भारतविरुद्ध कठोर भएर उत्रियो देउवा सरकार, कालापानीमा लियो एक्सन

Uncategorized

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको सरकारले भारतविरुद्ध कठोर कदम चालेको छ । सीमा क्षेत्रमा सधैँ थिचोमिचो हुँदै आएको दार्चुलाको कालापानी क्षेत्रमा गएर देउवा सरकारले कठोर कदम चालेको हो । भारतको नियन्त्रणमा रहेको उक्त क्षेत्रमा देउवा सरकारले ठूलो जोखिम लिएर तारबारको काम थालेको छ । उक्त अहिले पनि भारतीकै नियन्त्रणमा छ ।
नेपालको नक्सामा लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिए पनि भूमि फिर्ता आउन सकेको छैन । भूमि त परको कुरा छोडौँ नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीको सरकारले तटबन्धन पनि बनाउन सकेको थिएन ।

ओलीले काठमाडौमा राष्ट्रवादी नारा लगाए पनि फिल्डमा जान सकेका थिएन । देउवा सरकारले फिल्डमै गएर एक्सन लिन थालेपछि ओलीको राष्ट्रवाद उदांगिएको छ । उनी राष्ट्रवादी कहलिन्छन् । तर, दार्चुलाका सीमावासीको पीडा कहिल्यै बुझेनन् । चुच्चे नक्सालाई आफ्नो राष्ट्रवादको सिँढी बनाए, तर वर्षौदेखि बाढी पहिरोबाट पीडित सीमावासीका लागि तटबन्धन बनाउने हिम्मत गरेनन् ।
ओली महाकाली नदी किनारमा तटबन्धन बनाउन भारतसँग थुरथुर डराए । नेपालतिर तटबन्ध अलपत्र पर्दा महाकाली नदीको तल्लो तटीय क्षेत्रमा ठूलो जनसंख्या र उर्वर भूमि भएका गाउँहरू (गल्फै, नमस्कार, किमतडी, धाप, दत्तु, उकु, बाकु, लाली समेत) सखाप हुने जोखिम रहिआएको छ ।
यो तथ्यसँग जानकार हुँदाहुँदै पनि तटबन्धनको काम कम्युनिष्ट सरकारले अघि बढाएन । दार्चुलाकै कम्युनिस्ट नेता गणेश ठगुन्ना मन्त्री हुँदा पनि यो जनताको गाँस बास कपाससँग जोडिएको यो समस्या हल गरेनन् ।
तै पनि चुच्चे नक्सालाई भजाएर राष्ट्रवादको भजन गाइरहे । राष्ट्रवादी भइरहे । खोक्रो राष्ट्रवादको नारा लगाइरहे । तर अहिले अवस्था फेरिएको छ ।
काठमाडौंमा सत्ता परिवर्तनसँगै नयाँ प्रधानमन्त्री सुदूरपश्चिम निवासी शेरबहादुर देउवा आएपछि महाकाली नदीमा तटबन्धन निर्माणको काम धमाधम अघि बढेको छ । देउवाले व्यवहारमै काम गरेर देखाएका छन् । देउवाले राष्ट्रवादी भनेर हल्ला पिटेनन् । भारतसँग डराएनन् । तर काम अघि बढाए । ओलीको पालामा रोकिएको तटबन्धको काम देउवाको पालामा कूटनीतिक चातुर्यताबाट भारतलाई कन्भिन्स गरेर अघि बढेको हो ।
यो कामले असली राष्ट्रवादी के हो भनेर देउवाले जनतालाई महसुस गराएका छन् । गृह मन्त्रालयको एक तथ्यांकअनुसार दार्चुलामै पनि महाकाली नदीमा ७ ठाउँमा तटबन्धन निर्माणको काम अघि बढेको छ ।
कालापानीको फेद कौवादेखि गुञ्जीसम्म र सदरमुकाम खलंगा नजिकको असिगाडा, झुला पुलसम्म ७ ठाउँमा तटबन्धनको काम अघि बढेको छ । यसअघि ति क्षेत्रमा हेर्न र छुन पनि नदिएको भारतलाई काउन्टर दिँदै देउवाले तटबन्धको अघि बढाएका हुन् ।
जसले दार्चुलावासीलाई पहिरो र बाढीबाट जोगाउने छ । २०७० असार २ गते महाकालीमा आएको भीषण बाढीले नेपालतर्फको १०४७ रोपनी जमिन बगाएको थियो । त्यसयता दार्चुलावासीले माथि कालापानीदेखि नै तटबन्धन हाल्न माग गरिरहेका छन् ।
बल्ल आएर काम अघि बढेको हो । तटबन्धमा भारतलाई गलाउन सफल देउवाले अब कालापानी क्षेत्रको नेपाली भूभाग फिर्ता ल्याउन पनि सफल हुने विश्वास गरिएको छ ।
बाहिर हल्लाभन्दा भित्रभित्रै काम गरेर परिणाम देखाउने स्वभावका देउवाले कुन दिन परिणाममा नेपाली फिर्ता ल्याउने हुन् त्यसका लागि प्रतिक्षा गर्नैपर्छ । तर, नेपालमा बाहिर बोलेर चर्को राष्ट्रवादी बन्ने, भित्रभित्रै पाउ ढोग्ने कम्युनिस्टहरूको कमी छैन ।
यिनीहरूले नै भित्रभित्रै कूटनीति कन्भिन्स गराएर काम गर्नेहरूलाई राष्ट्रघाती घोषित गर्न दिलोज्यान लगाउँछन् । तर परिणामले सबैलाई विस्थापित गर्छ ।
अहिले सत्ता गठबन्धनमा माओवादी अध्यक्ष प्रचण्डले चीनको पक्ष लिइरहेका बेला लोकतान्त्रिक नेता देउवा नबोलेरै सीमा सम्बन्धी समस्यामा परिणाम देखाउने र काम भाँडिन नदिने लाइनमा छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *