सानेपामा कांग्रेसको पोल खोलाखोल

राजनीति समाचार

सत्ता गुमाउँदा यता न उता
काठमाडौं । राष्ट्रिय राजनीतिमा देखिएको रौनकमाथि तुषारापात लगाउँदै आफ्नो स्वार्थमा केन्द्रीत नेपाली कांग्रेसका नेताहरुलाई मुलुकका दुई शक्तिशाली कम्युनिष्ट पार्टीका नेताले माछो माछो भ्यागुतो बनाएका छन् । ठूलो दलका ८९ सासंद भएको नेपाली कांग्रेसले प्रतिबद्धता तोड्दा पाएको मौका गुमाउँदाको छटपटी हुनु पनि स्वभाविक हो । आज कांग्रेसको नेतृत्वका निम्ति खड्को छ । प्रधानमन्त्री पद त्याग्नै नसक्ने शेरबहादुर देउवा र जसरी पनि प्रधानमन्त्री बन्नुपर्ने माओवादी अध्यक्ष पुष्पमकल दाहालको लुकामारी नै कांग्रेसले बैठकको मुद्दा बनाएको छ ।

नाच्न जान्दैन आगन टेडो भनेजस्तै भएको छ नेपाली कांग्रेसभित्र । ढंग नपुग्दा र पार्टी पदाधिकारीका बिचमा बृहत छलफल नहुँदा देउवा पक्षले देखाएको दादागिरीविरुद्ध कांग्रेसमै एकले अर्काेमाथि आरोप लगाउँदै आएका छन् । केन्द्रको सत्ता गुमेपछि प्रदेशमा कांग्रेसले ठाउँ पाउने छैन । केन्द्रको समीकरणले प्रदेशलाई प्रभाव पार्छ ।

राष्ट्रका मुल समस्यातर्फ कुनै दलले चासो देखाएका छैनन् । भ्रष्टाचार र कमिशनले बद्नाम भएका माओवादी र एमालेका नेताहरुलाई प्राप्त सुनौलो अवसर हासिल गर्नुपर्ने बाध्यता छ । संघीयता कार्यान्वयन त भयो, तर त्यसको कुनै प्रभाव राजनीतिमा देखिएको छैन । निष्ठाको राजनीतिले जनविश्वास गुमाएको बेला नेतृत्वलाई कुर्सी भागवण्डाको झगडाले नै शिथिल बनाउँदैछ ।

राज्य संयन्त्रसमेत निष्पक्ष देखिएको छैन । कांग्रेसभित्रका युवाहरुले पुराना पुस्ताका शेरबहादुर देउवा, रामचन्द्र पौडेल, प्रकाशमान सिंह, विमलेन्द्र निधि, कृष्ण सिटौलासम्मका नेतालाई पाठ सिकाउने प्रयास गरेका छन् । उनीहरु १४औं महाधिवेशनमा शेरबहादुर देउवाको पछि नलागेको भए कोइराला परिवारको पोल्टाबाट ६ वर्ष अगाडि खोसिएको पार्टी सत्तामा पुनः फर्किने थियो ।

डा.शेखर कोइरालाको दाउ त्यही थियो । तर नाताले भाइ बहिनी डा.शशांक र सुजातालाई शेरबहादुरले किनेको पत्तो पाएनन् । पार्टीलाई सीमित व्यक्ति र स्वार्थी समूहको घेराबन्दीमा पार्दा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा मात्र होइनन, उपसभापति धनराज गुरुङ, सहमहामन्त्री जीवन परियारसमेत दंग परेका थिए ।

माओवादीकै कारण २३ सिट भएको नेपाली कांग्रेस ५७ सिट हुुँदासमेत विदेशी एजेण्डामा पार्टीको संगठन बनाउन रुचाउने डा.शेखर र गगनलाई तर्साउन पनि संस्थापन पक्ष आफ्नै सुरमा लागेको थियो । संसदीय दलमा ५६ मत, केन्द्रीय ८९ प्रतिशत अर्थात १३४ जनाको आफ्नै टिम भएकाले विशेष महाधिवेशनको सामना गर्न संस्थापन पक्ष तयार भएको छ । (तामाकोशीसन्देशमा समाचार छ)

Leave a Reply

Your email address will not be published. Required fields are marked *