रग्ड एप्पल वाच प्रो सार्वजनिक हुँदै, मूल्य आईफोन १३ प्रो बराबर

समाचार

काठमाडौं । रग्ड एप्पल वाच प्रोको मूल्य आईफोन १३ प्रो सरह नै पर्ने भएको छ । एप्पलले आउँदो सेप्टेम्बरमा नयाँ रग्ड एप्पल वाच सार्वजनिक‍ गर्दैछ । टिपेस्टरका अनुसार यसको मूल्य अहिले रहेको आईफोन १३ प्रो सरहनै पर्नेछ । यो घडी खेलाडीहरुलाई लक्षित गरेर बनाइने छ, जसमा अहिलेसम्मकै एप्पल स्मार्टवाचमा भएको सबैभन्दा ठूलो स्क्रीन, राम्रो ब्याट्री र फलामको बाहिरी भाग हुनेछ ।

यो एप्पल वाचको कोड नाम एन १९९ रहेको छ र यसलाई वास्तविक रुपमा एप्पल वाच एक्सट्रीम, एप्पल वाच म्याक्स, एप्पल वाच एक्सप्लोरर एडिसन वा एप्पल वाच प्रो नाम दिइनेछ ।

यसमा ४१० बाई ५०२ को रिजोल्युसन हुनेछ । वाचमा धेरैजसो फिटनेस मापन गर्ने उपकरणहरुनै हुेनछन् । टिप्स्टरको अनुसार एप्पलको वाच सिरिजको मूल्य ८४९ डलरबाट सुरु हुने गर्दथ्यो । त्यस कारण यो नयाँ मोडेलको मूल्य ९०० देखि ९९९ डलरको बिचमा हुन सक्नेछ ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *