म्याडमको खुत्रुकेमा पैसा राख्ने डीआईजी

Uncategorized

काठमाडौं । नेपाल प्हरीमा मुखले संगठनले खटाएको ठाउँमा जाने गित गाइएकै छन् । तर व्यवहारले भ्रष्टाचार र दैनिक बालुवाटारको सेवक भएर एआईजी पड्काउने अभियानमा डीआईजी अशोक सिंहको चुरीफुरी बढ्दै छ । काठमाडौं परिसर प्रमुखमा बस्दाखेरी हजम गरेको पैसा आरजु म्याडमको खुत्रेकेमा राखेपछि डीआईजी भएका सिंहले चेक काण्डको रिपोर्ट लुकाए । अख्तियार प्रमुख प्रेम राईले टेकप्रसाद राईको पक्ष लिएकै थिए । राई पनि शुद्धताको कसीमा दागविहीन बनाइएका पात्र थिएनन् ।
खान्न खान्न लोकाचार खान लाग्यो मानाचार प्रवृत्तिका बसन्त कुँवरको बाह्रौँ नम्बरबाट पहिलो फड्कोमा पुग्दा केरकारको कमाइ म्याडमको खुत्रुकेमा दिएकै थिए । त्यो बेला म्याडमले निर्देशन दिएपछि काम धेरै भए । चेक बाउन्स, लेनदेन लागुऔषध कारोबारको विषय डा.आरजुको कमाई थियो । नागरिक उडड्यन प्राधिकरणमा आरजुका भाई भूषण राणाले ८ वर्षसम्म सटर भाडामा लिएर पैसा तिरेका थिएनन् । जब राजकुमार क्षेत्री एयरपोर्टको महाप्रबन्धक भए तब आरजुको भाइको दादागिरी चलेन । केही पैसा असुलेर क्षेत्रीले भूषण राणाको टोलीलाई हटाए । नागरिक उडड्यन प्राधिकरणमा एघारौं तहका प्रदीप अधिकारीलाई १२ औं तहको महानिर्देशक बनाइएकै छ ।
अहिले नक्सालमा चलखेल गर्ने र संगठनको सूचना बालुवाटार पु¥याएर विश्वासी हुने होडमा बसन्त कुँवर र अशोक सिंहको प्रतिस्पर्धा छ । आईजीपी धिरज सिंहले क्षमताको आधारमा कुँवरलाई सचिवालय राखे । राईलाई विशेष ब्युरो, सिंहलाई कार्य विभागमा सिफारिस गरेपनि दौडधुप र चाकडी गराउने समय मिलाउन धाइरहेका छन् । राई सचिवालय, कुँवर कार्य विभाग र सिंह विशेष ब्यूरोमा आएका छन् ।
उनीहरु विश्व पोखरेल, रविन्द्र धानुक र तालिम केन्द्र आचार्यको ठाउँमा एआईजी बनेर जाने होडमा छन् । यी सँगै डिआईजी भएका दीपक थापा प्रशासन विभाग अन्तर्गतको प्रबन्ध शाखामा बसेका छन् । कुनै सामान खरिदमा एक्लो निर्णय नहुने डिआइजीको भन्दा एसएसपीको बढी चलखेल हुने खरिदको काम ४१० कार्यालयहरुबाट गरिने व्यवस्था कारण प्रबन्ध अहिले प्रतिबन्ध जस्तो भएको छ । तर हेडक्वार्टरभित्रको राइँदाइँ अरुले गरे पनि देखिने भएकाले थापा बसेकै छन् । प्रबन्धको टीम आईजीपीको विश्वासिलो हुने कुरालाई भने म्याडमलाई खुत्रुकेमा चन्दा दिने छट्टुहरुले पनि राम्ररी बुझेका छन् । डा.आरजु राणाले दिएको दबाब थेग्न नसकेर सरकारले गुप्तचरमा ओमप्रकाश जोशीलाई एआईजी बनाएर संगठन कस्तोे बनाउँदै छिन् ? यिनैले पैसा हजम गरेर यस अघि प्रहरीमा २४ घण्टे र ११ दिने गुप्तचरमा ३ दिने एआईजी बनाएकै हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *