देउवा प्रधानमन्त्री बनेलगत्तै पुरियो बूढानीलकण्ठ जाने सडकको खाल्डो

समाचार

काठमाडौं । हाम्रो कर्मचारीतन्त्र कतिसम्म चाकडीमा चलेको छ भन्ने दृश्य देख्न पाइयो, मंगलबार बिहानै । सर्वाेच्च अदालतले प्रधानमन्त्री केपी शर्मा ओलीलाइ अपदस्त गरेर देउवालाई प्रधानमन्त्री नियुक्त गर्ने परमादेश जारी ग¥यो । देउवा प्रधानमन्त्री हुने भए पनि चाकडीमा उत्रियो सडक विभाग । त्यहाँका हाकिम छन् अर्जुनजंग थापा । सडकमा अर्जुनजंगको आतंक नै छ । उनको ज्वाइ, जेठानको आतंक छ, भौतिक पूर्वाधार मन्त्रालयमा । उनै अर्जुनजंग थापा चाँहि देउवा प्रधानमन्त्री बन्ने पक्कापक्की भएसँगै देउवाको चाकडीमा निस्कियो, एकाबिहानै बूढानीलकण्ठ जाने बाटोको खाल्डाखुल्डी पुर्न तल्लीन भयो सडक विभाग । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मंगलबार नै प्रधानमन्त्री पदको सपथ लिएका छन् । प्रधानमन्त्री नियुक्त हुने पक्का भएपछि उनको चाकडीमा जुटेका हुन् सडक विभागका हाकिम अर्जुनजंग थापा ।
विभागले मंगलबार बिहानैदेखि देउवाको निवास बूढानीलकण्ठतर्फ जाने सडक धमाधम मर्मत थालेको छ । काठमाडौंमा झमझम पानी परिरहेका बेला महाराजगञ्जबाट बूढानीलकण्ठ जाने सडकका खाल्डाखुल्डी पिच गरेर टाल्न थालिएको हो । पानी परिरहेको समयमा समेत सडक जाम गराएर त्यहाँ पीच हुँदैछ । देउवा निवास महाराजगञ्जबाट चार किलोमिटर दूरीमा पर्छ । यो सडकको अधिकांश भाग बिग्रेको अवस्थामा छ । विद्युत प्राधिकरण र खानेपानीले पालैपालो सडक खनेर अस्तव्यस्त बनाएका छन् । देउवा प्रधानमन्त्री बन्ने निश्चित भएसँगै यो सडक मर्मतका लागि हतार गरिएको छ । नियुक्त हुने कुरा आए लगतै सडक विभागले उनको निवास जाने सडकका खाल्डाखुल्डी पुर्ने र पिच गर्ने काम सुरु गरेको छ । लामो समयदेखि महाराजगन्जदेखि उनको निवास बूढानीलकण्ठ जाने सडकमा खाल्डाखुल्डी रहे पनि त्यसलाई पुर्न विभागको चासो देखिएको थिएन । यसलाई नेपाली कर्मचारीतन्त्रमा रहेको चाकडी प्रथाको यो अनुपम नमुना भएको टिप्पणी गर्न थालिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *