अहिले सिंगो विश्व कोरना भाइरस (कोभिड–१९) को महाव्याधिविरुद्ध लड्दै छ । कोरोना भाइरस (कोभिड(१९)बाट नेपाल पनि सुरक्षित बन्नकै लागि एक महिनादेखि लकडाउनको अवस्था छ । यो लकडाउनको उपयोग गर्दै भक्तपुरको सडक चिटिक्क परेको छ । तीन महिना अगाडी सडक डिभिजनमा प्रमुखको कमाण्ड सम्हाल्न आएका हुन् सुमन योगेश । सरकारी निकायहरुबीच नै तालमेल नहुँदा एक महिनामा निर्माण हुनुपर्ने सडक बर्षो लाग्ने गरेको छ । सडक विस्तारको क्रममा देखिएको ढिलासुस्तीको कारण नागरिकहरुको दैनिकीमा समेत प्रभाव परेको छ । यसै सन्दर्भमा सडक निर्माणमा हुने ढिलासुस्ती, सडकको गुणस्तर, सरोकारवाला निकायहरुबीच समन्वयको अभाव र आगामी योजना जस्ता विषयमा केन्द्रीत रहेर डिभिजन सडक कार्यलय भक्तपुरका प्रमुखसँग गरेको कुराकानी ः
सडक डिभिजन भक्तपुरमा के कस्ता काम भइरहेका छन् ?
सडक डिभिजन विभागको एउटा अंग हो विशेषगरी राष्टियराजमार्गहरुको सडक मर्मत तथा सम्भारका कामहरु भइरहेका छन् । त्यसका अतिरिक्त पुलहरु र हुलाकी आयेजनाहरुको कामहरु भइरहेका छन् ।
सडक डिभिजन भक्तपुरलाई काम गर्न कत्तिको सहज छ ?
उपत्यका भएको कारणले एउटा कुरा सजिलो छ कि निर्माण सामग्रीहरु सबै उपलब्ध छ अन्य ठाँउको तुलनामा । साथै, जनशक्ति पनि आवश्यक अनुरुप नै रहेका छन् । यी दुइ कुरा भएको कारणले कामहरु धेरै सजिलो रहेको छ । जनशक्ति आवश्यक प¥यो भने आउनका लागि ट्रान्स्पोर्टेसन पनि सहज छ । जसको कारणले काम गर्न सहज छ ।
सडक डिभिजनले क्षेत्राधिकारअनुसार यसले के के काम गर्न सक्ने अवस्था छ ?
सरकारले हामीले माग गरेअनुसारको बजेट समयमा उपलब्ध गराउने हो भने हाम्रो तहबाट धेरै नै काम गर्न सकिन्छ । यस विषयमा एक आपसमा समन्वयको अभाव भने छ । स्रोत साधन, नीतिगत गाँठोमा सहजीकरण भयो भने थुप्रै काम गर्न सकिन्छ ।
लामो समयसम्म अस्तव्यस्त भक्तपुरको सडक अहिले चिटिक्क परेका छन् । कसरी बन्यो यो योजाना ?
विश्वभरी कोरोनाले धेरै असर परेको छ । नेपालममा पनि यसको ठूलो असर परेको छ । कोरोनाले सबै ठााउमा असर गरे पनि हामीले विकास निर्मार्णको कामम रोकनौ । नेपाल सरकारले पनि विकास निमार्णको कामलाई प्राथमीकता राखेको थियो देश लकडाउन भए पनि । हामी सरकारले दिएको निर्देशन पालना गरेउँ । सडक विभाग भनेको २४ सै घण्टा अलर्ट भएर बस्नुपर्ने ठाउँ हो । किनकी उपत्यकाको सडक भनेको एउटा सम्वेदनशील क्षेत्र हो । भक्तपुरका केही सडक खण्डहरु सधैँ दुरुस्त राख्नुपर्ने छन् । तर, भिभिआइपीको सवारीको बेला मात्र यहाँको सडक मर्मत गर्ने अरु बेला खासै महत्व दिएको पाइदैन । त्यसैले लकडाउनको समयलाई हामी यसको मर्मत गर्ने निधो ग¥यौँ
पछिल्लो समय पूर्वाधार विकास निर्माणको क्षेत्रमा के–कस्ता कुरालाई प्राथमिकतामा राख्नुभएको छ ?
पूर्वाधार निर्माणका कामहरु सडक, राजमार्ग, पुललगायत सडकका जे जति कुराहरु छन्, ती सबैलाई निरन्तरता दिने काम प्राथमिकतामा छ । नयाँ तथा पुराना आयोजनाका कामहरुलाई द्रुत गतिमा अघि बढाउने कामहरु भइरहेको छ ।
विकास निर्माणमा प्राविधिक–इन्जिनियर र इन्जिनियरिङ क्षेत्रको भूमिका कस्तो हुनुपर्छ ?
यसमा मुख्यगरी दुईटा कुरा हुन्छ । पहिलो, विकास निर्माणमा प्राविधिक–इन्जिनियरहरुको भूमिका अहम् रहन्छ । विगतमा एउटा इन्जिनियरले सानो घर बनाउन डिजाइन गर्नुपर्थ्यो भने अहिले मल्टीपल कामहरु, ठूल्ठूला भवन र संरचनाको डिजाइन गर्नुपर्छ । पहिला एक लेनको पीच गर्ने काम हुन्थ्यो भने अहिले ठूल्ठूला लेनहरु बनाउने, उपकरणहरु चलाउनेदेखि थुप्रै कामहरु गर्नुपर्छ । टनेलको युग सुरु भएसँगै टनेल इन्जिनियरिङलाई प्राथमिकतामा राख्नुपर्ने देखिन्छ । त्यसैले इन्जिनियरको ज्ञान, उत्पादन र क्षमताको विकास हुनुपर्छ । उहिले परम्परागत प्राणालीमा आधारित भएर कामहरु गर्नुपथ्र्यो भने अहिले वैज्ञानिक हिसाबले काम गर्नुपर्छ । त्यसैले इन्जिनियरिङ अध्ययन, अध्यापन र उत्पादनलाई अझै जिम्मेवार र गुणस्तर योग्य बनाएर अघि बढाउन जरुरी छ ।
अर्को कुरा, सबै विधाका जति पनि इन्जिनियर छन्, पूर्वाधार निर्माण उहाँहरुकै हातमा छ । पूर्वाधार विकासको सन्दर्भमा विगतको तुलनामा हाम्रो मुलुक जुन ढंगले अघि बढिरहेको छ यसलाई अझै भयंकर राम्रो बनाउने लक्ष्य हो । त्यसका लागि इन्जिनियर र इन्जिनियरिङ क्षेत्र मुख्य आधार हुन् । त्यसैले इन्जिनियर आफूले निर्वाह गर्ने भूमिका, आफूले दिने सेवा र दायित्वमा दत्तचित्त भएर लाग्नुपर्छ । डिजाइन गर्ने, निरीक्षण गर्ने, परीक्षण गर्ने, समयमै काम गराउने काम इन्जिनियरले गर्छ भनेपछि उनीहरुको भूमिका आफैमा अहम् छ । यद्यपी, इन्जिनियरहरुले आफ्नो क्षेत्रमा परिवर्तित ढंगले काम गर्नुपर्ने अवस्था भने छ ।
कोरोनाले विकास निर्माणमा असर पार्यो । अबका दिनमा कसरी अघि बढ्ने भनेर कुनै योजना बनाउनुभएको छ कि ?
गएको आर्थिक वर्षमा हामीले लक्ष्यअनुसारको प्रगति गर्न सकेनौँ । हामीले कोभिडलाई बहानाको रुपमा राखेर थपक्क बस्नु हँुदैन । कोभिडको मेडिकल प्रोटोकललाई अपनाउँदै कामलाई व्यवस्थित गर्दै अगाडि बढ्ने हो । सामानहरु समयमै ढुवानी हुँदैन । त्यसका लागि सुरक्षा निकायहरुसँग समन्वय गर्दै कामलाई तीव्रता दिनुपर्छ । कोभिडले निर्माण व्यवसायीहरुलाई पनि असर गरेको छ । यी भएभरका समस्याहरुलाई सहजिकरण गर्दै काम गर्नुपर्छ भनेर लागेका छौँ ।
विगतका वर्षहरुको तुलनामा काममा प्रगति देखिएको छ । यही ढंगले अगाडि बढ्यौँ भने विकास निर्माणको कुरालाई रिकभर गर्न सक्छौँ भन्ने संकेत देखिएको छ । त्यसैले हामी कोभिडले दिएको चुनौतिलाई अवसरको रुपमा लिएर काममा लागेका छौँ । समयभित्रै टेन्डर पुरा गरिसक्ने, कामहरु सम्पन्न गर्ने, ठेकदार तथा निर्माण व्यवसायीहरुलाई प्रोत्साहन गरेर अगाडि बढाउने कुराहरु हुँदैछन् ।
सडक निर्माण गर्दा प्राविधिकले निकालेको लागत भन्दा घटाएर ठेक्का लगाउने प्रचलन छ । यो नीतिले सडक राम्रो बन्छ र ?
हो, नीति निर्माण तहमा पनि केही सुधार गर्नुपर्ने खाँचो छ । अरु देशहरुका अनुभवहरुलाई लिएर हामीले काम गर्नुपर्ने छ । ठेक्का लिन कम रेटमा हाल्यो भने उसले त केही काम ठग्न खोज्छ । एउटा मान्छेले भित्रदेखि म राम्रो गर्छु भन्नु र कम रेटमा हालेर सकेसम्म छलछाम गर्न खोज्यो भने गुणस्तरमा त फरक पर्न सक्छ ।
सडक निर्माणको काममा किन एकीकृत मोडलको विकास हुन सकेन नि ?
एकीकृत प्लानिङ नभएर सडक निर्माणको क्रममा समस्या देखिएको हो । सडक बनाउन पाएको छैन भत्काउने क्रम सुरु हुन्छ । हामीले सडकमा खाल्टाखुल्टी मुक्ति पार्ने त भन्यौ । तर त्यसको पछाडि अन्य निकायहरु पनि छन् । सडकको तल हेर्ने हो भने ढल, खानेपानीका लाइनहरु फिजिरहेका छन् । टेलिफोन र विद्युतका तारको कारणले पनि गाह्रो भएको छ । यसको लागि एकीकृत प्लानिङ भएको भए निकै सजिलो हुन्थ्यो । त्यति हुन नसक्दा पनि एउटा कोर्अडिनेसन भएको भए निकै राम्रो हुन्थ्यो । सडकमुनि १२० बर्ष पुरानो पाइप छ । पुरानो पाइप फुटेर सडक क्षतविक्षत हुने गरेको छ । ठाउँठाउँमा पानीको खोला बगेको छ । अनि कसरी बन्छ सडक ? धेरै ठाउँमा ढल फुटेर जलमग्न भएको छ । सडकको अवस्था हेरेर दोष चाहीँ सडक डिभिजनलाई दिने गरिएको छ । तर दोष हाम्रो होइन ।
विभागले सडक निर्माण गर्न ठेक्का लगाउने तर अनुगमन चाहीँ फितलो हुने गरेको गुनासो छ नि ?
विभागले नियमिति रुपमा सडकको अनुगमन गर्ने गरेको छ । अहिले सडकहरुमा हाम्रो इन्जिनीयरहरुबाट नियमित रुपमा अनुगमन भइरहेको छ । थोरै जनशक्ति भएको कारण सबै सडकको अनुगमन गर्न अलि गाह्रो भएको थियो । अहिले प्रदेश र स्थानीय तहमा अधिकार गएको हुँदा विभागलाई समस्या हुँदैन । अब झन अनुगमन गर्ने कार्यलाई बढाउछौ । सडक गुणस्तरीय बनाउने विषयमा त कुनै शकां नै भएन नि । सडक निर्माण भएलगत्तै मेन्टेन्स गर्न सुरु गर्नुपर्छ । नियमित रुपमा मेन्टिनेस गर्दा नै सडकको अवस्थालाई राम्रो राख्न सकिन्छ । सडक राम्रो बनाउन हामी सक्षम पनि छौं । आवश्यक बजेट भएको अवस्थामा सडकको संरचना जोगाउन सकिन्छ ।
अझै पनि भक्तपुरको भित्रीबाटोहरुको पहिचान त हिलो र धुलोमा परिणत नै छ यो कहिलेसम्ममा समाधान हुन्छ ?
धुलो र धुवाँ क्रमिक रुपमा हटदै जान्छ । जति सडक बन्यो त्यति कम हुन्छ ।सडक डिभिजन कार्यलय भक्तपु त यस आर्थिक बर्षभित्र नै सडकको राम्रो बनाउन चाहन्छ । तर सडक बनाउदै जाने र तत्काउदै जाने हो भने समस्या हुन्छ । जति पनि निमाणाधिन सडकहरु छन यस आर्थिक बर्षमा सम्पन्न गराउछौ । धुलो हटाउन ब्रमर पनि सञ्चालन गछौ ।
कुनै एउटा नमूना सडकको उदाहरण कुन होला ?
हाम्रा सबै सडक नमुना लायक छन् । खर्चको हिसाब गर्ने हो भने कोटेश्वरदेखि सूर्यबिनायकमा २ मिटर तल सम्मका माटोहरु निकालिएको छ ।अत्याधिक खर्च पनि गरेका थियो । हामीले थोरै बजेटभित्र धेरै सडक बनाउनु पर्ने बाँध्यता छ । हामीलाई ४ ईन्च बाक्लो चाहियो भनेर आउछन् । ४ ईन्च बाक्लोलाई पैसा पनि धेरै चाहिन्छ । त्यो पनि गुणस्तरहीन होइन । हामीले निर्माण गरेको सडकलाई व्यवस्थित राख्नको लागि समयमा नै मर्मत सम्र्भार जरुरीछ । सयमा नै सडक निर्माण नगर्दा पाँच लाखले पुग्ने ठाउँमा पछि बनाउदा पचास लाखसम्म लाग्ने गरेको छ ।