स्वतन्त्र उम्मेदवारको भविष्य पनि अन्धकार बन्दै

समाचार

काठमाडौं । नेपाली जनतालाई आशा र भरोशाको केन्द्र बनाएका स्वतन्त्र मेयर बालेन साहले गरेका कामहरुलाई सबै नेपालीहरुले उदाहरणको रुपमा लिएका थिए । तर, उनले काम त गरे, सबै अधुरा मात्रै गरे । जुन ठाउँमा हात हाले त्यसलाई पुरा नगरी अधुरो छेडेकाले नै जनताले पत्याउन छाडेका छन् । यसै सेरोफेरोमा राजनीतिक दलहरुप्रतिको वितृष्णाका कारण स्वतन्त्र बाट जनप्रतिनिधि बनेका संघ र प्रदेशमा यिनीहरुको हैसियत पनि त्यस्तै रहने देखिन्छ । र, कतिपय स्वतन्त्र उम्मेदवार बनेकाहरुले आगामी मंसिर ४ मा हुने संघ र प्रदेशमा निर्वाचन जित्ने कुनै पनि आधारहरु देखिँदैन । र, कतिपय स्वतन्त्र उम्मेदवारहरुले आफ्नो प्रचार प्रसारलाई तिब्रता दिए तापनि अधिकांश नेपालीहरुले काठमाडौंका मेयर बालेन साहको जस्तै हालत हुने हो र यी स्वतन्त्र उम्मेदवारहरुले चुनाव पनि जित्ने सम्भावना क्षिण हुँदै गएको आमजनताको आँकलन रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *