संसद बैठक सुरु हुँदै प्रतिपक्ष एमाले कडारूपमा प्रस्तुत हुने तयारीमा

राजनीति

काठमाडौं । आजैबाट संसद बैठक प्रारम्भ हुँदै छ । ओली सरकारले अध्यादेशमार्फत ल्याएको बजेट संसदमा पेस भएको ६० दिन भित्र पास नभएको खण्डमा रद्ध हुने हुँदा यसअघि स्थगन गरिएको संसद बैठक फेरि डाकिएको हो । पूर्ववर्ति सरकारले अध्यादेशमार्फत ल्याएको बजेटको समयसीमा ३० भदौसम्ममात्र छ । सो बजेट अगाडि बढाउनका लागि प्रतिष्थापन विद्येयक ल्याउनु पर्ने वाध्यताका कारण संसद बैठक आह्वान गरिएको हो । अर्थ मन्त्रालयका अधिकारीहरूका अनुसार, अहिले प्रतिस्थापन विधेयक तयार भइसकेको छ । संसद बैठक सुरु हुनेबित्तिकै अध्यादेशमार्फत आएको बजेट संशोधनका लागि प्रतिस्थापन विधेयक संसदमा पेस गर्ने तयारी अर्थ मन्त्रालयको तयारी छ । अर्थका अधिकारीहरूका अनुसार, अब बस्ने पहिलो वा दोस्रो बैठकमै प्रतिस्थापन विधेयक पेस हुनेछ । अध्यादेशमार्फत आएको बजेट संशोधनका लागि बहुमत सांसदको साथ चाहिन्छ । आफ्नो पक्षमा बहुमत सांसद रहेको आत्मविश्वासको साथ सरकारले संशोधन प्रक्रिया अगाडि बढाउन लागेको हो ।
अर्थ मन्त्रालय स्रोतका अनुसार, प्रतिस्थापन विधेयक लेखनका अर्थ मन्त्रालयको कानुन महाशाखा र बजेट महाशाखालाई दिइएको थियो । यस्तै, आगन्तुकका रूपमा प्रधानमन्त्रीको सचिवालय र अर्थमन्त्रीको सचिवालयबाट एक÷एक जना राखिएको थियो । सो बजेट लेखन अन्तिम अवस्थामा पुगिसकेको छ । बजेटमा संघीयता कार्यान्वयन हुने र तल्लो तहका सरकारलाई केन्द्रित गरेर बजेट संसोधन गरिएको छ ।
उता, एमसिसीले अहिले मुलुक तातेको छ । गृह मन्त्रालयले विज्ञप्ति नै निकालेर एमसिसीको विरोधमा नलेख्न वा नबोल्न निर्देशन दिएसँगै एमसिसीको चौतर्फी विरोध प्रारम्भ भएको छ । आगामी सोमबार एमसिसीको उपाध्यक्ष नेपाल आउने कार्यक्रम तय भएको छ । सोसँगै झनै चासो र चर्चाका रूपमा यसलाई हेरिएको छ । रमाइलो चाहिँ मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) संसदबाट पास नहुँदै १ अर्ब १० करोड रकम नेपालमा लगानी भइसकेको तथ्य फेला परेको छ । अघिल्लो वर्षको ८ महिनामा तलब भत्ता र घरभाडामा मात्रै २० करोड ८२ लाख रूपैयाँ खर्च भएको हो, भने मुआब्जा वितरणका नाममा ९० करोड खर्च भएको एमसिसी नेपालको कार्यालयमा कार्यरत कर्मचारीहरूको तलव खर्च र काठमाडौंको दरबारमार्गस्थित लालदरबार कम्प्लेक्समा रहेको कार्यालयको भाडामा यो रकम खर्च भएको हो । अहिले यो कार्यालयले महिनामा भाडामात्र १६ लाख तिर्दै आएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *