श्रीमानको कुटपिटबाट श्रीमती गम्भीर घाइते

समाचार

धादिङ । घरेलु हिंसा पीडित गंगाजमुना गाउँपालिका(६ बसेरी कि ३१ वर्षीया रेखा मुक्तान खत्रीको शनिबार घाइते अवस्थामा उद्धार गरिएको छ । रेखाका श्रीमान ३७ वर्षीय तेजबहादुर खत्रीले असार १५ गते साँझ घरमै कपालमा भुतलेर कुटपिट गर्दा गम्भीर घाइते भएको थिइन् ।

मोवाईल श्रीमानले माग्दा फुटाइदिन्छ भन्ने डरले नदिएपछि खत्रीले टाउकोमा भुतलेर कुटपिट गर्दा आँखा, टाउको हातमा गम्भीर चोट लागेको थियो । रातीको समयमा घटना भएकोले छिमेकी र जेठानीले घाइतेलाई बचाएर स्थानीय स्वास्थ्य चौकी पुर्‍याएका थिए । आफूमाथि बल प्रयोग गरी घाइते बनाएको घटना एक पटक मात्र नभएको र पटक पटक आफूमाथि हिंसा भइरहेकोले आफूलाई बचाउन आग्रह गरेपछि सहयात्री समाज नेपालले उद्धार गरेको सहयात्री समाज नेपालका सेफहाउन इन्चार्ज तथा महिला अधिकारकर्मी गायत्री खतिवडाले बताइन् ।

आफू मरेर बाँचेकोले अब त्यस घरमा फर्केर नजाने अठोट भएको बताउँदै आफ्नो पतिलाई कानुन अनुसार कारबाही गर्न प्रहरीसँग आग्रह गर्नुभएको छ । आरोपितलाई कारबाही गरेपछि आफूले शान्ति पाउने पीडितको भनाई छ । पीडितलाई सुरक्षित आवास गृहमा राखिएको छ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *