कांग्रेस पार्टीमा वाक युद्ध चर्किंदै

समाचार

काठमाडौं । राजनीतिक दलहरुको सत्ता गठबन्धन भएपछि स्थानीय तहको चुनावमा गठबन्धन नगरी एक्लै चुनावमा जानुपर्ने नेपाली कांग्रेसमा दबाब छ । डा.शेखर कोइराला र प्रकाशमान सिंहबिच वाकयुद्ध सुरु भएको छ । प्रकाशमान सिंहले स्थानीय तहमा पनि सत्तारुढ दलहरु बिचमा चु्नावी तालमेल गरेर अगाडि बढ्नुपर्ने देशको आवश्यकता रहेको बताइरहेका छन् ।
तर सभापतिको प्रतिस्पर्धा डा.शेखर कोइरालाले शुरु देखि नै कांग्रेस एकजुट भएर भिउनपर्ने बताउँदै आएका छन् । कोइरालाको यो भनाईले संस्थापन पक्षभित्र खैलाबैला मच्चिँदैछ । कांग्रेस केन्द्रीय समितिको बैठकले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा पदाधिकारी चयन गर ि५५ जनाको निर्वाचन कमिटी टोली बनेको छ । यसले डा.शेखर कोइरालाको टोली भने गठबन्धन भत्काउने दाउमा छ ।
उपसभापति धनराज गुरुङ, महामन्त्री गगन थापा, सहमहामन्त्री उमाकान्त चौधरी, डा.शखेरको टिमबाट विजय भएका थिए । महामनत्री गगन त्यतिखेर डा.शेखरभन्दा देउवातिर जोडिएका थिए । प्रकाशमान सिंहले उपत्यका भित्रको उम्मेद्वार छनौटमा प्रभाव पार्ने गरेका छन् । सिंहलाई केवल उपत्यकाको मात्र चिन्ता छ भन्ने कुरा सभापति पदमा पाएको झिनो मत नै काफी छ । सिंह र विमलेन्द्र निधि सत्ता र स्वार्थमा लाग्दा डा.शेखर पराजित भए । शेखरले सभापति जितेको भए सत्ता गठबन्धन भत्काउँथे । एमालेका केपी ओली र डा.शेखर कोइराला भारतीय डिजाइन भित्रको नेपाली खेलाडी हुन् । दुबैको दाउ भनेको सरकारबाट माओवादी र समाजवादीलाई हटाउने हो । भारतीय पक्षले नेपालमा राजनीतिक हस्तक्षेप गर्छ । ‘रअ’ का एजेण्डाले चुनावको बेला आर्थिक सहयोग गर्ने चलन छ ।
प्रकाशमान सिंह दरबारमा राजा हुँदा बरु राजावादी भए होलान् । रअका दलाल भएनन् । अहिले सिंहमाथि आक्रमण गर्नुका कारण माहोल कांग्रेसको पक्षमा देशव्यापी छ भन्नु हो । तर कांग्रेस पार्टिले नबुझेको पाटो भनेको वामपन्थी गठबन्धन भए गत असार अगाडि जस्तो टुहुेरे ताल नै हो । किनकि गठबन्धनबाट धेरै फाइदा लिने कांग्रेसले नै हो । तर डा.शेखरलाई पार्टी सभापतिमा हराएको रिस फेर्ने बाटो स्थानीय चुनाव बनेको देउवा पक्षको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *