दलका नेताहरुले भ्रम फैलाउने फटाह कुरा गरी नेपाल राष्ट्रलाई ३३ बर्ष सम्म नेपाली जनतालाई रणभुल्लमा पारी र राष्ट्रलाई दिशाबिहिन अवस्थामा पु¥याएका छन्् । बिदेशीका दलाली गरी सत्तामा पुगेका र तिनीहरुकै आर्थिक सहयोगबाट सत्तामा टिकेका दलहरुले अब नेपाली जनताको बिश्वास गुमाइसकेका छन् । दलहरुले नेपालको राजनीतिक व्यवस्था बदल्न सफल भएको दबी गर्दै अब नेपाल राष्ट्र र नेपाली जनताको अवस्था बदल्छौ भन्दै आफ्ना संकल्प पत्रहरु प्रकाशित गरेका छन् । तीन दशक सम्म गोलमटोल गरी सत्ता चलाएका दलका नेताहरुको रिपोर्ट कार्ड हेर्दा तिनीहरुका फोस्रा संकल्प पत्रहरुमा प्रकाशित भएका बिषयहरु पुरा गर्छन वा हुन्छ भनी विश्वास गर्न सकिने कुनै ठोस आधार छैन ।
तीन दशक लामो समय सम्म नेपालको सत्ता चलाएर पनि दलहरुले हुने बिरुवाको चिल्लो पात अझ देखाउन सकेका छैनन् । भ्रष्टाचार फैलाउन र आर्थिक अपराध गर्नमा मात्र लिप्त दलहरुले नेपालमा ल्याएको राजनीतिक व्यवस्था कुनै मौलिक राजनीतिक व्यवस्था नभएर बिदेशबाट नक्कल गरिएको राजनीतिक व्यवस्था मात्रै हो । त्यसैले त्यसैको भरमा नेपाल राष्ट्र र नेपाली जनताको अवस्था बदल्ने दलहरुको दाबी खोक्रो हो र तिनीहरुले प्रकाशित गरेका संकल्पहरु सबै चुनावी दोगला मात्रै हुन भन्ने पुष्टी भएको छ ।
नेपाल राष्ट्र र नेपाली जनताको अवस्था बदल्नको लागि राजनीतिक व्यवस्था सबै नेपाली जनताले स्वीकार गरीसकेको अवस्था अहिले नेपालमा बिद्यमान छैन । ३३ बर्ष सम्म भ्रम फैलाएर बिदेशीको आडमा नेपालको सत्ता चलाउन सफल दलका नेताहरुको यतिबेला छिचीमिराको झै पंखा पलाएको छ र चुनावको मुखमा उचा उचा उडान भर्दैछन् । केही दिन पछि अर्थात मंसिर ४ गते पछि तिनीहरुको पंखा नेपाली जनताले उखेली दिनेछन् र उचा आकासमा उडान भर्ने दलका नेताहरु जमिनमा जोडले बजारिने पक्का भएको छ । कतीपय दलका बुढा नेताहरुको प्राणपखेरु नै उड्ने छन् भने जीवित रहन सफल दलका नेताहरुको पनि हड्डीपसली नै टुट्दा फेरि उठेर हिड्ने हिम्मत देखाउन सक्ने छैन ।
नेपाल राष्ट्र र नेपाली जनताको अवस्था बदल्नको लागि पहिलो नम्वरमा दलहरुले ल्याएको राजनीतिक व्यवस्था नै बिदेशबाट नक्कल गरिएको हुँदा उचित छैन । दोस्रो नम्वरमा दलका नेताहरुले पहिले पाएको जनसमर्थन अहिले सबै गुमाईसकेका छन् भने राजतन्त्र र हिन्दूधर्मका पक्षधरहरुलाई पनि समेट्न बिफल भएका छन् । बिदेशीको लहैलहैमा लागेर उचा उडान भर्दै आएका दलका नेताहरु चुनावको मुखमा बेहाल हुने अवस्थामा पुगेका छन् । दलका नेताहरुले दाबी गरेको बिकास कार्यहरु उहाँहरुकै बिरुद्ध भ्रष्टाचार गरेको प्रमाणको रुपमा खडा भएका छन् । दलका नेताहरुले कमिशन खानको लागि मात्रै बनाएका बिकास पूर्वाधारहरु नेपाल राष्ट्रलाई बिदेशीको ऋणमा डबाउने आधार बनेका छन् ।
दलका नेताहरुले कमिशन चटपारी सकेका भैरवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय बिमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थलहरु हुन । उक्त बिमानस्थलहरुले नेपाल राष्ट्रको अम्दानी बढाउने होइन खर्च मात्रै बढाएका छन् । यस्ता दलका लोभी पापी नेताहरुले नेपालको अवस्था बदल्छौ भनी गरेका दाबीहरु भनौ वा संकल्प भनौ सबै फोस्रा भएकाले नेपाली जनताले त्यसमा बिश्वास गर्नु हुन्न र त्यसैको आधारमा तिनीहरुलाई भोट दिनु पनि हुन्न । दलका नेताहरुले चिल्ला चिप्ला कुरा गरी नेपाली जनतालाई ३३ बर्ष सम्म मूर्ख तुल्याउँदै मुलुकको शासन सत्ताबाट तर मारी आफ्नो आर्थिक अवस्था बदलेर उच्च बनाएका छन् भने राष्ट्र र नेपली जनतालाई भने बिदेशीको ऋणमा डबाएर आर्थिक संकटको मुखमा पुर्याएका छन् । त्यसकारण यस्ता दलका नेताहरुले प्रकाशित गरेका संकल्पहरुको आधारमा नेपाल राष्ट्र र नेपाली जनताको अवस्था बदलिन्छ भनी बिश्वास गर्न सकिने ठोश आधार कतै केही देखिन्न । यो सबै दलका नेताहरुले आफ्नो शासन सत्ताको आयु लम्व्याउन रचेका अर्कौ प्रपञ्च मात्रै हुन ।
दलहरुले बिगतमा बनाएका भ्यूटवारहरु र नेपालको समृद्धि सित नजोडिएका बिकासका पूर्वाधारहरुले अब आउने समयमा नेपालको खर्च बढाउने तर त्यसबाट सुको आम्दानी नहुने अवस्थामा राष्ट्रलाई दलहरुले पुर्याएका छन् । दलहरुका यस्ता कामलाई राष्ट्रको बिकास भन्ने हो कि बिनास भन्ने हो खुट्याउन आम नेपाली जनताको लागि कठिन छ । लाज पचेका दलका नेताहरु के को आधारमा फेरि नेपाली जनताको घरदैलोमा पुगेर मत माग्दैछन् भन्ने कुराले स्वाभिमान नेपाली जनता अचम्मित भएका छन् । बिगतमा नेपाली जनताले खुलेर समर्थन गरेको वामपंथी दलहरु र तिनका नेताहरु अहिले घोर पुँजीवादी र दक्षिणपंथी बनेर निस्केका छन् । उहाँहरुले शिद्धान्तमा अडिग रहेने भन्दा पनि सत्तामा टिकी बस्ने बिषयलाई ज्यादा महत्व दिएका छन् । भन्दाखेरी संबिधानको रक्षा गर्नको लागि गठबन्धन गरेका हौ भन्छन् तर वास्तविक रुपमा सत्तामा टिकीबस्न कै लागि गठबन्धन बनेको प्रष्ट नै छ ।
नेपालको संबिधान २०७२ र सोअनुसार नेपालमा चलेको राजनीतिक व्यबस्थालाई कोबाट कसरी खतरा पैदा भयो र त्यसको रक्षा गर्नको लागि गठबन्धन नै बनाउनु पर्ने कुराको औचित्य सत्तामा गठबन्धन बनाएर टिकेका दलहरुले पुष्टी गर्न सकेकाछैनन् । त्यसैले व्यवहारिक रुपमा आमजनताले दलहरुको गठबन्धनलाई ठगबन्धन भन्ने गरेकाछन् । यो नै दलका नेताहरुको ठुलो अयोग्यता हो । जमिनमा जोडले बजाररिनु भन्दा पहिले दलका नेताहरुले सोच्ने बेला आयो कि पहिले उहाँहरु कहाँ थिए र अहिले चिप्लिएर कता पुगे भन्ने कुराको निर्क्योल गरीहाल्नु पर्छ । नत्र जमिनमा जोडले बज्रिएपछि दलका बुढा नेताहरुको हड्डी टुटफुट हुनबाट जोगिने छैन भने त्यो सजिलै औषधी उपचारबाट जोडिने पनि छैन । अहिले पनि नेपालको राजकिय सत्तामा वामपंथीहरुकै हलीमुहाली भएको नेपाली जनताले व्यवहारिकरुपमा नै देखेका छन् । नेपाली काँग्रेस पार्टीलाई ढाल बनाएर सत्तामा टिकी रहने र आर्थिक हिसाबले मोटाउने राजनीतिक चलखेललाई गठबन्धनको सुत्रले सजिलो तुल्याएको देखिन्छ ।
बिगतमा लोकप्रिय माओबादी केन्द्र दल र उक्त दलका शीर्ष नेताहरु पनि अहिले ईन्डो–अमेरिकन वैश्चिक राजनीतिको हिस्सा बन्न पुगेका छन् । परम्परागत राजनीतिक मान्यता र शिद्धान्तहरुमा ठुलो बिचलन आएको छ जुन कुरा नेपाली जनताले सजिलै पचाउन सकीरहेका छैनन् । चुनावको मुखमा अहिले नेपाली जनताहरु सबै दलका बूढा नेताहरुका बिरुद्ध खनिएका छन् । दलका शीर्ष नेताहरुले युवाहरुलाई दलको नेतृत्व गर्ने तहमा पुग्नबाट लामोकाल सम्म रोकेको हुँदा नेपालमा सक्रिय राजनीतिक दलहरु पनि बुढा भएका छन् । उक्त दलहरुको रुपान्तरण हुनसकेको छैन भने नयाँ सोच र मान्यताहरुले पार्टीको नीतिको हिस्सा बन्ने अवसर पाएको देखिन्न । फलस्वरुप नेपालका युवाहरु स्वतन्त्ररुपमा दलहरुको एकाधिकारको अन्त्य गर्नको लागि मंसिर ४ गते हुन लागेको चुनावले दिएको अवसरको उपयोग गर्दैछन् । दलका नेताहरुले बेलैमा यस्तो परिस्थिति आउन सक्ने कुराको अन्दाजा लगाउन नसकी ठुलो अयोग्ताको प्रदर्शन गरेका छन् । सत्तामा टिक्नकै लागि स्थापित मान्यताहरु र सिद्धान्तहरुलाई तिलाञ्ञली दिने जुन परम्परा नेपालको राजनीतिमा दलहरुले बसाएका छन् त्यो नै दलका शीर्ष नेताहरुको ठुलो अयोग्यता हो । व्यवहारिक रुपमा यस्तो राजनीतिक प्रचलनले दलहरुलाई नै समाप्त पार्दैलाने अनुमान सहजै सजिलै लगाउन सकिन्छ । शीर्ष नेताहरुले यो बिषयको गम्भिर्यता र त्यसले नेपालको राजनीतिमा पुर्याउन सक्ने क्षति बारे ध्यान नदिएर ठुलो अयोग्यताको प्रदर्शन गरेका छन् । दलहरुले बनाएको संबिधान र सोअनुसार बनेका शासकिय स्वरुप धेरै त्रुटीपूर्ण छन् । सर्वप्रथम त दलका शीर्ष नेताहरुले शासकिय स्वरुप बारे तय गर्दा आफै र आफ्ना कार्यकर्ताहरुलाई जगीर खाने र खुवाउने हिसाबले मात्रै सोचेको देखिन्छ ।
राष्ट्रको कुन आर्थिक स्रोतबाट त्यसलाई धन्ने भन्ने बारे सोचबिचार नै गरेका छैनन् । बिदेशी ऋण काढेर मात्रै चलाउन सकिने वर्तमान शासकिय स्वरुपले राष्ट्रलाई आर्थिक संकटमा ढिलोचाँडो पुर्याउने पक्का छ । अर्को कुरो भारतीय मोडेल अनुसार बनेको संबिधान र सोअनुसार तय भएका शासकिय स्वरुपमा नेपाली मौलिकता बिलकुलै नभएकाले नेपाली जनताले दलहरुले बनाएको त्यो संबिधान र सोअनुसार बनेको शासकिय स्वरुपलाई स्वीकार गरी स्वमित्व ग्रहण गर्न तयार भएका छैनन् ।
तेस्रो ठुलो कुरो के देखिन्छ भने दलहरुले राजतन्त्र र हिन्दूधर्मलाई संबिधानमा समेट्न नसक्दा नेपालको संविधान २०७२ र सोअनुसार बनेको शासकिय स्वरुपले सर्वस्वीकृति पाउन सकीरहेको छैन । राजतन्त्रवादीहरुलाई हेप्ने र मौलिक हिन्दूधर्मलाई मेटाएर ईसाई धर्मलाई स्थापित गर्न लागेका दलहरु सबैतिरबाट अहिले धेरै आलोचित र अलोकप्रिय बनीसकेका छन् । त्यसैले मंसिर ४ गते हुन लागेको चुनावमा दलका दिग्गज नेताहरुले चुनाव हारेमा कुनै अचम्म मान्नु पर्दैन । दलका शीर्ष नेताहरुलाई नेपाली जनताले अयोग्य ठहराई सकेको हुँदा दलहरुको विकल्पको रुपमा स्वतन्त्र र निर्दलिय उम्मेद्वारहरु प्रति नेपाली जनता आकर्षित भएका छन् ।