भौतिकमा जस्तै गृहमन्त्रीमा फन्दा मच्चाउँदै नारायणकाजी

राजनीति समाचार

काठमाडौं । ‘हात्तीको देखाउने दाँत एउटा चपाउने अर्को’ भएजस्तै राजनीतिक दलका नेताहरुमा पनि त्यो रुप देखा पर्न थालेको छ । नेकपा माओवादी केन्द्रबाट तत्कालीन उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात मन्त्री बनेका नारायणकाजी श्रेष्ठले तत्कालीन अवस्थामा गरेका कालाकर्तुतहरु धमाधम बाहिर आउन थालेका छन् । मन्त्री श्रेष्ठले सुशिलबाबु ढकाललाई सडक विभागको महानिर्देशक मात्रै बनाएनन् । उनका अन्य कालाकर्तुतहरु यतिखेर धमाधम खुल्न थालेका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्री भएपछि इन्जिनियरलाई कामु डिभिजन इन्जिनियर, डिभिजन इन्जिनियरलाई कामु सुई बनाएका थिए । मन्त्री श्रेष्ठले कामु रहेकालाई हटाएर निश्चित पद भएकालाई पोस्टिङ गर्ने फन्डा मच्चाउँदै आएका थिए । त्यति मात्रै नभएर मन्त्री श्रेष्ठ तत्कालीन परराष्ट्र मन्त्री हुँदा उनकी स्वकीय सचिव सुसन कर्माचार्यको डिजाइन र मन्त्रालयका उच्च पदस्थ कर्मचारीको सेटिङमा सडक विभागको महानिर्देशकदेखि भौतिक मन्त्रालयका कर्मचारीहरुको सरुवा बढुवा गरिएको बताइन्छ ।

उता उनकी निजी पीए सुसन कर्माचार्य भने अहिले ललितपुरको युएनपार्कमा कार्यालय रहेको एक हाइड्रोपावर कम्पनीको सञ्चालिक बनेकी छिन् । राजनीतिक शक्तिको आडमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ हुँदा उनकै डिजाइनमा कर्मचारी रोलक्रममा सिनियरलाई पन्छाएर जुनियर सुशिलबाबु ढकाललाई सडक विभागको महानिर्देशक बनाएका थिए । त्यसैगरी ३७ जना कर्मचारीको काज सरुवा गरेर अर्को आतंक मच्चाएका थिए ।

ती कर्मचारीहरुलाई सरुवा गर्नलाई सामान्य प्रशासन मन्त्रालयको स्वीकृति लिनुपर्ने थियो । तर, लेनदेनको कारण संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको स्वीकृति नै नलिई ३७ कर्मचारीको काज सरुवा गरिएको थियो । त्यति मात्र होइन गृह जिल्ला गोर्खाको नाता लगाएर आफ्नो भतिजको सविना कन्ट्रक्सनका मालिक, महानिर्देशक सुशिलबाबु ढकाल र निजी पीए सुसन कर्माचार्यको मिलेमतोमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा ठूलो फन्डा मच्चाएका थिए । मन्त्री श्रेष्ठ बाहिरबाट हेर्दा जति सालिन, भद्र र निष्कलंकजस्ता देखिन्छन् तर उनको भित्री रुप भने अर्कै रहेछ । किन भने मन्त्रीले केही काम गर्ने रहेन छन् ।

सबै काम गर्ने भनेको पीए र आफन्तहरुले रहेछ । त्यस्तै मन्त्री श्रेष्ठकी पीए सुसन कर्माचार्यले भौतिक पूर्वाधार मन्त्रालयमा भद्रगोल मच्चाउँदै आएकी रहिछन् । अहिले श्रेष्ठ गृह मन्त्री बन्न पुगेका छन् । त्यहाँ पनि उनकी पीए सुसन कर्माचार्यले के के फन्दा मच्चाउँछिन् त्यो हेर्न बाँकी छ । गृहमन्त्री श्रेष्ठले सफत खाँदा भनेका थिए, ‘म पाँच चिज गर्दिँन, १. सूर्तिजन्य पदार्थ खान्न, २. मादक पदार्थ सेवन गर्दिन, ३. चिसो पदार्थ पनि खान्न, ४. एक्लै कसैलाई भट्दिन, ५. चियाकफी पनि खान्न भनेर फन्डा फालेका छन् । तर, गृहमन्त्रालयमा पुगेपछि प्रहरी सरुवा, बढुवा र सिडियो सरुवा बढुवामा कस्तो फन्डा मच्चाउने हुन् त्यो हेर्न बाँकी नै छ ।

अहिले माओवादीको नेतृत्वमा सरकार बनेपछि माओवादीभित्रको लेनदेनदेखि विभिन्न हाइड्रोपावर कम्पनीमा समेत लगानी गर्ने र उठ्तीपुठ्तीको जिम्मा सुसन कर्माचार्य लगाएका छन् । अहिले बजारमा तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवा पत्नी आरजु राणा र तत्कालीन गृहमन्त्री बालकृष्ण खाँडकी पत्नी मञ्जु खाँडको जति चर्चा चल्थ्यो अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठकी पीए सुसन कर्माचार्यको नाम त्यसैगरी चर्चामा छ । तत्कालीन भौतिक मन्त्रालयमा सिनियर कर्मचारीलाई पाखा गरेर जुनियर कर्मचारीलाई मालदार ठाउँमा पठाएको आरोप लागेको छ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *