वामदेवलाई जिल्ला पार्टीले समेत सम्झिएन

राजनीति

काठमाडौं । एमालेको दशौँ महाधिवेशनमा फुत्किएका वामदेव गौतम आफू एकीकृत समाजवादीमा लाग्ने बताएर कुनै प्रगति गरेनन् । अस्थिर राजनीतिको स्वार्थभित्र रमाउने वामदेव एमालेबाट हट्दा होस् वा माधव, झलनाथले एमाले फुटाउँदा होस् संस्थापनको नेतृत्व गरेका केपी ओलीले आफ्ना विरोधीहरूले पार्टी छाडेकोमा हाइसञ्चो मानेकै छन् । गौतमको चाहना थियो ओली फकाउने । जनताले एमालेको पहलमा वामशक्तिबीचमा कार्यगत एकता र सिद्धान्त र विचारमा एकरूपता भएका शक्तिबीच एकता बढ्नु आवश्यक छ । तर, यसपटक केपी ओलीको घमण्डले आफ्नै टिमभित्र उकुसमुकुस बढ्दैछ । पार्टीमा आलोचना नसहने नेताको रूपमा अध्यक्ष ओली चिनिएका छन् । अहिले आफ्नै टिमभित्रका हुनमानहरू नै सर्वेसर्वा बन्ने वातावरण बन्दै गयो । प्रदेशको मुख्यमन्त्री बने र पार्टीकै घोषणा पत्रलाई त्यागेका नेताहरू नै पार्टीको दशौँ महाधिवेशनमा लाउरे भएका छन् ।

वामदेवलाई एमाले फापेन । तर, काम नगरे पनि जनताको बहुदलीय जनवाद कसरी प्यारो भयो त्यो बुझिनसक्नु छ । वामदेव खेमाबाट २०७४ मा चुनाव जितेका योगेश भट्टराई, स्व.रविन्द्र अधिकारी, रघुवीर महासेठ, धनबहादुर बुढा, जीवनराम श्रेष्ठले गौतमको टिम त्याग्नु नै समूहबाट एक्लिनु थियो । चुनाव जिते वामदेवले प्रधानमन्त्रीको दाबी गर्छन् भनेर नै ओली र ईश्वर पोखरेलले चुनाव हराएका थिए । गौतमलाई जिल्ला पारीले समेत सहयोग गरेन ।

अहिले श्रीमतीलाई सांसद पदको लागि ओलीतिर पठाएर वामदेवले रमिता देखाएका छन् । वामदेवप्रति उनकै समूहका नेता कार्यकर्ताको मात्र होइन, जनताको पनि मोहभंग भएको छ । किनकी जनताले नपत्याउँदा पाँचवर्ष पार्टीका काममा बस्न नसक्ने वामदेवजस्ता नेताको धम्कीले एमालेमा मात्र होइन देशको वामपन्थी आन्दोलनमा सार्थक भएन भन्ने नबुझ्नु आफैमा गिर्नु हो । वामदेव पदको लागि गिरेको यो बेला मात्र होइन ?

Leave a Reply

Your email address will not be published. Required fields are marked *