सात सय पत्रकार कोरोनाले मकान

समाचार

काठमाडौं । सरकारले अस्पतालको पूर्वाधार विकास गर्न नसक्दा अहिले कोभिड–१९ का संक्रमितहरुले उपचार पाउन सकेका छैनन् । एक्स–रे, सिटीस्क्यान, भेन्टिलेटर नहुँदा संक्रमितहरुले अकालमा मृत्युसँग हात मिलाउनु परेको छ । भारतजस्तो ठूलो राष्ट्रले पनि सचेतता अपनाएन । भारतमा फैलिएको दोस्रो लहर र नेपालमा सुरु भएको दोस्रो लहर उस्तै–उस्तै रहेको छ । खुला सीमाको कारण दोस्रो लहरको प्रभाव पहाडदेखि तराइका जिल्लाहरूमा परेको छ ।
सरकारले सचेतता अपनाउन आग्रह गर्दागर्दै जनतालाई सुसूचित गर्ने दायित्व लिएको प्रेस जगत् पहिलोभन्दा दोस्रो कहरले मकान छ । नेपाल पत्रकार महासंघको चैत्र २५ गते सम्पन्न निर्वाचनबाट चुनिएका पत्रकारको नेतृत्वले कोरोना कहरको चपेटामा परेको छ । महासंघले आप्mनो आवास गृहलाई कोरोनाबाट संक्रमित पत्रकारलाई उपचार कक्षको रूपमा अक्सिजनसहितको आइसोलेसन कक्षा बनाएका छ ।
कलमजीवीहरू सचेत हुँदाहुँदै कोरोनाबाट संक्रमित छन् । अहिले कोरोनाबाट सात सय पत्रकार संक्रमित भएका छन् । यो अवधिमा पत्रकारले ज्यान गुमाएका छन् । आइसियु र भेन्टिलेटरमा ७ जना छन् । महासंघका केन्द्रीय उपाध्यक्ष, सचिव चारजना सदस्य कोरोनाबाट ग्रसित छन् । उपत्यकाभित्र ५ सय पत्रकार यसपटक ग्रस्त भएका छन् ।
पत्रकारको काम सूचना संकलन र सम्प्रेषण हो । आप्mनो जिम्मेवारी पूरा गर्दा आफैँ बिमारी परेका पत्रकारको उपचारका लागि सहयोगी हातहरू र राज्य पक्षकै भरोसामा छ । सरकारले महँगो निजी अस्पतालहरूबाट सहयोग पाएको छैन । महँगो शुल्क लिएर मेडिकल शिक्षा दिने कलेजहरूले समेत सरकारलाई गन्दैनन् ।
राज्यको तयारी छैन । कोरोना भ्याक्सिन भारत र चीनले दिएको अनुदानबाट जतिले लगाए लगाए, स्वास्थ्य मन्त्रालयले पैसा तिरेको भ्याक्सिनसमेत भारतबाट समयमा आएको छैन । ठूला दलहरू एमाले, कांग्रेस, माओवादी र मधेसीलाई सत्ताको लुछाचुँडीमा रमाउनु परेको छ । जनताको समस्या स्वास्थ्यकर्मीको पीडा, बिरामीको बिजोगतर्फ राजनीतिक दलले ध्यान दिएको छैन । पत्रकारहरूका लागि महासंघ केन्द्र, प्रदेश र जिल्ला शाखाहरू खटेका छन् । प्रतिष्ठान शाखाहरूमा जो बिरामी भयो, उसैलाई कसैले सोधखोज गर्दैनन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *