ओलीका झाल मेट्न सत्ता समिकरण

राजनीति समाचार

जनता समाजवादी पार्टी (जसपा) भित्र सत्ता समिकरणको मुद्दा चर्को रुपमा उठेको छ । जसपाभित्र मुख्यगरी दुई वटा खेमा छन। एक खेमाले सरकारमा जाने र अर्को खेमाले नजाने अडान लिइहरको छ । यसले पार्टी फुटको संघारमा पुगेको कतिपय नेताहरुले आकलन समेत गरेका छन् । तर, पछिल्लो समय जसपाका अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो समूहले भने आफूहरू प्रधानमन्त्री केपी ओलीको गठबन्धनमा जाने बताउदै आएका छन ।

जसपाभित्र अहिले सत्ताको खेलले नै रडाको मच्चाएको छ । महन्थ र महतो समूहले पार्टीले उठाउँदै आएका मागहरू पूरा गराउने विश्वासका साथ आफूहरू सत्तामा जानुपर्ने बताउँदै आएका छन । यसकारण पनि आफूहरुले ओलीको समर्थनमा जान खोजेको र पार्टीले उठाएका मुद्दा नै प्राथमिकतामा राखेको उनको भनाई छ । उनले भने, ‘हाम्रा मुद्दा र मागको सम्बोधन गराउने प्रयासमा हामी सत्तामा जान लागेका हौं, कुर्सीको मोहमा लागेर सत्ता समीकरणमा जुटेका छैनौँ ।’
यसअघि गत बुधबार महन्थ र महतो समूहले आफ्ना कार्यकर्तालाई सत्ता समिकरणको बारेमा स्पष्ट पारेको थियो । एक आन्तरिक कार्यक्रममा उक्त समूहले कैलालीका सांसद रेशम थारुलाई छुटाउनका लागि आफुहरु सत्तामा जान लागेको स्पष्ट पारिएको थियो । स्रोतका अनुसार ओलीसंगको रिसिबी मेट्नका लागि सत्ता समिकरण गर्न खोजिएको हो ।

जसपा र मधेसकेन्द्रित दलहरुलाई सबैभन्दा धेरै घृणा गर्ने प्रधानमन्त्री ओलीलाई झुकाउनका लागि महन्थले पलान बुनेका हुन । कैलालीबाट निर्वाचित सांसद चौधरीलाई समेत ओलीको डिजाइनमा जेल पठाइएका कारण उनलाई निकालेर ओलीको साख गिराउने उनीहरुको पलान रहेको छ । यसेगरी, समावेशीताका सवालमा समेत ओली असर्थन गर्ने पात्र हुन् । जसपाले सत्ता समिकरणको लालच देखाएर उनलाई समावेशीताका मुद्दामा सकारात्मक बनाउने उनीहरुको मुद्दा रहेको छ ।

ओलीलाई जित्न, ओलीकै रणनीति
प्रधानमन्त्री ओलीको मन जित्न र सरकारमा सहभागी हुनुपुर्व नै सबै प्रतिवद्धता पुरा गर्ने आधार तयार गर्न ठाकुर र महन्थ समूहले ओलीकै रणनीति अपनाएको हो । पछिल्लो समय ओलीले सुरुवातमा धम्काउने, धर्काउने अन्तमा लालच देखाएर आफुलाई बलियो देखाउने गरेका छन् ।
जसपाले समेत उनकै रणनीति अपनाएको हो । यसको सुरुवात जसपाले लुम्बिनी प्रदेशबाट गरेको छ । ओलीका सबैभन्दा विश्वासिला पात्र सकेत रहेका लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव प्रदेश सभामा दर्ता गरेर प्रधानमनत्रीसंग वार्गेनिङको सुरुवात गरिएको हो । लुम्बिनीमा कांग्रेस, माओवादी केन्द्र र जसपाका सांसदहरुले मुख्यमन्त्री पोखरेलविरुद्ध अविश्वासको प्रस्ताव अघि सारेका हुन् । प्रदेश सदस्य ८७ जना रहेको लुम्बिनी प्रदेशमा हाल ८५ सदस्य कायम छन् । दुई जना सांसद नेकपा माओवादी केन्द्रबाट एमालेमा प्रवेश गरेपछि उनीहरुलाई पदमुक्त भएका छन् । यसमध्ये एमालेका ४१ जना, नेपाली कांग्रेसका १९, माओवादी केन्द्रका १७, जसपाका ६ र राष्ट्रिय जनमोर्चाका १ जना सांसद छन् । यहाँ पनि जसपा निर्णायक देखिन्छ । यसैको फाइदा जसपाले लिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *