बहादुर झन बहादुर …

समाचार

नेपाली कांग्रेसको वाग्मती प्रदेश सभा संसदीय दलको नेतामा बहादुरसिंह लामा निर्वाचित भएका छन् । बुधबार भएको निर्वाचनमा उनले इन्द्रबहादुर बानियाँलाई पराजित गरेका हुन् । लामाले २१ मत र बानियाँले १६ मत पाए ।

वाग्मती प्रदेश सभामा नेपाली कांग्रेसका ३७ जना सांसद् छन्। आज दिउँसो २ बजेदेखि वाग्मती कांग्रेस संसदीय दलको कार्यालयमा दलको नेता चयनका लागि मतदान भएको थियो। संस्थापन पक्षका दुबै नेता भिडन्तमा उत्रिएपछि बहादुरलाई संस्थापनइतरले सहयोग गरेको थियो। संस्थापनइतरको त्यही ५ मत बहादुरका लागि जित निश्चित गर्ने मत बन्यो। केन्द्रीय सदस्यसमेत रहेका बहादुरलाई कांग्रेस सहमहामन्त्री महालक्ष्मी उपाध्याय, प्रवक्ता डा प्रकाशशरण महत, नेताहरु मोहनबहादुर बस्नेत र मोहन आचार्यलगायतको साथ थियो।

यसपटक पनि संसदीय दलको नेता बनेर लोकतान्त्रिक वाम गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने तयारीका साथ बानियाँ प्रदेश र समग्र क्षेत्रको निर्वाचनमा होमिएका थिए । तर निर्वाचनअघिको गठबन्धन आइतबार भत्किएसँगै आफ्नै पार्टीको संसदीय तलमा उनी एकाएक अल्पमतमा परेका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *