गृहमन्त्रीले गर्लान् त मनचयन

राजनीति समाचार

काठमाडौं । सञ्चार क्षेत्रबाट जनजीवीको सवालमा जोडतोडले आवाज उठाउँदै आएका सञ्चारकर्मी रवि लामिछानेले पत्रकारिता क्षेत्रलाई बढी प्राथमिकता दिँदै आएका थिए । त्योसँगै विदेशमा नेपाली कामदारहरु जो विभिन्न कारणले विचल्नीमा परेका उनीहरुसँग टेलिभिजनको स्टुडियोबाटै सम्वाद गरी परेका समस्या समाधानका बारेमा आवाज बुलन्द गर्ने काम गर्दै आएका थिए । र, कतिपय टेलिभिजनको पर्दामा भाइरल हुँदै नेपाली जनताको मन जित्न सफल भएका थिए ।

त्यसकै आकर्षणमा उनले राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेर राजनीतिमा होमिएका थिए । त्यसरी राष्ट्रिय स्वतन्त्र पार्टी गठन गरेको ८ महिनामै उक्त पार्टीबाट चुनाव जित्न सफल पनि भए । चुनाव जितेसँगै नयाँ सरकारमा सहभागी भएका छन् । पत्रकारिता क्षेत्रबाट उनीले कति आम्दानी गरेका छन् र उनले मन्त्री हुनु अगाडि बुझाएको सम्पत्ति विवरणमा यतिखेर छानविनको विषय बनेको छ । उनले सम्पत्ति विवरणमा उल्लेख गरेको सम्पत्ति पत्रकारिता गरेर कमाएका हुन् कि आफ्नो पुख्र्यौंली सम्पत्ति हो त्यसको आयस्रोत खोज्न जरुरी छ । अहिले उनी उपप्रधानसहित गृहमन्त्री बनेका छन् ।

गृहमन्त्री बनेपछि उनको कार्यकाल कस्तो हुने हो एकिन छैन । नेपाल प्रहरी र सशस्त्र प्रहरीभित्र भए÷गरेका विकृति, विसंगति, भ्रष्टाचार, अनियमिततामा मुछिएका प्रहरीहरुलाई कारबाहीको दायरामा ल्याउँछन् कि पैसा कमाउने खेलोमेलोमा लाग्छन् एकिन छैन । उनले पत्रकारिता गर्दा निर्मला पन्त हत्या प्रकरणमा बुलन्द आज उठाएका थिए ।

यतिखेर आफै गृहमन्त्री बनेका छन् । अब त्यो निर्मला पन्त हत्या प्रकरणका दोशीलाई पत्ता लगाएर कठघरामा उभ्याउलान् त ? बाहिर बसेर व्यक्तिको मर्यादा र पदको ख्यालै नगरी मनपरी तथानाम गालीगलौज गर्ने रवि लामिछाने यतिखेर नेपालको गृहमन्त्रीमा आसिन छन् । अब गृहमन्त्री लामिछानेले नेपालमा हुने गरेका आपराधिक घटना र चोरी, डकैती र भ्रष्टाचारीलाई कारबाहीको दायरामा ल्याउन सक्छन् कि सक्दैनन् यो भने प्रतिक्षाको विषय बनेको छ । (तामाकोशी सन्देशमा समाचार छ)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *