पार्टीमा नीतिभन्दा नेता प्रधान शैली

राजनीति

काठमाडौं । नेपाली कांग्रेस पार्टीभित्र क्रियाशील सदस्यता वितरण प्रक्रियाले आतंकित बनेको पौडेल पक्षले आफ्नै टिमका सदस्य कल्याण गुरुङ, जीवन परियार र प्रदीप पौडेलको कामप्रति पनि विश्वास गरेका छैनन् । क्रियाशील सदस्यको संख्या ८ लाख ४० हजार केन्द्रीय कार्यालयमा बुझाएपछि पौडेल समूह आतंकित भएको छ । ४ लाख ७० हजार क्रियाशील सदस्यता छँदा रामचन्द्रलाई शेरबहादुर देउवाले पराजित गराएका थिए । कृष्णप्रसाद सिटौलाले ४५५ मत पाएका थिए । रामचन्द्र पौडेल, सीता देवी यादव, डा.मिनेन्द्र रिजाल, अर्जुननरसिंह केसीको सहभागितामा क्रियाशील सदस्यता छानबिन प्रक्रिया र अवस्था बुझिएको छ ।
धर्मशालामा बास बसेर कोभिडको लहरको सदुपयोग गर्दा रमेश लेखकको संयोजकत्वमा गठन भएको समितिको हिसाब सटिक छ । लेखक देउवाको लागि कैलालीमा स्थान छाड्ने नेतामा पर्छन् । डा.मिनेन्द्र रिजाल, कृष्ण सिटौला देउवाकै लाइनबाट केन्द्रीय सदस्य बनेका थिए । रिजाल कांग्रेस पार्टीका टुरिष्ट उम्मेदवार हुन् । राजनीतिक धरातल नभए पनि पार्टीको उपस्थिति मजबुत भएकाले डा.मिनेन्द्र सांसद भएका छन् । टिममा नपर्नेहरू केन्द्रीय सांसद बन्ने कांग्रेस कठीन छ । विजय गच्छदारको टिमले रामचन्द्रलाई सहयोग गर्दैन । त्यही टिमलाई २५ सयको कोटा दिँदा आतंकित हुनु परेको छ ।
कांग्रेसमा अखण्ड नेपाल, राप्रपा, एमाले, जसपा र माओवादीबाट पनि कांग्रेसमा प्रवेश गरेका छन् । महोत्तरी र सिन्धुपाल्चोक जिल्लाबाट मात्र होइन बारा र धनकुटाको सदस्य सिफारिस भएको छैन । असारभित्र क्रियाशील सदस्यता छानबिन सकेर साउनको पहिलो साता सभापतिलाई नबुझाए १४औँ महाधिवेशनको तालिका बिग्रन्छ भन्ने डर लेखकलाई छ । भीष्मराज आङदम्बेले स्थान पाउँदा साहस देखाउन मधेसको नेताले ठाउँ पाए आँट भएन । केन्द्रीय सदस्य पदमा रहेका गुटको भागबण्डा मिलाएकाले आनन्द ढुंगाना, गगन थापाहरूले सहयोग नगरेको भए कांग्रेसले ८ लाखभन्दा बढी सदस्यको फर्म इन्ट्री गर्न सक्दैँनथ्यो । सभापति देउवाले पुराना सदस्यको छुट नवीकरण असारसम्म समय दिएका छन् । उम्मेदवार जो–जो भए पनि चुनाव जित्ने देउवाले हो । रामचन्द्र पौडेलसँग प्रकाशमान सिंह, विमलेन्द्र निधि र डा.शशांकले पिताको वैशाखी टेकेका मात्र हुँ । बिपी पुत्र डा.शंशाकबाट काम हुन्थ्यो भने पूर्णबहादुर खड्काले मौका पाउँदैनथे खड्का कांगे्रस पक्षको हुन् ।
खड्का नभएको भए सभापति संकटमा पर्थे । प्रकाशमान सिंह महामन्त्री भएका बेला काम नचलेपछि कृष्णप्रसाद सिटौलालाई महामन्त्री बनाउने काम भयो । शुशील कोइरालाले जस्तै शेरबहादुर देउवाले गतिलो नेता महामन्त्री छनोट गरेकाले पार्टीको लिखत अपडेटमा प्रवक्ता विश्वप्रकाश शर्मालाई सहज भयो । देउवाले झापाका कृष्ण सिटौलालाई सबै कुरा सिकाउने विश्वप्रकाश रोजेका हुन् । आफ्नो भन्ने छैन पौडेल भनेर हिँड्ने टिम नहुँदा सभापति र प्रधानमन्त्रीको रहर ग¥यो जित्ने होइन त्यही कारण पार्टी दरिलो नहुँदा रामचन्द्र आतंकित भएका छन् ।
यसैबीच कांग्रेसले ८ लाख ३० हजार क्रियाशील सदस्य रोष्टरमा प्रवेश गर्दा ३० जिल्लाको छानबिन सकेको छ । ‘नीतिभन्दा नेता प्रधान’ शैलीका कारण कांग्रेसको विवाद चर्केको हो भागबण्डामा क्रियाशील सदस्यता टुंगो लाग्दा अनोठो हुँदैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *