन, भू–आकर्षण सर्भे, ग्लोबल नेभिगेसन सेटेलाइट सिस्टम (जिएफएसएस) लागू गरिएको थियो ।
० यसअघि पनि फरक–फरक विधिको प्रयोग र पटक–पटक मापन भएको थियो । यो पटकको मापन चाहि“ पहिलेभन्दा आधिकारिक कसरी भयो त ?
इतिहास हेर्ने हो भने सगरमाथा विभिन्न देशले पटकौँपटक नापिसकेका छन् । सन् १९८० को दशकभन्दा अगाडि परम्परागत विधिबाटै मापन कार्य गर्ने गरिन्थ्यो । त्यसपछि भने संसारमा स्पेस जियोडेसी प्रयोगबाट मापन गर्ने प्रचलन आयो । मूलतः यसको आधार भनेको स्याटेलाइटको पोजिसन भन्ने नै हो । आकाशमा भूउपग्रहले पृथ्वीलाई घेरिरहेका हुन्छन् । त्यसको पोजिसनिङको कुरा हुन्छ । हामीसँग यस्तो डिभाइस हुन्छ त्यसमा भू–उपग्रहहरू कुन ठाउँबाट कति देखिन्छन् भनेर त्यसको पोजिसनिङ ट्र्याक गर्नुपर्छ । भूउपग्रहको आधारमा हामीले लगेको मेसिनले त्यसको पोजिसन, एटोमिक क्लक टाइमसहितको त्रिआयामिक भ्यालुलाई कोअर्डिनेट गर्ने काम गरेको छ । त्यसको आधारमा स्टमेट भएको पोजिसनको पनि त्रिआयामिक पोजिसन हिसाब गरिन्छ । यो आधुनिक तर जटिल विधि हो । यसलाई सरल तरिकाले बताउन पनि मुस्किल हुन्छ । हामीले अहिले निकालेको उचाइँको तथ्यांक आधुनिक विधिबाट हो । यसभन्दा पहिले इटाली, अमेरिका, चीनसहितले आधुनिक विधि नै प्रयोग पनि गरेका थिए । तर, त्यसमा सर्भेयर आफैँ गएका भने थिएनन् । यसपालि सर्भेयर आफैँ गएकोले बढी विश्वसनीय छ । यसमा नेपालको आफ्नै ऐतिहासिक रेकर्ड बनेको पनि छ । नेपालले राखेको यस्तो रेकर्डमा मापन विज्ञानसँग ज्ञान भएको र सोही विषय अध्ययन गरेको सर्भेयरलाई सरकारले चुचुरोमा पु¥याएको हो । इतिहासमा पहिलोपटक सर्भेयरहरूको पाइला सगरमाथामा परेको पनि नेपालीकै हो । यो परिघटना नेपालको नाप नक्साको इतिहासमा एउटा सफलताको कोसेढुंगा नै हो । संसारले हामीले गरेका कार्यमा ‘कमेन्ट’ गर्न नसक्ने सफलताको कार्य पनि सर्भेयर आफैँ चुचुरोमा पुगेर सगरमाथाको मापन गर्नु नै हो । जसले गर्दा यसबाट आएको तथ्य पनि संसारले प्रश्न उठाउन नसक्ने र आधिकारिक आएको हो ।
० यसभन्दा अगाडि धेरैले आधुनिक विधि नै प्रयोग गरेर नापेको भनेका छन् । हाम्रो मापन नै अन्तिम र आधिकारिक कसरी हुन पुग्यो ?
मापनमा सधैँ एउटै भ्यालु एकुरेट भन्ने हुँदैन । भूकम्प, भौगर्भिक हलचल, वातावरणीय परिवर्तनसहतिको प्राकृतिक कारणले गर्दा हिमालको उचाइँमा नगन्य मात्रामा परिवर्तन भइरहेको हुन सक्छ । हामीले नापेको आधिकारिक भनेकै सर्भेयर आफैँ पुगेर निश्चित प्रक्रिया पूरा गरेर गरिएको मापनकै कारण हो । यसभन्दा अगाडि भएको अमेरिकनको टोलीले प्रयास गरेको भएपनि सर्भेयरहरुलाई चुचुरोमा पठाउन र सर्भेयर आफैँ जान सकेनन् । नापी विभागले आफ्ना सर्भेयरहरु नै चुचुरोमा पठाएपछि सन् २०२० मा चीनले पनि सर्भेयरलाई आफैँ चुचुरोमा पु¥याएर मापन गरेको छ । यसका लागि दुवै देशकले एउटै विधि अपनाएका हुन् । भूकम्पपछि भने नेपालले अग्रसरता लिएको हो । सगरमाथाभन्दा उत्तरतर्फको भाग चीनतर्फ पर्छ । उत्तरतर्फको क्षेत्र चीनको अधिकार क्षेत्रभित्र पर्ने भएकाले हामीले कार्यक्रम अगाडि बढाएपछि चीनले पनि सगरमाथा मापन गर्ने कार्य गरेको हो । नेपाल र चीन दुवै देशले सगरमाथा मापन गरेर र संयुक्त रूपमा उचाइँ घोषणा गरेका हुन् ।
० वर्षौ“देखि नेपालले मान्यता दिएको उचाइ“ हु“दाहु“दै फेरि मापन गर्नुपर्ने आवश्यकता चाहि“ किन ?
हाम्रो देशभित्र रहेको सगरमाथा अहिलेसम्म ननापिएकोले सगरमाथाको उचाइँ हामी आफैँले नाप्नुपर्छ भनेर कार्यक्रम अगाडि आएको हो । भूकम्पपछि सगरमाथाको उचाइँको बारेमा संसारभर प्रश्न उठेकाले त्यसको वैज्ञानिक जवाफ दिन पनि नापी विभागले पुनः उचाइँ मापनको कार्यक्रम अगाडि सारेको हो । हामी सर्वेक्षकहरुले चुचुरोमै पुगी वास्तविक उचाइँ मापन गर्न लिएको जोखिम नै त्यसैको लागि थियो । नेपालका लागि यो ऐतिहासिक काम पनि हो ।
० अब वर्षौ“देखिको उचाइ“ विवाद अन्त्य भएको नै हो ?
अन्त्य हुनैपर्ने थियो । र, अब भयो होला पनि । यसको जवाफ नापी विभागले उचाइँ सार्वजनिक गरेर दिइसकेको छ । वर्षौँदेखिको सगरमाथाको उचाइँ विवाद पक्कै पनि अब अन्त्य भएको छ । दुवै देशले गरेको संयुक्त घोषणा पनि यही विवाद अन्त्यको प्रयास हो जस्तो लाग्छ । यसमा नेपाल सफल भएको छ । विभिन्न दस्तावेजहरूका अनुसार सन् १९९९ मा अमेरिकाको ‘नेसनल जिओग्राफिक सोसाइटी’ले जिपिएसको सहायताले सगरमाथाको उचाइँ ८,८५० मिटर रहेको निष्कर्ष निकाल्यो जसलाई नेपालले स्वीकार गरेन । सन् २००५ तिर चिनियाँ नापी सर्भेपछि सगरमाथाको उचाइँ ८,८४४.४३ रहेको र त्यसमा हिउँको उचाइँ चार मिटर जति रहेको निष्कर्ष निकालियो । त्यसपछि उचाइँ विवाद झनै चर्किन पुग्यो । नेपाल र चीनले संयुक्त रूपमा मापन सम्पन्न गरेसँगै अब विश्वको सर्वोच्च शिखर सगरमाथाको वास्तविक उचाइँलाई लिएर दुई देशबीच रहेको विवादले पूर्णविराम भएको छ ।
० सर्भेयर अफै“ पुगेकोले बढी विश्वसनीय हुन पुगेको हो कि आधुनिक विधिको प्रयोगले ?
पहिलो आधिकारिकता नै सर्भेयर आफैँ पुगेर मापन भएकाले हो । यो प्रयास संसारले गरेकोभन्दा फरक र पहिलो पनि हो । पहिले परम्परागत विधिमा सर्भेयर आफैँ चुचुरोमा पुग्नुपर्ने थिएन । त्रिकोणमितीय विधिमा टाढैबाट नाप्ने गरिन्थ्यो । आधुनिक विधिमा यसअघि क्लाइम्बिङ गाइड पुगेर जिएनएसएस एन्टेना राखेर त गरिन्थ्यो । तर, सर्भेयर आफैँ गएपछि भने थप विश्वसनीय भएको हो ।
० संयुक्त रूपमा सार्वजनिकको आवश्यकता किन प¥यो ?
समय समयमा धेरै देशले हाम्रो सगरमाथाको उचाइँ नाप्यो तर दुई देश नभई एक्लै । चीनले अहिलेसम्म तीनपटक नाप्यो, २००५ र २०७५ मा । तर, फरक फरक सन् १९८७, १९९२ र २००४ मा गरी इटालीले तीनपटक र २०१० मा डेनमार्कले समेत सगरमाथाको उचाइँ मापन गरेका थिए । ती सबै मापनमा फरक–फरक उचाइँ गणना गरेका थिए । तर, ती कुनै पनि उचाइँलाई नेपालले आधिकारिकता दिएको थिएन । त्यसैले दुई देश मिलेर नापेका हौँ । सर्वमान्य होस् भन्ने उद्देश्यले नापेका हौँ । अर्को अरुले नापेको तर, हामी आफैँले ननापेको कारणले हामीले चीन र नेपाल मिलेर नापेका हौँ ।