आफ्नो सचिव खोज्दैमा मन्त्रीहरू हैरान

प्रशासन

काठमाडौं । प्रशासनिक क्षेत्रमा निष्पक्षता छैन । कुनै दलको सरकारले पनि देखाएन । लोकसेवाबाट प्रतिष्पर्धा गरेर शाखा अधिकृत, उपसचिव, सहसचिवमा नाम निकालेर नियुक्ति लिएकाहरू नै सचिव हुन्छन् र सरकारले सचिव नियुक्ति गर्दछ । तर, राजनीतिक दलहरूमा प्रशासनिक क्षेत्र निष्पक्षता देखिएन । नेकपाको सरकारको समयमा पनि निष्पक्षता थिएन । कर्मचारी संगठनका नेताको छनोटमा सचिवको छनोट हुने ग¥यो । अहिले देउवा सरकारका मन्त्रीहरू पनि भनेको मान्ने सचिवको खोजीमा छन् ।
मन्त्री नयाँ थपिनासाथ भनेको मान्ने सचिवको खोजीमा हुन्छन् । पछिल्लो पटक स्वास्थ्य, शिक्षा, सञ्चार, वन, भूमिसुधार, महिला तथा बालबालिका, श्रम, भौतिक पूर्वाधार तथा संघीय मामिला, पर्यटन, खानेपानी, कृषि मन्त्रालयमा नयाँ अनुहार मन्त्री बनेर आए । ती मन्त्रीहरूको काम भनेको सचिव फेर्ने, ठेक्का पट्टा लगाउनेमै केन्द्रित छ । मन्त्रीहरू आफ्नै पार्टीप्रति जिम्मेवार छैनन् । नेताको निर्देशन तिनले मान्दैनन् । पार्टीभन्दा गुट महत्वपूर्ण छ । एमाले अध्यक्ष केपी ओली प्रधानमन्त्री हुँदा पार्टीभन्दा गुटकै महत्व दिइयो ।
अहिले श्रम र पर्यटनमन्त्री विवादमा परेका छन् । प्रेम आले, किसान श्रेष्ठ राजनीतिक पृष्ठभूमिका होइनन् । पैसा पेलेर राजनीतिमा आएका उनीहरूलाई कमाउनै भ्याई नभ्याई छ । ठेक्का–पट्टामा ध्यान दिएका छन् । मन्त्रीहरूले दलीय एजेण्डा पनि स्वीकारेको देखिन्न । जसपाले आफूनिकट मधेसी पृष्ठभूमिका खोज्ने हो भने त्यो पार्टीका लागि छुट्टै प्रशासन आवश्यक छ । एमालेबाट चोइटिएर बनेको नेकपा समाजवादी नै मन्त्रीबाट बद्नाम हुँदैछ । किनकी मन्त्री बन्नकै लागि प्रेम आले र किसान श्रेष्ठले एमालेका त्यागेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *