देवकोटाले दोहो¥याए काण्ड

अर्थ/वाणिज्य

काठमाडौं । सिटिजन्स बैंकमा हुँदा सुन काण्डमा मुछिएका बोधराज देवकोटा महालक्ष्मी विकास बैंकमा पुगेपछि पनि उस्तै काण्ड मच्चिएको छ । राजेश उपाध्याय, सञ्जय गिरी, राजेश कुमार रौनियार, राहुल अग्रवाल र श्याम सुन्दर रुंगटाहरू सञ्चालक रहेको यो बैंकमा यस अघि पनि पटक–पटक सुन काण्ड र सात करोड वाला काण्ड चर्चामा छन् । यसअघि सोही बैंकले पोखराका सुन व्यवसायी कमल गुभाजुलाई ४ करोड ८० लाख रूपैयाँ ऋण दिएर ३८ करोड रूपैयाँ बराबरको सम्पत्ति हडपेको राष्ट्र बैंकमा उजुरी परेको थियो । गुभाजुले लगेको ऋण तिरे पनि उनको ३८ करोड बराबरको सम्पत्ति हडपेको काण्डमा शेरबहादुर देउवाको सालो भूषण राणासहितको टोली मुछिएको थियो । यो चाहिँ यति डेभलपमेन्ट बैंकसँग मर्ज हुनु अघिको कहानी हो । तत्कालीन मनकामना विकास बैंकको सिइओ, पछि मर्ज भएपछि यति विकास बैंकको सिइओ हुँदा राणाले गुभाजुको सम्पत्ति हडपेका हुन् । हाल यति विकास बैंक मर्ज भएर महालक्ष्मी विकास बैंकमा परिणत भएको छ । सो घटना घटेको केही महिनापछि बैंकको कुमारीपाटी शाखाबाट उसैगरी सुनकाण्ड मच्चिएको छ । सो शाखाबाट सुन धितो राखेर कर्जा लिएकी विष्णु महर्जनको सुन नै गायब बनाइएको हो । ऋणी विष्णु महर्जनले आफूले २५ तोला सुन धितो राखेर महालक्ष्मी विकास बैंकबाट १४ लाख रूपैयाँ कर्जा लिएकी थिइन । सहकारीबाट ऋण लिएर धितोवापत राखेको उक्त सुन निकाल्न खोज्दा कुमारीपाटी शाखा प्रमुखले कर्जा लिनलाई राखेको सुन नक्कली भएको बताएपछि यो घटना सतहमा आयो । यो कुरा मिडियाबाजी भएपछि शाखा प्रमुखले केही दिन अघि नक्कली भनेको २५ तोला सुन रातारात सक्कली मात्र बनाइएनन्, उनलाई सुनसहित १२ लाख नगद दिएर केस डिसमिस पारिएको छ । अब प्रश्न उठ्न थालेको छ । यदी सक्कली सुन हो भने ती बचतकर्तालाई सुन नै फिर्ता गरेपछि किन १२ लाख किन दिइएको ? उसो त सोही शाखाका सुन जाँचकी यसअघि समेत सुन काण्डमा जोडिएर जेलको चिसो हावा खाँदैछन् । यो प्रकरणमा विभागीय नेपाल राष्ट्र बैंकको मौनतालाई रहष्यमय भन्छन् जानीफकारहरू ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *