काठमाडौं । अधिकांश सरकारी अस्पतालहरुमा भिड लाग्ने गरेको पाइन्छ । कतिपय सर्वसाधारणले समयमा उपचार नपाएर छटपटाइरहेका छन् भने कतिपय आर्थिक समस्याले गर्दाखेरी मृत्युवरण गर्न वाध्यछन् । अहिले सरकारी अस्पतालहरुमा कतिपय विरामीहरु उपचारको लागि जाने गरेका छन् र धेरै विरामीहरुको शल्यक्रया गर्नुपर्ने हुन्छ । तर, यस्ता विरामीहरुलाई शल्यक्रिया कक्षमा लगेर शल्यक्रिया गरिन्छ । तर, कतिपय विरामीहलाई चाहिँदो नचाहिँदो औषधि, सिरिन्ज, र भिटामिन जस्ता सामानहरु माग शल्यक्रिया कक्षमा लगिन्छ । विरामीहरुलाई सो औषधि कति प्रयोग हुन्छ कति हुँदैन् भन्ने कुरा जानकारी हँुदैन् । चिकित्सक र कर्मचारीहरुले विरामी कुरुवाहरुलाई यो औषधि चाहियो त्यो चाहियो भन्दै हायलकायल पारेर किन्ने चिटकट दिन्छन् । विरामी कुरुवाहरुले पनि सो औषधि किनेर ल्याउने शल्यक्रिया कक्षमा दिने गरेका छन् । तर अधिकांश विरामीलाई किनिएको औषधिहरु सो शल्यक्रिया कक्षमा कार्यरत कर्मचारीहरुले जम्म पारेर विक्रीवितरण गरेको पाइन्छ । र चिकित्सक र कर्मचारीहरुको कमाइको थलो यति अप्रेसन थेयटर बनेको छ । भन्सारका कर्मचारीले ढाँट तानेर पैसा उठाएजस्तै अप्रेसन थेयटरका चिकित्सक, कर्मचारीहरुले औषधिमा बिरामीलाई ठग्ने गरेको पाइन्छ । यस्तो विषयमा स्वास्थ्य मन्त्रालय भने अनविज्ञ रहेको पाइन्छ । सरकारी अस्पतालहरुमा यस्ता क्रियाकलापहरु हुने गरेको छन् । अहिले भक्तपुरको मानव अंग प्रत्यारोपण केन्द्रदेखि सिभिल अस्पताल, वीर अस्पताल, शिक्षण अस्पताल, पाटन अस्पताल र टेकु अस्पताल, कान्ती बाल अस्पताल, प्रसुतीगृह थापाथलीलगायतका सरकारी अस्पतालहरु अहिले सर्वसाधारण बिरामीलाई ठगी गरी कमाउने थलोका रुपमा परिणत भएका छन् । यी अस्पतालहरुले ओपिडीमा र इमर्जेन्सीमा उपचार गराउन आउने बिरामीलाई विभिन्न बहानामा ठगी गर्ने गरेका छन् । ती बिरामीहरु यी अस्पतालहरुले दिनभरी उपचार गर्ने ठिकै छ भन्ने जब राती हुन्छ अनि तपाईंको बिरामीलाई धेरै समस्या छ । उहाँलाई आइसीयुमा राख्नुपर्ने हुन्छ । यहाँ बेड र आइसीयु खाली छैन त्यसको व्यवस्था गर्नुहोस् भन्ने गरेका हुन्छन् । अनि बिरामीका आफन्तहरु अत्तालिएर बेड र आइसीयु तपाईंहरुले नै मिलाइदिनुप¥यो भन्न थाल्छन् । त्यसपछि अस्पतालका कर्मचारी र चिकित्सकहरुले आफ्नो लगानी भएको र कमिसन आउने ठाउँमा रिफर गरिदिन्छन् । त्यसरी सरकारी अस्पतालबाट रिफर भएर आएका बिरामीलाई निजी अस्पतालले आफन्तलाई बाहिरै राखेर औषधिजन्य सामग्री किन्न लगाउने गर्दछन् । ती आफन्तले आफ्नो बिरामीको अवस्था के भनेर हेर्नसमेत पाउँदैनन् । अस्पताल कर्मचारीले उहाँलाई आइसीयुमा राखेका छौं भेट्न मिल्दैन यो औषधि ल्याउनुहोस्, त्यो औषधि ल्याउनुहोस् । यो जँचाउन फलानो अस्पताल जानुहोस् अथावा फलानो क्लिनिकमा जानुहोस् भनेर कमिसन आउने ठाउँमा पठाउने गरेका हुन्छन् । यस्ता क्रियाकलापले विरामीहरु र कुरुवाहरु मारमा पर्दै आइरहेका छन् । तर, सरकारले भने यस्तो संवेदनशील विषयमा कुनै चासो लिने गरेका पाइँदैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रहरुले अनुगमन समेत गर्न सकेको छैन । कुन अस्पतालको कस्तो अवस्था छ भनेर अनुगमन समेत गर्ने गरेका छैनन् । अनुगमन गर्ने निकायहरु निदाएको अवस्थामा बसेका छन् । सरकारी अस्पतालमा राज्यले वृद्धादेखि बालबालिका, जेष्ठ नागरिकहरुलाई निःशुल्क उपचार गर्ने भने तापनि अहिलेसम्म सो उपचार गर्न सकेका छैनन् । कुनै न कुनै बहानमा यस्ता विरामीहरुबाट पैसा असुलिरहेका छन् । कतिपय विरामीहरु अंगभंग भएर अस्पताल आएका हुन्छन् । उनीहरुले ती सरकारी अस्पतालले दूव्र्यवहार गर्ने, सही उपचार नगर्ने, गरेपनि झारा टार्ने काम मात्रै गर्ने गरेर दिकदार बनाएको पाइन्छ । बिरामीलाई उपचारमा पठाउँदा समस्याको पहिचान नगरी पठाइदिने गरेका छन् । सर्वसाधारण विरामी भने अनविज्ञ बन्ने गरेका छन् । कतिपय विरामीहरुले सास्ती पनि भोग्दै आएका छन् भन्नको लागि सरकारले स्वास्थ्य, शिक्षा जस्ता विषयमा ठुला ठुला भाषण गर्दै आएको छ । तर व्यवहार भने गरेको पाइदेन । कतिपय विरामीहरु आर्थिक अभावका कारण उपचार गर्न नपाएर भौतारिदै हिड्नु परेको उदाहरण देख्नसकिन्छ । यस्ता सर्वसाधारण नत उपचार नै पाउँछन् नत औषधि नै पाउँने गरेका छन् । कतिपय डाक्टरहरुले त्यस्ता विरामीहरुलाई वास्ता पनि गर्ने गरेका छैनन् । स्वास्थ्य क्षेत्रमा समेत राजनीतिक घुसेको देखिन्छ । किनकी कुनै पनि राजनीतिक दलका नेता, कार्यकर्ता, विरामी परेको खन्डमा प्रायजसो डाक्टरहरुले खबरदारी गर्ने गरेका छन् भने सर्वसाधारण विरामी हँुदा खासै ध्यान दिइँदैनन् । सर्वसाधारण जनतालाई कुनै पनि निकायले ध्यान दिने गरेका छैनन् । राजनीतिक दलका नेता, पार्टी अध्यक्ष, पार्टी सभापति जस्ता विरामीपर्दा राज्यले खर्च गर्नुपरेको छ भने सर्वसाधारण जनताको लागि बेडसम्म उपलब्ध गरेको पाइदैन । कतिपय राजनीतिक दलका नेताहरु सरकारी अस्पतालमा उपचार नगाराएर नीजि अस्पतालमा धाउने गरेका छन् । त्यो निजी अस्पतालमा पनि प्रायजसो नेताहरुलाई सर्वसुलभमा औषधि उपचार गर्ने गरेका छन् भने सर्वसाधारण जनतालाई निजी अस्पतालहरुले वास्ता गर्ने गरेका छैनन् । कतिपय नेताहरु निजी अस्पतालमा उपचार नहुने भएपछि विदेशका ठुला–ठुला अस्पतालमा धाउने गरको पाइन्छ । यसरी सकारी र निजी अस्पताल गरीव, निमुखा र बोल्न नसक्नेको लागि सधैं ढोका बन्द जस्तै भएको छ । त्यसैगरी निजी अस्पतालहरु पनि पैसावालाको लागि मात्रै खोलिएको जस्तो भएको छ । यदि अस्पतालको रुपमा खोलिएको हो भने ती निजी अस्पतालले पनि गरीव, निमुखा, खशक्त, अपाङ्गता र जेष्ठ नागरिकको लागि निःशुल्क कोटा छुट्ट्याउनुपर्ने हो । यसप्रति सम्बन्धित निकायको ध्यान किहले जाला ? त्यो भने हर्न बाँकी छ ।