जोशीपुरमा नागरिक उन्मुक्ति विजयी

राजनीति समाचार

टीकापुर । कैलालीको जोशीपुर गाउँपालिकामा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । अध्यक्षमा चित्रबहादुर चौधरी विजयी हुनुभएको हो ।

नागरिक उन्मुक्ति पार्टीका चौधरी ४ हजार ९०३ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँले नेपाली कांग्रेसका वंशराम बडायकलाई पराजित गर्नुभएको हो ।

उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीकै रेखादेवी कठरिया ४ हजार ५८१ मत प्राप्त गरी विजयी हुनुभएको छ । वडा नं ७ को वडाध्यक्षमा नेकपा (एमाले) का बमबहादुर शाह ६६४ मत प्राप्त गर्दै विजयी हुनुभयो ।

महिला सदस्यमा एमालेकै गौरादेवी जैसी, दलित महिला सदस्यमा नागरिक उन्मुक्तिका इसराकुमारी टमटा, खुला सदस्यमा नेपाली कांग्रेसका तेजप्रकाश हमाल र हिराप्रसाद चौधरी विजयी हुनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *