ओलीका सालाले यसरी गरे प्राधिकरणमा करामत

समाचार

काठमाडौं । गत वर्षको भदौमा पहिलो चार वर्षे कार्यकाल पूरा गरेका विद्युत प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक कुलमान घिसिङलाई दोहो¥याएर जिम्मेवारी नदिई तत्कालीन प्रधानमन्त्री केपी ओलीले ससुराली कित्ताका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको कार्यकारी निर्देशक बनाएको करामत एक वर्ष पनि नपुग्दै आउन थालेको छ । दैनिक १८ घण्टासम्म लोडसेडिङ गर्ने र ३५ अर्ब रूपैयाँको घाटाबाट गुज्रिराखेको विद्युत प्राधिकरणको नेतृत्व लिएपछि घिसिङले लोडसेडिङ समाप्त पारेका थिए । यसैगरी ३५ अर्बको ऋणको भारी बोकेको प्राधिकरणलाई चार वर्षे कार्यकाल पूरा गरेर बाहिरिँदा ११ अर्ब नाफाको स्थितिमा प्राधिकरणलाई पु¥याएका थिए । लोडसेडिङ समाप्त गरेको र २७ प्रतिशत चुहावट भोगिराखेको प्राधिकरणलाई १५ प्रतिशत चुहावटमा झारेपछि प्राधिकरणको आर्थिक अवस्थामा नसोचेको सुधार भएको थियो । यही कारणले गर्दा नै सर्वसाधारण जनताले अहिले पनि सडकमा उत्रिएर घिसिङलाई पुनः विद्युत प्राधिकरणको कार्यकारी निर्देशक बनाउनु पर्छ भनेर नाराबाजी गरी राखेका थिए । तर, निवृतमान प्रधानमन्त्री केपी ओली भने आर्थिक स्वार्थको आहालमा डुबेको कारण घिसिङलाई हटाएर ससुराली तर्फका हितेन्द्रदेव शाक्यलाई प्राधिकरणको निर्देशक बनाएका थिए । शाक्य प्राधिकरणको कार्यकारी निर्देशक भएर आएदेखि घोषितरूपमा लोडसेडिङ नभएको भए पनि अघोषितरूपमा पटक–पटक विद्युत जाने क्रम भने सुरु भएको छ । यसैगरी कार्यकारी निर्देशक शाक्यको असफल र स्वार्थी नेतृत्वकै कारणले गर्दा विद्युतको चुहावट पनि बढेर साढे १६ प्रतिशतभन्दा माथि पुगेको छ भने शाक्यको व्यवस्थापनको कारणले गर्दा नै एक वर्षमा विद्युत प्राधिकरणको नाफामा ११ अर्बबाट घटेर ६ अर्बमा आएको छ । शाक्यकै नेतृत्वमा प्राधिकरणलाई अरु समय पनि कायम राख्ने हो भने आगामी हिउँदमा फेरि नेपाली जनताले दैनिक लामो समयको लोडसेडिङ भोग्नु पर्ने अवस्था आउन सक्ने देखिएको छ । यही कारणले गर्दा पनि केपी ओली विस्थापित भएर प्रधानमन्त्रीमा कांग्रेस सभापति देउवा आएलगत्तै विद्युत प्राधिकरणको कार्यकारी निर्देशकबाट शाक्यलाई हटाएर घिसिङलाई ल्याउने चर्चा आम जनतामा समेत बाक्लिएको थियो । तर, यस सम्बन्धमा सरकारको तर्फबाट कुनै निर्णय नभए पनि प्राधिकरणका कार्यकारी निर्देशक शाक्यले प्रस्तुत गरेको प्राधिकरणके प्रगति विवरण र गतिविधिप्रति ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले असन्तोष प्रकट गरेकी छन् । आफूले. प्रस्तुत गरेको प्रगति विवरणप्रति असन्तोष प्रकट गरेपछि नैतिक रूपले पनि शाक्य राजीनामा दिएर बाहिरिनु पर्ने थियो भन्ने भनाई प्राधिकरणकै उच्च अधिकारीहरूले गर्न थालेका छन् ।
०००

Leave a Reply

Your email address will not be published. Required fields are marked *