दुवै गठबन्धनभित्र कसले मार्ला बाजी

समाचार

काठमाडौं । अहिले राजनीतिक दलभित्र विभिन्न टिकाटिप्पणी सुरु भएको छ । गठबन्धन सरकारले तालमेल गरेर आगमी मंसिर ४ मा हुने आमनिर्वाचनमा होमिएको छ । योसँगै उता प्रतिपक्ष दल नेकपा एमालेले पनि गठबन्धनको विरुद्धमा गठबन्धननै गरेर चुनावी प्रतिस्पर्धा गर्दै छ । तर, यसको परिणाम आउन भने मंसिर ४ लाई कुर्नै पर्ने देखिन्छ । योसँगै गठबन्धनका मुख्य चार दल नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, एकीकृत समाजवादी र राष्ट्रिय जनमोर्चाले चुनावी तालमेल गरेका छन् । तर, चुनावी तालमेल गरेपनि भोलिका दिनमा सरकार सञ्चालनमा खिचातानी हुने छाट अहिलेदेखि सुरु भएको देखिन्छ । भित्री रुपमा चुनावपछि नेकपा माओवादीको तर्पmबाट अध्यक्ष प्रचण्डलाई प्रधानमन्त्री बनाउने र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टी सभापति बनिरहने र प्रधानमन्त्री पत्नी आरजु देउवालाई राष्ट्रपति बनाउने विश्लेषकहरुको आँकलन रहेको पाइन्छ । यसैगरी उता नेकपा एमालेले जसपा, राप्रपाला र वीपी कांग्रेसलाई गठबन्धन बनाएर चुनावी प्रतिस्पर्धामा उत्रिएको छ । यसले के देखाउँछ भने एमालेका अध्यक्ष केपी शर्मा ओली भावी प्रधानमन्त्री बन्ने योजनामा रहेका छन् । राप्रपा र जसपालाई सरकारमा ल्याएर महत्वपूर्ण मन्त्रालयकोसमेत जिम्मेवारी दिएर सरकार सञ्चालन गर्ने भित्री योजना रहेको विशेष स्रोतको भनाइ छ । तर, यसले भविष्यमा सरकार पक्ष गठबन्धन र प्रतिपक्ष गठबन्धन कुन दल सफल हुने हो भन्ने अहिलसम्म एकिन भएको देखिँदैन । यसैगरी गठबन्धन सरकारभित्र पनि एकापसमा मनमुटाव कायमै छ । किन कि कतिपय नेता, कार्यकर्ताले संघीय र प्रदेशको टिकट नपाएको गुनासो गरिराखेका छन् । तर, गठबन्धन सरकारभित्र पनि कति सफल हुन्छ कति हुँदैन त्यो भने आगामी दिनले देखाउने छ । उता प्रतिपक्ष दल नेकपा एमालेले गरेको गठबन्धन भित्रपनि असन्तुष्टि बढेको देखिन्छ । एमालेभित्र पनि घातअन्तर्घात चल्ने स्थिति देखिएको छ । किन कि वरिष्ठ उपाध्यक्ष भीम रावल, नेता घनश्याम भुसाल, पार्टीमा लामो योगदान गरेका त्यागी नेताहरुलाई पाखा लगाइएको र नवप्रवेशीहरुलाई काखी च्यापेको आरोप अध्यक्ष ओलीलाई लागेको छ । त्यसकारण नेकपा एमालेभित्र कतिपय जिल्लाका नेताहरु असन्तुष्टि जाहेर गर्दै पार्टीबाट बाहिरिने क्रम पनि जारी छ । यसले के देखाउँछ भने कुनैपनि राजनीतिक दलहरुले भोलिका दिनमा एकल बहुमत ल्याएर सरकार सञ्चालन गर्ने योजना देखिँदैन । जतिसुकै गठबन्धन गरेर चुनावमा होमिए पनि दलहरुले सरकार चलाउँदा अहिल कै अवस्था कायम रहने देखिन्छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *