अब अर्थमन्त्री कार्की कि पुन ?

राजनीति समाचार

काठमाडौं । आमनिर्वाचन आउन अब ४ महिनापनि बाँकी छैन तर आमनिर्वाचन नजिकिँदै जाँदा अर्थ र रक्षा जस्ता महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री शेरबहादुर देउवाले नै सम्हालिराखेका छन् । कांग्रेसको चौथो महाधिवेशनको क्रममा महामन्त्रीको लागि उम्मेदवार भएर पराजित भएपछि तत्कालीन रक्षामन्त्री मिनेन्द्र रिजालले राजीनामा दिएका थिए ।

रिजालको राजीनामापछि रिक्त भएको रक्षा मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्ती देउवाले नै सम्हाल्दै आएका छन् । यसै गरी २०७८÷८९ वार्षिक बजेट तयार गर्ने अन्तिम चरणमा बाहिरको व्यक्तिलाई समावेश गरेको भनेर चर्को विवादमा आएपछि अर्थमन्त्रीबाट जनार्दन शर्माले राजीनामा गरेका थिए । शर्माले राजीनामा दिएपछि अर्थमन्त्रालयको जिम्मेवारी पनि प्रधानमन्त्री देउवाले नै सम्हालिराखेका छन् ।

आमनिर्वाचनको मिति नजिकिँदै जाँदा अर्थ र रक्षा जस्तो महत्वपूर्ण मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्री देउवाले सम्हालिराखेका छन् । खास गरेर प्रधानमन्त्री देउवा अर्थमन्त्रालयको जिम्मेवारीबाट बाहिरिने सोचमा भएपछि पनि त्यो मन्त्रालयलाई लिएर कांग्रेस माओवादी केन्द्रका बीचमा विवाद रहेको छ ।

माओवादी केन्द्र सुरुदेखि नै आपूmले सम्हाल्दै आएको तर्कगर्दै अबपनि अर्थमन्त्रालयको जिम्मेवारी आफ्नै पाउनुपर्ने अडान राख्दै आएको छ । त्यसैगरी आमनिर्वाचनको मिति नजिकिँदै गर्दा आर्थमन्त्रालयको जिम्मेवारी आपूmले पाउनुपर्ने दावी नेपाली कांग्रेसको रहेको छ । यही विवादको कारणले गर्दा अर्थमन्त्रालयको जिम्मेवारी कसले सम्हाल्ने भन्नेमा टुंगो नलाग्दा यो मन्त्रालयको जिम्मेवारी प्रधानमन्त्रीले नै सम्हान परिराखेको छ ।

समाचार सुत्रका अनुसार अर्थमन्त्रालयको जिम्मेवारी माओवादी भागमा पर्न गए वर्षमान पुनलाई अर्थमन्त्री बनाउने सोचमा माओवादी अध्यक्ष प्रचण्ड रहेका छन् । यसैगरी प्रधानमन्त्री देउवा अर्थमन्त्रालयको जिम्मेवारी सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई दिने पक्षमा उभिएका छन् ।

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *