कृषि तथा पशुपन्छी विकास मन्त्रालयको अनुरोध

समाचार

काठमाडौं । कोरोना भाइरसको विश्वव्यापी महामारीको संक्रामक प्रसार न्यूनीकरण गरी नेपाली जनताको जीवन रक्षार्थ गरिएको निषेधाज्ञाको अवस्थामा समेत कृषि सम्बन्धी गतिविधि नियमित नराखे भोलिका दिनमा खाद्य असुरक्षाको अवस्था आउन सक्ने सम्भावना छ । यस्तो अवस्था आउन नदिन निषेधाज्ञाको समयमा समेत कृषि कर्मलाई जारी राख्न यस क्षेत्रमा संलग्न कृषक व्यवसायी, कृषि तथा पशु सेवा प्राविधक, सञ्चारकर्मीेलगायत सम्बद्ध सबैमा आफ्नो स्थानबाट निम्नानुसार कार्य गर्न गराउन सहयोगका लागि कृषि तथा पशुपन्छी मन्त्रालय हार्दिक अनुरोध गर्दछ ।
– सम्भव भएसम्म जग्गा बाँझो नराखौँ, सिजनअनुसार जुन बाली लगाउन सकिन्छ सो बाली लगाउने कार्यमा जुटौँ ।
– बाली लगाउने, गोड्ने, काट्ने, उठाउने, माधा मौरी, पशुपन्छी उत्पादन कार्यका लागि सधैँ उत्पादित वस्तुको बजारीकरणका काम निर्वाधरूपमा जारी राखौँ एवं सो कार्यमा संलग्न हुने व्यक्तिले आपसमा कम्तिमा दुई मिटरको दूरी कायम गरी क्षेत्र तोकेर काम गरौँ । काम गर्दा विश्रामको समयमा खाजा र चिया खाने बेला, आवतआवत गर्दा समेत कम्तिमा दुई मिटरको दूरी कायम राखौँ र व्यक्तिगत सुरक्षार्थ मास्क लगाउने गरौँ ।
– कृषि कार्यमा मेसिनको प्रयोग गर्न मिलेसम्म मेसिनको प्रयोग गरौँ, मेसिनरीहरूको प्रयोग अगाडि र पछि साबुनपानीले हात धुन नबिर्सौँ । साथै मेसिनरीलगायतका उपकरणहरूको प्रयोग गर्नु अघि र पछि राम्रोसँग निर्मलीकरण गरौँ ।
– स्वास्थ्य व्यक्ति मात्र कृषि काममा संलग्न होऔँ, सम्भावित संक्रमितलाई काममा नलगाऔंँ ।
– तरकारी र फलफूल नर्सरीबाट विरुवा वितरण गर्दा, मत्स्य नर्सरीबाट भुरा वितरण गर्दा, दुग्ध सहकारीले दूध संकलन गर्दा समिति व्यक्तिमात्र उपस्थित हुने र भौतिक दूरी पालनालगायत स्वास्थ्यका अन्य सावधानी अपनाऔँ । यस्ता कार्य गर्दा मास्कको प्रयोग र साबुनपानीले हात धुने व्यवस्था गरौँ ।
– पशुपन्छी गोठ तथा फार्ममा कार्य गर्दा छुट्टै लुगा र जुत्ताको प्रयोग गरौँ । गोठ एवं खोरलाई नियमित निसंक्रमण गरौँ पशुपन्छीमा स्वास्थ्य सम्बन्धी कुनै समस्या देखा परेमा नजिक रहेका पशु सेवा प्राविधिक वा पशुपन्छी अस्पताल तथा विज्ञ केन्द्रका प्राविधिकसँग सम्पर्क राखौँ । पशुपन्छीमा लाग्ने संक्रामक रोगविरुद्ध प्राविधिकको सल्लाहअनुसार नियमित खोप लगाऔँ ।
– बजार लाने पर्ने बाली, वस्तु यदि केही समय भण्डार गर्न सम्भव छ भने भण्डारणमा राख्ने नभए संरक्षण गरी (सुकाउने, सिन्की वा गुन्दुक बनाउने, आचार बनाउने, जुस बनाउने आदी) माछा बिक्री गर्न सम्भव नभएमा सुकाएर भ्याकुम प्याकिङ गरी नमुना संरक्षण गरेर धुवाँ लगाएर तथा अन्य विधिहरूको प्रयोग गरेर संरक्षण गर्न सकिन्छ । बिक्री हुन नसकेको दूधलाई खुवा, घीउ पनिर लगायतका दुग्ध पदार्थ बनाऔँ र संरक्षण गरौँ ।
– अन्य तरकारी घाँसलगायतका बाली, बीउ बिजन, मल, विषादी, दाना, पशुपन्छीका औषधि, खोप, दाना, कृत्रिम गर्भाधान सेवा वा अन्य उपकरणका लागि समयमा नै नजिकका कृषि तथा पशुपन्छी सेवा प्राविधिकसँग समन्वय गरी सम्बन्धित कृषि सहकारी कम्पनी, एग्रोभेट वा भेटेनरी औषधि पसलमा सम्पर्क राखौँ ।
– बाली विरुवाको नियमित निरीक्षण गरौँ, रोग किराको समस्या भएमा नजिकमा उपलब्ध कृषि प्राविधकसँग सम्पर्क गरौँ । कृषि कर्ममा संलग्न व्यक्तिले काम गर्ने ठाउँ वरिपरी सिंगान फाल्ने नगरौँ, काम गर्दा सकेसम्म आँखा, कान, नाक, मुख छोऔँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *