जेठ १९ गतेदेखि आईपीओ निष्कासन गर्दै कुथेली बुखरी स्मल हाइड्रोपावर

अर्थ/वाणिज्य समाचार

काठमाडौं । कुथेली बुखरी स्मल हाइड्रोपावर कम्पीले सेयर निष्कासन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित स्थानीय र रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि सेयर निष्कासन गर्ने भएको छ । सर्वसाधारणका लागि भने दोस्रो चरणमा मात्रै सेयर निष्कासन गर्ने भएको छ ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि जेठ १९ गतेदेखि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले १ करोड २१ लाख ८६ हजार ८ सय रुपैयाँको १ लाख २१ हजार ८६८ कित्ता सेयर आयोजना प्रभावित क्षेत्रका स्थानीयका लागि निष्कासन गर्ने भएको छ ।

आयोजना प्रभावित दोलखा जिल्लाको कालिञ्चोक गाउँपालिका–९ ९साविकको सुष्पा क्षमावती गाविसका सम्पूर्ण वडा० तथा भिमेश्वर नगरपालिका–१ ९साविकको सुद्रावती गाविसकाका सबै वडाहरु० का बासिन्दाहरुले आवेदन दिन सक्नेछन् ।

यस्तै रोजगारीका लागि विदेशमा रहेका नेपालीका लागि १२ लाख १८ हजार ६०० रुपैयाँको १२ हजार १८६ कित्ता साधारण सेयर निष्कासन गरेको छ । स्थानीय र विदेशमा रहेका नेपालीले न्यूनतम १० देखि अधिकतम १ हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।

आयोजन प्रभावित स्थानीयले असार १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त अवधिमा माग अनुसार आवेदन नपरेमा असार १७ गतेसम्म आवेदन दिन सक्नेछन् । यस्तै वैदेशिक रोजगारीमा रहेका नेपालीले असार १ गतेसम्म आवेदन दिन सक्नेछन् ।

आयोजना प्रभावित स्थानीयले लक्ष्मी, सिटिजन्स, नेपाल इन्भेष्टमेन्ट मेगा र सिद्धार्थ बैंकका स्थानीय शाखाबाट आवेदन दिन सक्नेछन् । वैदेशिक रोजगारीमा रहेका नेपालीले सी–आस्वा सदस्य रहेका बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् । यसको बिक्री प्रबन्धक एनएमबि क्यापिटल रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *