काभ्रेपलाञ्चोकको भुम्लुमा अध्यक्ष र उपाध्यक्षमा गठबन्धन विजयी

राजनीति समाचार

काठमाडौं । काभ्रेपलाञ्चोकको कोसीपारिस्थित भुम्लु गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा गठबन्धनका उम्मेदवार विजयी भएको छ ।

गठबन्धनको तर्फबाट नेकपा ९माओवादी केन्द्र०का प्रेमबहादुर भुजेलले पाँच हजार ७९२ मत प्राप्त गरी अध्यक्षमा विजयी हुनुभएको हो । उहाँका निकटतम् प्रतिस्पर्धी नेकपा एमालेका प्रेम लामाले चार हजार ५६८ मत प्राप्त गर्नुभएको छ ।

त्यस्तै उपाध्यक्षमा नेपाली कांग्रेसका जीतेन्द्रमान तामाङले छ हजार ९८ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँको निकटतम् प्रतिद्वन्द्वी नेकपा एमालेकी कल्पना कुमारी श्रेष्ठले चार हजार २९ मत प्राप्त गर्नुभएको निर्वाचन अधिकृत रुद्र कोइरालाले जानकारी दिनुभयो ।

सो पालिकाको वडा नं १ को वडाध्यक्षमा नेकपा ९माओवादी केन्द्र०का लेखबाहदुर श्रेष्ठ, वडा नं २ मा नेपाली कांग्रेसका सुजन भण्डारी, वडा नं ३ मा नकेपा एमालेका ज्ञानबहादुर तामाङ, वडा नं ४ मा नेकपा एमालेका लोकबहादुर कुँवर, वडा नं ५ मा नेपाली कांग्रेसका अञ्चलकुमार मोक्तान, वडा नं ६ मा नेकपा एमालेका भरतबहादुर शिवभक्ति, वडा नं ७ मा एमालेकै रमेशराज खरेल, वडा नं ८ मा नेकपा ९एकीकृत समाजवादी०का मोतीलाल तामाङ, वडा नं ९ मा कांग्रेसका दलबहादुर तामाङ र वडा नं १० मा नेकपा एमालेका केशरमान लामा विजयी हुनुभएको छ ।

जिल्लाका अन्य पालिकामा मतगणना जारी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *