लक्ष्मी र सनराइज बैंकको मर्जर सम्झौता सोमबार हुने

अर्थ/वाणिज्य समाचार

काठमाडौं । लक्ष्मी बैंक र सनराइज बैंक आपसमा गाभिन सोमबार औपचारिक सम्झौता हुने भएको छ । प्रारम्भिक सहमति अनुसार, दुबै बराबरी हैसियत अर्थात १ः१ को सेयर आदन प्रदान अनुपातमा गाभिने छन्।

गाभिएपछि नाम लक्ष्मी सनराइज बैंक हुने छ।

‘९९.९९ प्रतिशत सोमबार सम्झौता हुने छ’ मर्जरका लागि सक्रिय सहभागिता जनाएका एकले भने, ‘प्रारम्भिक सहमति बराबरी हैसियतमा गाभिने भन्ने छ।’

उनका अनुसार, सम्पूर्ण सम्पति तथा दायित्वको मूल्यांन (डीडीए) को प्रतिवेदनमा ५ प्रतिशतभन्दा बढिको ‘भेरिएसन’ आएमा स्वाप रेसियो घटबढ हुन सक्छ।

‘अहिलेसम्म भएको सहमति यति हो’ ती सञ्चालकले भने, ‘अध्यक्ष को हुने? सञ्चालक समिति के गर्ने?, प्रमुख कार्यकारी अधिकृत कसलाई बनाउने भन्ने बिषय सबै खुला छ।’

दुबै बैंकले प्रकाशित गरेको पछिल्लो वित्तिय विवरण अनुसार, लक्ष्मी बैंकको चुक्ता पुँजी ११ अर्ब ५५ करोड रुपैयाँ छ भने सनराइज बैंकको १० अर्ब ११ करोड रुपैयाँ छ।

लक्ष्मीको जगेडा कोषमा ४ अर्ब ५५ करोड छ भने सनराइजको ६ अर्ब ६९ करोड रुपैयाँ छ।

ग्राहकलाई दिइएको ऋण लक्ष्मीको एक खर्ब २९ अर्ब ६१ करोड छ। सनराइज बैंकको एक खर्ब १९ अर्ब ३७ करोड रुपैयाँ छ। निक्षेप लक्ष्मीको एक खर्ब ४० अर्ब १२ करोड र सनराइज बैंकको एक खर्ब २५ अर्ब ३९ करोड रुपैयाँ छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *