गोविन्दराजलाई मुद्दा, रामचन्द्रलाई हवेली

राजनीति

काठमाडौं । नेपाली कांग्रेस पार्टीका सभापति शेरबहादुर देउवा कोरोनाको लडाइँमा मंसिरसम्म पार्टीका १४औँ महाधिवेशन सम्पन्न गर्न सकिन्छ कि सकिँदैन भन्ने दोधार भएका छन् । देउवालाई संविधानको बारेमा ख्याल छैन । रामचन्द्र पौडेलमा देउवाप्रतिको आक्रोश बढेको छ । कार्यकर्ताले आफैँलाई सभापति बनाउलान् भन्ने आस छ । तर पौडेललाई कार्यकर्ताको चिन्ता छैन । मौका पर्दा आप्mनै छोराछोरीको सेवा गर्दै पौडेल सम्धिप्रेमी बन्दा स्व.सुशील कोइरालासमेतलाई दंग पारिदिए । अहिले युवा पुस्ताको नेतृत्व गर्दै डा.शेखर कोइराला र गगन थापाहरु एकजुट हुँदै छन् । त्यहाँ रामचन्द्र पौैडेललाई बोक्ने जमातको खडेरी नै छ । गृह जिल्ला तनहँुमा पौडेलको भन्दा गोविन्दराज जोशीको खोजी बढी हुन्छ र जोशीलाई सांसद बन्न नदिन आफैँले उजुरी लिएर निर्वाचन आयोग पुगेका रामचन्द्रको सभापति बन्ने सपना पूरा गर्न देउवाइतरले सहयोग गर्दैन । तनहुँका युवाहरु धु्रव वाग्ले, शंकर भण्डारी उनको पक्षधर पहिले पनि थिएन । गोविन्द भट्टराईले पौडेललाई छाडेको धेरै भयो ।
महासमिति सदस्य र क्रियाशीलल सदस्यको हकमा रामचन्द्र पोडेलको निम्ति चासो छैन । गृहमन्त्री हुँदा शान्ति मन्त्री बन्दा पौडेलले कार्यकर्ता र जिल्लाबासीको निम्ति सिन्को भाँच्ने काम गरेनको भए पौडेलप्रतिको लहर छुट्टै हुने थियो । तर उनी पार्टीमा आफूभन्दा वरिष्ठ नेता गोविन्दराजलाई भ्रष्टाचार फसाएर पौडेलले १ रोपनी जग्गामा बालाजुमा हवेली बनाए । आम्दानीको स्रोत लुकाएका शाही आयोगबाट बच्न राजावादी बन्न पुगेका डा.रामशरण महतको योगदानले राम्रै प्रशंसा पाएको थियो । कांग्रेसमा मात्र होइन, नेकपा एमाले पनि अहिले अवैध भइसक्यो । एमालेको अन्तरिक झगडा चर्किँदै जाँदा ओली पक्षले महाधिवेशन मंसिरमा गर्ने कार्यतालिका सार्वजनिक गरेको छ तर कांग्रेसले कार्यतालिका समेत सार्वजनिक गर्न सकेको छैन । मौका मिले देउवालाई प्रधानमन्त्री दिएर आपूm सभापति बन्न सकिन्छ की भन्दै कुरिराखेका छन । तर, समयले पौडेललाई साथ दिँदैन । किनकि उनले पार्टीलाई उपयोग गरेर आफू फाइदा लिने अभियानमा जुटिरहेका छन् । देउवाका युवाहरु बालकृष्ण खाँण, डा.प्रकाशशरण महतसमेत पछि लाग्दा दिक्क भएका छन् । कांग्रेस प्रजातान्त्रिक शक्ति भन्दै छ तर महाधिवेशन गर्न १ वर्ष ६ महिना ढिलाइ हुँदासमेत १४औँ महाधिवेशनको समय तोकिएको छैन । अहिले शेरबहादुर देउवाले पार्टीको बैठक निरन्तर बैठक राख्न सक्ने अवस्था छैन । कार्यकर्ताले पोडेलको स्वयं सेवक बनाउन नसक्ने भनेका छन् । आन्तरिक झगडाले धेरैतिर बिगारेको छ । पार्टी विभाजनको लहर फेरि चलेको छ । नेपाली कांग्रेसमा विभाजनको रेखा गुटबन्दीमा छ भने एमाले फुट्न तत्पर छ ।

कति दिनको पाहुना हुने छन् दीपक ?
काठमाडौं । काठमाडौंको बजारमा दीपक मनाङेको बारेमा फरक फरक भनाइ छ । लगानीबिनाको आम्दानी बढाउने डन, धम्काएर हप्ता अशुल्ने गुन्डा, ठमेल क्षेत्रको दादा । मण्डले, त्यो समयको दीपक मनाङेलाई पूर्ववत पदवीबाट छुटाएर एमालेको सांसद उम्मेदवार हटाएर एमालेले समर्थन गर्दा कति पैसा पाए ? त्यसको हिसाब बाँकी नै छ । त्यो बेला ईश्वर पोखरेलसँग मनाङेको घर मै सम्बन्ध जुट्यो । उनले ३५ लाख पोखरेललाई बुझाएर अध्यक्ष केपी ओलीलाई आप्mनो प्रशंसा भए पुगेकै कारण यसपटक मनाङे एमालेको सत्ता टिकाउने साँचो बन्न पुगेको तर त्यो सधैँभरी टिकिरहने छैन ।
यो घटनाले गण्डकीमा एमालेको निष्ठा र बलिदानको वकालत गर्ने प्रधानमन्त्री ओलीका सहयोगी स्थायी समितिमा नपत्याइएका खगराज अधिकारीको शीर झुकेको हुनुपर्छ । सोमनाथ अधिकारी त प्रदेशको प्रमुख भएका छन् । रविन्द्र अधिकारीको दुःखद निधन भयो । तुलबहादुर गुरुङ माधव पक्षमा छन् । संसार विचित्रको छ । लम्जुङका पृथ्वी सुब्बा गुरुङले छिमेकी जिल्ला मनाङका दीपकलाई खेलकुद मन्त्री बनाएर लाजको पसारो थपेका छन् । पद र कुर्सीको लाभ छैन । प्रचण्ड र माधव पदका लोभी भनेर भनेका प्रधानमन्त्रीको भाषा अब नेपाल टेलिभिजन र रेडियो नेपालले गाउन बाँकी छ । मनाङे खेलकुद मन्त्री बने मसालका सांसद खिमविक्रम शाहीलाई मुख्यमन्त्री पृथ्वी सुब्बाले अपहरण गराएर नक्कली कोभिडको नक्कली रोगी बनाइदिएको प्रतिफल कति दिन पछि आउँछ । गण्डकी प्रदेशमा कांग्रेस, माओवादी मसाल जसपाको सहयोगले पृथ्वी सुब्बाको पद धरापमा पर्नेछ । यो सत्य थाहा पाउँदापाउँदै बालुवाटारले चलाएको कमाल प्रदेश १ र वाग्मतीमा बाँकी छ । ०६४ सालसम्म मनाङेलाई ज्यान मुद्दा, अपहरण र धम्कीका मद्दाको आरोप थियो । एमालेको युवासँंघ त्यो मुद्दामा मनाङे कारबाहीमा पर्नु पर्छ भन्थ्यो । अहिले गण्डकी प्रदेशको सरकार जागाउन प्रमका विश्वास पात्रहरुले देखाएको लम्पसार शैलीको सर्वत्र विरोध हुँदै छ । तर पनि नेकपा एमाले ओली ब्रान्डको चमत्कार जनताले सहनु परेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *