बढारिने संघारमा एकीकृत समाजवादी

समाचार

काठमाडौं । चौटा खान गएको बूढी झोलमा डुबेर मरी भनेझैं हालत भयो कम्युनिष्ट पार्टीको । मुलु्कका ६० प्रतिशत जनता कम्युनिष्ट विचारधाराका छन् अर्थात ती कम्युनिष्टप्रति आस्था राख्छन् तर अहिलेको निर्वाचनमा कम्युनिष्ट भनिएका दल नै बढारिने देखिएको छ । गठबन्धनका नाममा केपी ओलीले राजेन्द्र लिङ्देन र कमल थापासँग कुम जोडेर चुनावी मैदानमा छन् । काँग्रेस माओवादी र एकीकृत समाजवादीको अर्काे गठबन्धन छ । तर काँग्रेसकै तर्फबाट अहिले गठबन्धन अनुसार इमान्दार ढंगले मतदान गरिएको देखिएन । जस्तो काठमाडौं क्षेत्र नम्बर ८,ललितपुर क्षेत्र नम्बर क्षेत्र नम्बर २ बाट प्रेमबहादुर महर्जन बिजयी बने । उनले १५०२५ मत ल्याउँदा गठबन्धन (एकीकृत समाजवादी)का उमेद्धार कृष्ण लाल महर्जनले ८ हजार २ सय ६४ मत ल्याएर तेश्रो स्थानमा परे । त्यहाँ दोश्रो स्थानमा घण्टी चिन्ह लिएर लडेका राष्ट्रिय स्वतन्त्र पार्टीका उमेद्धार बुद्धरत्न महर्जनले ८ हजार ६६६ मत ल्याएको देखियो । यस्को अर्थ त्यो क्षेत्रमा गठबन्धन (काँग्रेस)को मत इमान्दार ढंगले मत कलममा खसेको भए त्यहाँ गठबन्धनका उमेद्धारले जित्नुपर्ने ठाउँ हो त्यो ।
यस्तै,काठमाडौं क्षेत्र नम्बर आठमा गठबन्धनका उमेद्धार थिए जीवनराम श्रेष्ठ । उनको समेत स्थिती नाजुक देखिएको छ । उनी तेश्रो स्थानमा छन् । जबकी यस अघि एमालेबाटै वडा सदस्य उठेर हारेका शिवसुन्दर राजवैद्यसँग तेश्रो स्थामा छन् । दोस्रो स्थानमा स्वतन्त्र चुनाव लडेका सुमन सायमी छन् भने पहिलो स्थानमा छन् राष्ट्रिय स्वतन्त्र पार्टीका विराजभक्त श्रेष्ठ । उर्जामन्त्री पम्फा भुषालले लडेको ठाउँमा पनि गठबन्धनको इमान्दार ढंगले मत खसेको देखिदैंन । ललितपुर–३ बाट माओवादी केन्द्रकी उम्मेदवार मन्त्री भुसाल तेस्रो स्थानमा छिन् । त्यहाँ एमाले दोश्रो र राष्ट्रिय स्वतन्त्र पार्टीकी डा. तोसिमा कार्की जितको नजिक छिन् । काठमाडौं २ मा स्वतन्त्र उमेद्धार नै जितको नजिक छन् । त्यहाँबाट बर्षमान पत्नी ओनसरी घर्ती प्रतिष्प्रर्धामा छिन् । जहाँ जहाँबाट काँग्रेसका उमेद्धार लडेका छन् तिनलाई गठबन्धनको भोट खसेको देखिन्छ । जस्तो प्रकाशनमान सिंहलाई गठबन्धनले इमान्दार ढंगबाट मत नदिएको भए जित्ने थिएनन् । चारबाट गगन थापालाई इमान्दार ढंगले माओवादी र एकीकृत समाजवादीको मत नखसेको भए गाह्रै पर्ने थियो । ५ मा पनि प्रदीप पौडेल गठबन्धनकै मतले अघि छन् तर जहाँ जहाँ माओवादी र एकीकृत समाजवादीका उमेद्धार छन् त्यहाँ चिप्लाइएको छ । इमान्दार ढंगले मत खसेको छैन । त्यही कारण समाजवादी सिलो खोज्नुपर्ने अबस्थामा पुगेको छ । समानुपातिकमा पनि उस्को हालत दशौं स्थानतिर पुगेको छ । बरु एमाले समानुपातिकमा अग्रस्थानमा छन् । यो समाचार लेख्दासम्म उस्ले ८० हजार ३५९ मत ल्याउँदा कांग्रेसले ६८ हजार ५२७ मत पाएको छ भने रवि लामिछानेको राष्ट्रिय स्वतन्त्र पार्टीले ३४ हजार ७६८,माओवादी ३० हजार ६९८ मत ल्याउँदा राप्रपा १९ हजार ३५६ मतसहित पाँचौँ स्थानमा रहेको छ । यसपछि जनता समाजवादी पार्टी पाँच हजार ९८३, जनमत पार्टी पाँच हजार ६१९ र नेपाल मजदुर किसान पार्टी चार ४४५ मतसहित क्रमशः छैटौँ, सातौँ र आठौँ स्थानमा छन्। आफ्नो साढे तीन लाख सक्रिय कार्यकर्ता रहेको दावा गर्ने माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादी भने तीन हजार ५४९ मतसहित नवौँ स्थानतिर छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *