आजदेखि कोटेश्वरका संरचना भत्काइने

राजनीति समाचार

काठमाडौँ । काठमाडौं महानगरपालिकाले आज कोटेश्वरका संरचना हटाउने तयारी गरेको छ । अनधिकृत रुपमा सडक अतिक्रमण गरेर बनाइएका संरचना हटाउन थालेको महानगरले आज कोटेश्वरमा सञ्चालन गरिएका पसल संरचनाहरू हटाउने तयारी गरेको हो ।

महानगरले अनधिकृत रुपमा बनाइएका संरचना हटाउन थालेको छ । सो क्रममा मंगलबारदेखि बानेश्वर, न्युरोड, दरबारमार्ग क्षेत्रमा अनधिकृत रुपमा बनाइएका संरचना हटाउन थालेको हो ।

ती क्षेत्रमा व्यापारीलाई सामान हटाउन दिइएको समय आज सकिँदैछ । आजसम्म पनि सामान नहटाइएको पाइएमा जफत गरिने महानगरको भनाई छ । संरचना हटाइएका र चेतावनी दिइएको ठाउँहरूमा महानगरले अनुगमन गर्नेछ ।

मेयर बालेन्द्र शाहसहितको टोलीले न्युरोडको काठमाडौं प्लाजा, आर बी कम्प्लेक्समा निर्माण गरिएका अनधिकृत संरचना हटाएको थियो । अवैधानिक तरिकाले बनाइएका संरचना र एउटा प्रयोजनका लागि बनाइएको संरचना अर्को प्रयोजनमा प्रयोग भएको पाइएपछि हटाउन थालिएको मेयर शाहको भनाई छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *