योजना, बजेट हुँदाहुँदै अनावश्यक माग र विवादले सडकको अवस्था नसुध्रिएको हो

अन्तरवार्ता

अहिले सिंगो विश्व कोरना भाइरस (कोभिड–१९) को महाव्याधिविरुद्ध लड्दै छ । कोरोना भाइरस (कोभिड–१९) बाट नेपाल पनि सुरक्षित बन्नकै लागि लामो समयदेखि लकडाउनको अवस्था रहेको थियो । सोही लकडाउनको उपयोग गर्दै काठमाडौको सडक चिटिक्क परेको छ । गत माघमा सडक डिभिजनमा प्रमुखको कमान्ड सम्हाल्न आउनु भएका हुन्, कुवेर नेपाली । उनी सडक विभागमा आएको एक महिनापछि नै लकडाउन सुरु भयो । धेरैले लकडाउनको समयमा घरमा बसेर समय विताए । तर, यो बन्दाबन्दीलाई उपयोग गर्दै नेपालीले काठमाडौका सडकमा ‘लेनमार्क’ गरेर चिरिच्याट्ट पानु भएको थियो । राजधानीको पहिचान हिजोको दिनमा हिलो र धुलोमा रुपान्तरण भएको थियो । सडक व्यवस्थित नहुँदा पानी पर्दा हिलो र घाम लाग्दा धुलो उड्नु केही बर्षयता सामान्य नै थियो । सफा र व्यवस्थित हुनुपर्ने सडक खाल्डाखुल्डीको कारण अस्तव्यस्त देखिन्थे । तर, आज विस्तारै मुहार परिवर्तन हुँदै गएको अवस्था छ । यसै विषयमा हामीले काठमाडौं सडक डिभिजनका प्रमुख कुवेर नेपालीसँग गरेको कुराकानीको सम्पादित अंशः
सडक निर्माण भएलगत्तै भत्कन सुरु हुन्छ, गुणस्तरमा ध्यान नदि“दा यस्तो भएको हो ?
वर्षभरीमा पिच टाल्नका लागि हामीलाई सिमित बजेट आएको हुन्छ । यस आर्थिक वर्षभरी सडक टाल्ने बजेट हामीले बिमिस्टेक सम्मेलनको क्रममा नै सकिसक्यौँ । अब बजेट छैन । खानेपानी, ढललगायत निकायले खन्दै जाने हामी टाल्दै जाने हो भने त्यो बजेटले भ्याउँदैन । त्यसकारण यो टाल्ने जिम्मा कि उहाँहरुले लिनुप¥यो या खन्नुभन्दा अघि धरौटी राख्नु प¥यो । तर मलाई लाग्छ, मेलम्ची चाँडो आइदियोस् भन्ने चिन्तामा उहाँहरुभन्दा बढी म छु । हामीले सडक निर्माण गर्ने कन्ट्र्याक्टरलाई स्पष्ट रुपमा भनेका छाँै । सडक निर्माणको क्रममा प्रयोग गर्ने निर्माण सामग्रीहरु गुणस्तरीय प्रयोग गर्नुहोस् । सडक निर्माणका लागि सरकारकाले पैसा दिएको छ । महँगो लिनुहोस्, गुणस्तर बनाउनुहोस् ।
सरकारले सडक निर्माणमा समन्वय गर्ने निकाय बनाउने प्रक्रिया के अगाडि बढिरहेको छ ?
सडक निर्माणको प्रक्रियालाई अगाडि बढाउनका लागि प्राविधिहरुको जरुरी पर्छ । समन्वय गर्ने निकायमा खानेपानी, ढल, सडक, सिंचाइ, विद्युत्, टेलिकमलगायत क्षेत्रमा विज्ञता भएकाहरुलाई समावेश गर्नुपर्छ । समन्वय गर्ने निकायमा विज्ञहरु बसिदिनुभयो भने निकै राम्रो हुन्छ । विषयलाई बुझ्नु र गहिराइमा पुगेर बुझ्नुमा फरक छ । त्यसैले प्राविधिकहरु रहेको अधिकार सम्पन्न समन्वय निकाय अहिलेको आवश्यकता हो । निकाय भएर मात्र भएन निर्णय गर्ने अधिकार पनि उहाँहरुलाई दिनुपर्छ । सडक निर्माण गर्नुभन्दा अगाडि कसले के गर्ने भन्ने विषयमा पर्याप्त छलफल भए पनि बल्ल काम अगाडि बढाउन सजिलो हुन्छ । अहिले सडक निर्माणको मोडलको बारेमा समयमा नै निर्णय नगर्दा सरकारले गरेको लगानी बालुवामा पानीजस्तै भएको छ । समन्वय गर्ने निकायले ढल र खानेपानीको काम सकिएपछि मात्र सडक निर्माण गर्ने भनेपछि हामी छ महिनापछि गर्छौँ, त्यो सडक दिगो र व्यवस्थित हुन्छ । हामी दुई महिनाभित्र सबै सडक टाल्न सक्छौँ । सबै सडकहरु बनाउन हामी सक्षम छौँ । तर यहाँ हामीले खानेपानीले गर्दा टाल्न सकेका छैनौँ ।
० लामो समयसम्म अस्तव्यस्त काठमाडौंका सडक अहिले चिटिक्क परेका छन् । कसरी बन्यो यसको योजना ?
सडक डिभिजन भनेको चौबिसै घन्टा अलर्ट भएर बस्नुपर्ने ठाउँ हो । किनकि काठमाडौंको सडक भनेको एउटा संवेदनशील क्षेत्र हो । काठमाडौंका केही सडक खण्डहरु सधैँ दुरुस्त राख्नुपर्ने छन् । तर, भिभिआइपीको सवारीको बेला मात्र यहाँको सडक मर्मत गर्ने अरु बेला खासै महत्व दिएको पाइँदैन । त्यसैले लकडाउनको समयलाई हामी यसको मर्मत र लेनमार्कमा काम गर्ने निधो ग¥यौँ । सडक चिटिक्क हुने भनेको सौन्दर्यको मात्र कुरा होइन । सडकमा कोरिने रेखा भनेका सुरक्षा, कानुनहरु र अनुशासनको कुरा हो । यसले बढ्दै गएको सवारी दुर्घटनालाई पनि कम गर्नमा ठूलो भूमिकासमेत खेल्छ । खुला ठाउँ भनेको नै सडक हुन् , तसर्थ रिफ्रेस हुने ठाउँ पनि सडक हुन् । तर, हामीले यतिका लगानी गर्दा पनि सडक किन सुन्दर हुन सकिरहेका छैनन् भन्ने जिज्ञासा थियो र छ । संयोगबस अहिले यसको व्यवस्थापनको नेतृत्व सडक डिभिजन कार्यालय अर्थात् मेरो टाउकोमा आइपुग्यो । त्यसपछि हामीले सडकका खाल्डाखुल्डीलाई दिनरात लगाएर पुर्ने काम ग¥यौँ । हामीले करिब १० हजारभन्दा बढी खाल्डा पु¥यौँ । त्यतिबेला हामीले दैनिक १८ घन्टा काम ग¥यौँ । यसका लागी हामीले अफिसभित्र टिम नै बनाएका थियौँ । यस विषयमा हामी निर्माण व्यवसायीसँग पनि छलफल गरेर अगाडि बढ्यौँ । उहाँहरुले समयमा भुक्तानी गर्न नपाएको गुनासो गर्नुभएको थियो । यस विषयमा पनि उहाँहरुलाई आश्वस्त तुल्याएर हामीले काम गर्ने वातावरण बनायौँ ।
० तपाइस“ग अरु पनि केही त्यस्ता योजना छन्, जसले डिभिजन सडक काठमाडौस“गको वर्षौ“देखिको नागरिकको गुनासोलाई सम्बोधन हुने ?
लकडाउनका समयमा हामीले केहि प्रतिशत मात्र काम गरेका छौँ । यद्यपि यो समयमा पनि आलोचना भएको बाटोहरु, हिलो भएको, वर्षौँदेखि खोनपानी, ढलका समस्याहरुको निर्माण गर्नका लागि हामीले राम्रै संयन्त्र बनाएका छौँ । खानेपानी लिमिटेड, ढलका महाशाखाहरु, मेलम्ची खानेपानी सबैसँंग हामीले सहकार्य गरी मेरै नेतृत्वमा संयन्त्र बनेको छ । त्यसैले, लकडाउन सक्किने बित्तिकै अझ तीव्र गतिमा काम भएका छन् । काठमाडौ उपत्यकाको साढे ३ हजार सडकमध्ये साढे ४ सय किलोमिटर मात्रै मेरो मातहतमा पर्छ । यो बाहेक धोबीखोलाको करिडोर, वागमतीको किनारामा हुने करिडोर, अन्य मुख्य सडक र नगरपालिकाका सबै सडकहरुलाई समेत हामीलाई निर्माण गर्न दिनुस् भन्दै मन्त्रालय स्तरमा समन्वय गरिरहेका छौँ । किनकि जनताले नगरपालिका वा सडक विभागको बाटो भनेर चिन्दैन । किनकि हामीले अहिले ल्याएको योजना भनेकै खाल्डोरहित सडक हो । तर, यो लक डाउनले हाम्रो लक्ष्यमा पुग्नका लागि केही अवरोध भने सिर्जना ग¥यो । अरु बेला सवारी चापका कारण काम गर्न गाह्रो हुने पुतलीसडक, चाबहिलका सडकहरुमा जोखिम मोलेरै भए पनि अहिले काम ग¥यौँ । यसले राम्रै म्यासेज पनि गएको छ ।
० लकडाउनमा लेनमार्क गर्न कत्तिको सहज भयो ?
सडकमा सवारी गुडिरहने समयमा कसरी लेनमार्क गर्ने ? यो मेरो चुनौतिको विषय थियो । किनकि रङ सुकेपछि मात्र सडकमा सवारी गुड्न मिल्छ । त्यस्तो अवस्थामा काम गर्ने मान्छे र सवारीसाधन दुवै खतरामा हुन्थे । लकडाउनले त्यो काम गर्न भने सहज भयो । तीन÷चार जनाले मात्रै सजिलैसँग काम गर्न सक्नुभयो । यही बेलामा हामीले सडकलाई राम्रो गराउनेतर्फ ध्यानकेन्द्रित ग¥यौँ । यसलाई हामीले नमुनाकै रुपमा विकास गर्न खोज्यौँ । यसमा मन्त्रालय, विभागले पनि सक्रिय भूमिका खेलिदियो । यसमा हामीले राम्रो प्रशंसा पनि पायौँ ।
० काठमाडौंका धेरैजसो सडक अहिले चिल्ला भएका छन् । तर, वर्षौ“देखि रोगीजस्तै बनेको चाबहिल– बौद्ध– जोरपाटी– सुन्दरीजल, चक्रपथ बाहिरका केही सडकको अवस्था त बिजोग नै छ । त्यता किन ध्यान जान सकेन ?
हो, केही ठाउँमा काम भएको छैन । निर्माण व्यवसायीको कारण, नीतिगत कारण र सडक वरपरका बासिन्दाको अनावश्यक माग र विवादको कारण ती सडकको अवस्था खराब नै रहेको छ । योजना छ, बजेट छ, निश्चित मिटरको बाटो हुनुपर्छ भनेर मापदण्ड पनि छ, तर स्थानीयको बुझाइ र बिरोधले पनि समस्या भइरहेको छ । अदालतमा मुद्दा पर्छ, अदालतले आदेश दिन्छ अनि कसरी काम गर्नु ? अर्को कुरा काम गर्ने कतिपय निकायले जिम्मेवारी टाउकोका लिनै चाहँदैनन् । ढल, बिजुली, खानेपानीलगायत सबै कुरा पनि त्यही सडकमुनी बिच्छ्याउनुपर्छ, तर समन्वय गर्न समस्या हुने रहेछ । तर अब समस्या हट्दै गएका छन् । समन्वय बलियो बनाएको छ । विवाद रहेका ठाउँमा हिलो, धुलो र खाल्डा राख्ने होइन, जस्तो छ त्यस्तै हालतमा चिटिक्क बनाउन लागिरहेका छौँ । निर्माण व्यवसायी पनि काम नगरेर ढुक्कले बस्ने दिन गएका छन् । सार्वजनिक खरिद नियमावलीको नवौँ संशोधनले उनीहरुलाई थप जवाफदेही बनाएको छ । कामै नगरेर ढुक्कले बस्नेहरु कारबाहीको भागिदार हुन्छन् । पहिलेभन्दा सुधार हुन थालेको छ, एकै महिनामा सबै कुरा समाधान हुँदैनन्, विस्तारै सबै कुरा समाधान हुँदै जानेछन्, जे होस अहिले कामले ट्र्याक समातेको छ ।
० काठमाडौंका केही सडकमा अहिले कालोपत्रेमाथि अर्को कालोपत्रे थप्ने काम भइरहेको छ । विकास बजेट खर्च गर्न नसकेको सरकारले खर्च देखाउनकै लागि यस्तो गर्न थालेको भन्ने आरोप छ नि ?
धेरेले यो कुरा भन्ने गरेका छन् । खर्च बढाउनकै लागि पिचमाथि पिच थपिएको होइन । बजेटमा भएको कार्यक्रमअनुसार नै काम भएको हो । कति वर्षपछि सडकमा ओभरले गर्ने भनेर तोकिएकै छ, तोकिएको मापदण्ड अनुसार नै सडक पिच भएको हो । मैले अहिले बजेट दिएर पिच भएको होइन, सरकारले बजेटमा राखेको योजना कार्यान्वयन भएको हो । अरु यसअघि केही ढिला हुन्थ्यो होला, यसपटक भने समयमा काम भएको छ ।
संघीय राजधानी भएकाले सडक चिल्लो हुनुपर्छ भन्ने नागरिककै माग हो । विदेशी पाहुना आउँदा उनीहरु हिँड्ने सडक मात्रै टाल्ने काम हुँदा कति लाजमर्दो थियो भन्नुस् त । अहिले हामीले काठमाडौंको चक्रपथभित्रका लगभग सबै सडक चिल्ला बनाएका छौँ, अब जुनसुकै विदेशी आउँदा पनि रातारात पिच गर्नुपर्ने बाध्यता हटेको छ ।
सडकलाई सुरक्षित र व्यवस्थित गर्न कसले के गर्नुपर्छ ?
सडक भनेको लाइफलाइन हो । सडक भत्किएपछि सबै कुरा डामाडोल हुन्छ । एम्बुलेन्सदेखि लिएर यात्रुहरु सबैलाई बाधा पर्छ । त्यही भएर हामीले बर्षाको समयमा सडकमा कुनै पनि काम गर्न नहुने भन्दै यस बर्ष रोक लगायौँ । बर्खाको समयमा अलिकति भत्कायो भने बढ्दै जान्छ । त्यस्ले ठूलो क्षतिको रुप लिन्छ र दुर्घटनाको पनि सम्भावना हुन्छ । यही कारणले हामीले बर्षातमा नगर्नु भनेर भनेको हो । हामीकहाँ सडक विभागको मात्र होइन सडक सबै जनताको हो भन्ने कुरा जबसम्म सबैले बुभ्नु हुन्न । तबसम्म सरकारले सडकमा जति लगानी गरे पनि बालुवामा पानीजस्तै हुन्छ । हरेक नागकिरहरुले आफ्नो घरको फोहोर सबै सडकमा फ्याँक्ने र थुपार्ने गलत बानी त्याग्नु पर्छ । सडकमा फोहोर फ्याँक्दा फोहारेबाट एसिड बन्छ र त्यसले बिटमिन खान्छ । सबैले बुझेर सडक मेरो पनि हो भन्ने बुझ्नु जरुरी छ । विभागको प्रयासले मात्र सडकको स्वरुप जोगाउन गाह्रो छ । नागरिकहरुले तिरेको करबाट निर्माण भएको सडकलाई राम्रो बनाउने दायित्व र कर्तव्य नागरिकहरुको पनि छ । हामीले गर्नुपर्ने काम त गरी नै हाल्छौँ ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *