ज्ञानेन्द्र शाहीको ठगी

राजनीति समाचार

काठमाडौं । चर्काे कुरा गर्ने, भ्रष्टाचारको विरोध गर्ने ज्ञानेन्द्र शाहीहरुलाई राप्रपा फापेको छ । जसले पहिला विदेशमा भएका नेपाली मात्र ठगेनन्, स्वदेशका चामल व्यापारी समूह पशुपति सप्लार्यस कालीमाटीबाट ९ लाख र राप्रपाका सोझा नेता दिलविकास भण्डारीसँग ३० लाख ठगेका थिए । ज्ञानेन्द्र शाही राप्रपाको संसदीय दलको प्रमुख सचेतक भएका छन् ।

भ्रष्टाचार गर्नु आमाको रगत खानु सरह भन्ने राजेन्द्र लिङ्देनले ५ करोड खाएर विक्रम पाण्डेलाई सहरी विकास मन्त्री बनाएकै हुन् । कमल थापाको मण्डले प्रवृत्तिबाट पार्टीलाई मुक्त गर्न साथ लिएिका धवलशमशेर जबरालाई धोका दिएर ठेकेदार विक्रम पाण्डे र भूवन पाठकलाई बोकेर राजेन्द्रले ज्ञानेन्द्र शाहीद्वारा ठगिएका दिल विकास राजभण्डारी र ०७५ सालमा ८४० बोरा चामलको ९ लाख झ्पाम पार्ने पशुपति सप्लार्यसलाई न्याय दिन्छन् ?

कांग्रेस, एमाले, माओवादीलाई भ्रष्टहरुको मण्डली भन्ने ज्ञानेन्द्र शाहीमाथि ठगीको उजुरी पर्न सक्छ । किनकि शाहीले क्रान्तिकारी बनेर ठगेका पात्र राप्रपामै भएपछि अन्यत्र खोज्नुपर्दैन । (तामाकोशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *