उमेरहदले रोकिने भए अब एमालेका यी नेताहरु

राजनीति

काठमाडौं । प्रमुख प्रतिपक्ष नेकपा एमालेको विधान संशोधन अधिवेशन पर्सि शुक्रबार असोज १५ गतेबाट बस्न गई राखेको छ । यो विधान अधिवेशनले पार्टीको नेतृत्वका सम्बन्धमा महत्वपूर्ण निर्णय गर्ने भएको छ । विधान अधिवेशनले विधान संशोधन गरेको लगभग दुई महिना पछि नेकपा एमालेले पार्टीको १० औँ महाधिवेशन गर्ने निधो पनि गरेको छ । प्रतिपक्ष नेकपा एमालेले विधान संशोधन मार्फत् सत्तरी वर्ष पूरा गरेका नेतालाई जिम्मेवारी नदिने प्रावधान राख्ने भएको छ । नेकपा एमालेले यो प्रावधान ८ औँ महाधिवेशनबाट पनि पार्टी विधानमा समावेश भएको थियो । यही कारणले गर्दा ९ औँ महाधिवेशन पछि पार्टीका दुई वरिष्ठ नेता सिद्धिलाल सिंह र भरतमोहन अधिकारीले सत्तरी वर्षको उमेर पार गरेको कारणले गर्दा नै पदाधिकारीको जिम्मेवारी पाएनन् । तर २०७५ साल जेठ ३ गते नेकपा एमाले र माओवादी केन्द्रका बीचमा एकीकरण भएपछि यो प्रावधान निस्क्रिय अवस्थामा पुगेको थियो । तर अहिले फेरि नेकपा एमालेले यो प्रावधानलाई आफ्नो विधानमा संशोधन गर्ने निर्णय पर्सि शुक्रबारबाट हुने विधान अधिवेशन मार्फत् गर्ने निर्णय गरेको छ ।
यो प्रावधान विधानमा समेटिएपछि पार्टीका वरिष्ठ नेता इश्वर पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्य, सुवास नेम्वाङहरुले पार्टीको पदाधिकारीको जिम्मेवारी पाउने छैनन् । आगामी फाल्गुण महिनाबाट अध्यक्ष केपी ओलीले पनि सत्तरी वर्षको उमेरहद पार गरेर ७१ वर्ष टेक्ने भएकाले दोहो¥याएर पार्टी नेतृत्व गर्नका लागि आगामी फाल्गुण महिनाभन्दा अगाडि नै नेकपा एमालेको १०औँ महाधिवेशन बस्नु पर्ने हुन्छ । यो स्थितिलाई ध्यानमा राखेर नै नेकपा एमालेले १० औँ महाधिवेशन आगामी मंसिरमा गर्ने गरी तयारी अगाडि बढाउन थालेको छ । आगामी मंसिरमा हुने १० औँ महाधिवेशनबाट केपी ओली दोहो¥याएर अध्यक्षमा निर्वाचित भएपछि पार्टीकोयो संशोधित विधान अनुसार इश्वर पोखरेल, भीम रावल, अष्टलक्ष्मी शाक्यजस्ता नेताहरु पार्टीको नेतृत्व गर्न उमेर हदको कारणले गर्दा ११औँ महाधिवेशनमा अध्यक्षको लागिसमेत प्रतिस्पर्धा गर्न पाउने छैनन् । यसैगरी नेकपा एमालेले दुई कार्यकाल पदाधिकारीमा चयन भई सकेपछि तेस्रो कार्यकालका लागि उम्मेदवारी दिन नपाउने गरी पार्टी विधान पनि यही विधान अधिवेशनले संशोधन गर्ने भएको छ । दुई कार्यकाल पछि तेस्रो कार्यकालका लागि उम्मेदवारी दिने प्रावधान हटाएपछि नेकपा एमालेमा नेतृत्वमा नयाँ अनुहार पुग्ने क्रम बढेर जाने विश्लेषण नेकपा एमालेको रहेको छ । नेकपा एमालेले खास गरेर सत्तरी वर्षको उमेर हद कायम गर्ने गरी विधान संशोधन गर्ने गरेको तयारी प्रति इश्वर पोखरेल, भीम रावल जस्ता नेताले असन्तोष व्यक्त गरी राखेका छन् । किनभने १०औँ महाधिवेशनमा केपी ओलीले नै दोहो¥याएर पार्टीको नेतृत्व गर्ने भएपछि ११औँ महाधिवेशनसम्म पुग्दा आफूहरु उमेर हदको कारण अध्यक्ष भएर पार्टी नेतृत्व गर्न विधानले नै नदिने अवस्था आउने छ । त्यस कारण यो प्रावधानलाई संशोधित विधानमा संलग्न नगर्न इश्वर पोखरेल, सुवास नेम्वाङदेखि भीम रावलसम्मले दवाव दिई राखेका छन् । नेकपा एमालेले अब संशोधन गर्ने विधान अनुसार अध्यक्ष थप शक्तिशाली हुनेछन् । यसैगरी महासचिवसँगै प्रादेशिक संगठनलाई समेत ध्यानमा राखेर थप गरिने उपाध्यक्ष तथा सचिवहरुको समेत चयन निर्वाचन प्रक्रियाबाट नै हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *