लोग्नेको भाग्यले चम्कियो नेता पत्नीको भाग्य

राजनीति

काठमाडौं । समाजको शोषित, पीडित वर्गसँगै महिलाको समेत प्रतिनिधिसभामा यथोचित उपस्थिति होस् भनेर संविधानले प्रत्यक्षसँगै समानुपातिक निर्वाचन प्रणालीको व्यवस्था गरेको हो । तर, राजनीतिक नेताहरुले भने समानुपातिक निर्वाचन प्रणालीलाई आफ्नो पत्नीलगायत आफन्तलाई प्रतिनिधिसभामा पु¥याउने जस्केलोको रुपमा उपयोग गरिराखेका छन् । कतिपय राजनीतिक नेताहरुले त समानुपातिक निर्वाचन प्रणालीलाई व्यापारीक तथा उद्योगपतिलाई बेचेर पैसा कमाउने धन्दासमेत गरिराखेका छन् ।
शोषित पीडित र तल्लो वर्गका जनतालाई अगाडि बढाउन संविधानले गरेको समानुपातिक निर्वाचन प्रणालीको दुरुपयोग गरेकै कारण विघटन भएको प्रतिनिधिसभामा लगभग पचास जना नेता पत्नीसहित उपस्थित भएका थिए । प्रत्यक्षतर्फको निर्वाचन आफू लड्ने र समानुपातिक निर्वाचन प्रणालीबाट श्रीमतीलाई संसदमा पु¥याउने प्रवृत्तिको कारण लगभग पचास हाराहारीमा नेताहरुको जोडीसहित प्रतिनिधिसभामा पुगेको स्थिति थियो । राजनीतिक घटना क्रम अन्योलतिर बढिरहँदा यस्ता नेताले आफ्नो पत्नीलाई समानुपातिक निर्वाचन प्रणालीबाट सांसद बनाएका मात्र छैनन् की मन्त्री बनाउने होड्बाजीसमेत उनीहरुमा चलिराखेको छ । यही कारणले गर्दा बंगलादेशमा चिकित्सा शास्त्र पढिराखेका नेपाली छात्राहरुका सम्बन्धमा आपत्तिजनक टिप्पणी गरेपछि लगभग डेढ वर्ष अगाडि न्याय कानुन तथा संसदीय व्यवस्था मन्त्रीबाट हात धुन पुगेका शेरबहादुर तामाङ मन्त्रिपरिषद्को पछिल्लो पुनर्गठनबाट स्वास्थ्य मन्त्री बन्न पुगेका छन् भने उनकी पत्नी उषाकला राई १ नं.प्रदेशमा सामाजिक विकास मन्त्री रहेकी छन् । यसैगरी कार्य क्षमतामा असफल सावित भएको कारण भौतिक पूर्वाधार तथा यातायात मन्त्रीबाट बाहिरिएका रघुवीर महासेठ मन्त्रिपरिषद्को पछिल्लो पुनर्गठनबाट उपप्रधानमन्त्रीसहित परराष्ट्रजस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी सम्हाल्ने अवसर प्राप्त गरेका छन् । महासेठले परराष्ट्र मन्त्रालयको जिम्मेवारी सम्हाल्नुपूर्वसम्म उनकी पत्नी जुल्ही महतो बालबालिका तथा महिला मन्त्रालयको मन्त्री थिइन् । यसैगरी सर्वोच्च अदालतको निर्णयबाट गृहमन्त्रालयको जिम्मेवारी खोसिएका रामबहादुर थापा बादलकी पत्नी नैनकला थापा अहिले संचारमन्त्री बन्न पुगेकी छन् । यसभन्दा अगाडि उनी महिला आयोगकी अध्यक्षसमेत रहेकी थिइन् । लोग्नेको राजनीतिक शक्तिको कारण महिलाहरुले राज्यमा विशेष अवसर पाउँदा पिछडिएका महिला भने हेरेको हेरै भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *