राजनीतिक दलले गुमाउँदै काठमाडौं महानगर

समाचार

काठमाडौं । नेपालको राजनीतिक दलभित्र गुटबन्दीकै कारण गत वैशाख ३० गते सम्पन्न भएको स्थानीय चुनावमा अन्तर्घात भएको छ । खासगरी सत्ता गठबन्धन दल एकीकृत समाजवादी पार्टीलाई माओवादी केन्द्र र नेपाली कांग्रेसले घात गरेका छन् । नेकपा एमालेभित्र पनि नेताको कारण घात अन्तर्घात भएको छ । एमालेले नेता र कार्यकर्ता व्यवस्थापन गर्न नसक्दा यसपालीको स्थानीय चुनावमा काठमाडौं महानगरपालिकालगायत अन्य थुप्रै पालिकाहरु गुमाउने अवस्था आएको छ । दोलखा जिल्लामा तत्कालीन संचारमन्त्री पार्वत गुरुङकै कारण धेरै स्थान गुमाउन पुगेको थियो । एमालेका नेता गोकुल बास्कोटाको कारण पनि एमालेले काभ्रेमा आफ्नो स्थान सुरक्षित बनाउन सकेन् ।
यस्ता उदाहरणहरु थुपैै्र छन् । भक्तपुरको सूर्य विनायकमा भने एमालेलाई चिठ्ठा परेको छ । किनकी नेपाली कांग्रेसका उदय खड्का र निसान ढुंगेलको कारणले गर्दा एमालेका बासुदेव थापाले चुनाव जितेका छन् । बासुदेव थापा र नेपाली कांग्रेसका उदय खड्कोबिच आपसी समझदारी भएको बताइन्छ । कांग्रेसका मेयर निशान ढुंगेललाई कांग्रेसले घात गरेको थियो । माओवादी केन्द्रदेखि नेपाली कांग्रेस, नेकपा एमाले, एकीकृत समाजवादी, जसपाजस्ता पार्टीका नेताहरुले घात अन्तर्घात गरेको पाइन्छ । यस्तै सिन्धुपाल्चोक जिल्लामा एमालेका नेता शेरबहादुर तामाङले एमालेलाई राम्रोसित सहयोग नगरेको बताइन्छ । एमालेका कायृकर्ताले एमालेलाई नै घात गरेका छन् । एमालेका पुराना त्यागी नेता तथा कार्यकर्तालाई एमालेका नेताले गुट उपगुट गरी जिल्ला, प्रदेशजस्तो ठाउँमा बाइपास गरेको छ । यस्तो अवस्था नेकपा एमालेमा मात्र नभई नेपाली कांग्रेसमा पनि उस्तै छ । कांग्रेसका पुराना, त्यागी, क्षमतवान पार्टी कार्यकर्तालाई टिकट नदिएर आफ्ना वरिपरिकालाई दिँदा विभिन्न क्षेत्रमा बागी उम्मेद्वार उठ्ने लहर नै चलेको थियो । यसको उदाहरण भरतपुर महानगरपालिकामा नेपाली कांग्रेसका बागी उम्मेद्वार जगन्नाथ पौडेल हुन् । उनलाई कांग्रेसले बाइपास गरी गठबन्धनको उम्मेद्वार रेणु दाहाललाई भोट मागेको थियो ।
काठमाडौं महानगरपालिकामा तत्कालीन उपमेयर हरिप्रभा खड्गीलाई टिकट नदिएर कांग्रेसले नेता प्रकाशमान सिंहकी श्रीमती सिर्जना सिंहलाई दिएर बेइमानी ग¥यो । खड्गीलाई मेयरको टिकट दिएको भए चुनाव जित्ने सम्भावना बढी थियो । त्यसैगरी, एमालेले केशव स्थापितलाई टिकट दिएपछि स्थापित विवादमा तानिए । उनलाई रामवीर मानन्धरजस्ता नेताहरुले सहयोग गरेनन् । यसकै फाइदा स्वतन्त्र उम्मेद्वार बालेन साहलाई पुगेको छ । काठमाडौंको मेयरमा बालेन साहले बाजी मारे भने नेपालका राजनीतिक दलप्रति नेपाली जनताको विश्वास नभएको प्रमाणित हुन्छ । भोलिका दिनमा काठमाडौं उपत्यका भित्र शिक्षित व्यक्ति आएपनि स्थानीय चुनावले राजनीतिक पार्टीलाई धक्का लाग्ने देखिन्छ । एमालेले उपमेयरमा सुनिता डंगोललाई उठाएको छ । उनको विजय निश्चित जस्तै देखिएको छ । काठमाडौंबासीले बालेन साहलाई मत दिनु भनेको एक प्रकारले राजनीतिक दलप्रतिको वितृष्णा हो ।
स्वतन्त्र उम्मेद्वार बालेन साहले मेयर उम्मेद्वारमा विजय भए भनेपनि राजनीतिक दलको तगारोका कारण उनले काम गर्ने वातावरण बन्न नसक्ने देखिन्छ । काठमाडौंका विभिन्न वडामा राजनीतिक दलका उम्मेद्वारहरुको विजय भएको अवस्थामा उनीहरुले काठमाडौंका स्वतन्त्र उम्मेद्वारलाई कसरी सहयोग गर्लान् भन्ने सबैको चासोको विषय बनेको छ । काठमाडौं महानगरका कर्मचारीले पनि साहलाई सहयोग गर्ने स्थिति छैनन् । काठमाडौंमा राजनीतिक दलका उम्मेद्वारले चुनाव जितेपनि एजेण्डा र काम गर्ने दृढता नभएका कारण फोहोर पनि व्यवस्थापन हुन सकेको छैन । काठमाडौं उपत्यकाभित्र नेपालको धार्मिक परम्परा अनुरुपको मठ मन्दिर, पार्टीपौवा, सुन्दर बगैंचा बन्न सकेको अवस्था छैन । पार्किङ जताततै अव्यवस्थित छ । फुटपाथका पसलको कारण सर्वसाधारण मानिस बिहान बेलुका हिँडडुल गर्न नसक्ने अवस्था छ । अहिले काठमाडौं उपत्यका भित्र चोक चोकमा फोहोरको चाङ लागेको छ । गर्मी महिना छ, फोहोर गन्हाएर हिँडडुल गर्न सक्ने अवस्था छैन । उक्त फोहोरबाट रोग उत्पन्न हुन सक्छ । महानगरका कर्मचारीले यस्ता कुराहरुमा व्यवस्थापन गर्न सकेको छैन । महानगरका कर्मचारीलाई कसैले केही भन्न सक्ने अवस्था पनि छैन । महानगरभित्र भ्रष्टाचारको फेहरिस्त सार्वजनिक भएको छैन । कर्मचारी हाटा गर्ने र महिना मरेपछि तलब खाने गरेका छन् । विकास शून्य अवस्थामा छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *