काठमाडौं । आखिर सत्ता स्वार्थ र पदबाहेक टिक्नै नसकेको राजनीति स्वार्थले राष्ट्र र जनताको सर्वाेपरीभन्दा गुटको हितलाई रोज्ने परिपार्टी गणतन्त्रको प्राथमिक एजेण्डा बनाएको छ । कांग्रेसले आफ्नो स्वार्थ हेर्छ तर राष्ट्रको हेर्दैन, जनताको पिडा बुझ्दैन भन्ने कुरामा यो अवस्थामा ख्यालै राखेन । माओवादीको लागि केपीको जालझेलभन्दा सभापति शेरबहादुरको सोझोपन केही सहज होला । तर त्यहाँ भित्रका कंश प्रवृत्तिको कारण सत्ता एकता र सहकार्य सहज भएन । त्यसको प्रमाण हो यो भद्रगोल ।
डा.शेखर समूहको गलत व्यवहारका कारण मन्त्रिपरिषद्ले पूर्णता पाएको छैन । शेखर समूह आधा भाग खोज्छ । संस्थापनलाई अप्ठेरो पार्ने त हो । तर सरकारको पूर्णता हुन नदिने गलत स्वभावका कारण बद्नाम भएको छ । चुनावमा माओवादीले देशभरमा कांग्रेसप्रति पूर्वाग्रह राखेन । तर कांग्रेसले माओवादीप्रति पूर्वाग्रह देखायो । त्यसको नमुना मन्त्रिमण्डल विस्तारमा दिएको यो पीडा र वेदना काफी छ । माओवादी नै कांग्रेसको शत्रु हो किन एमालेसँगको गठबन्धनलाई फुटाउन प्रधानमन्त्रीलाई विश्वासको मत दियो ?
पार्टी पदाधिकारी, पूर्व पदाधिकारी, वरिष्ठ नेता सहभागी बैठकमा डा.शेखर पनि थिए । कृष्ण सिटौला र प्रकाशमान विमलेन्द्र निधिहरु सहभागी थिए । सरकारलाई आफ्नो पहुँचमा ल्याउने कांग्रेसले संसदको आयु पुरा कार्यकालसम्म राख्ने र सहमति सहकार्यको राजनीति टिकाउने निर्णयमा सहमति गराउन नेकपा माओवादी, समाजवादी, जनमोर्चा जसपाका बिचमा गठबन्धन बनाएको हो । तर उद्देश्य र लक्ष्यमा अहिले बाधा खडा गर्ने काम भयो । सरकार छ कि छैन भन्ने अवस्था सिर्जना गर्ने काम भएको छ । कांग्रेसले कानून, स्वास्थ्य, खेलकुुद, परराष्ट्र मन्त्रालयमा आफ्नो टिम नपठाउँदा त्यहाँबाट गर्नुपर्ने काम अलपत्र भएको छ ।
सरकारमा जाँदा भ्रष्टाचार गर्ने योजनामा रमाउनेहरुले विगतको समीक्षा किन गर्दैनन्. ? यो बेला वन मन्त्रालय र खानेपानी मन्त्रालय पनि त खाली भए । जसपामा आकांक्षी धेरै भएर उपेन्द्रले एकजना बाँकी राखे । मन्त्रालयको महत्व नबुझ्दा कांग्रेस जसरी अलमलमा छ, जनमतका सिके राउत पनि अलमलमा छ । सिकेराउत पनि अलमलमा छन् । खानेपानीजस्तो संवेदनशील मन्त्रालय सानो देख्नले उद्योग वाणिज्य तथा आपूर्ति ठूलो देख्नु अज्ञानी हो । राजनीति गर्नेले खानेपानी मन्त्रालय र युवा तथा खेलकुद मन्त्रालयलाई महत्वमा नराख्नु भनेको त्यससँग जोडिएको समाजभन्दा अर्काे समाजको कल्पना गरेका जस्तो हो ।
माओवादीसँग एमाले पूर्वाग्राही छ । एकता गर्ने एक्लै सबैतिर झ्याप पार्ने काम त्यहाँ भयो । गठबन्धनमा त्यो सम्भव एकता गरेपछि झन् हुँदैन । पार्टी एकता भएपछि त्यस्तो गर्नु हुँदैनथ्यो । समदूरीमा पार्टी एकता हुँदा भाग सबैलाई सहज मिलाउने मान्यता हुन्छ । त्यो कुरा केपी ओलीले तोडेका थिए । ओलीका अगाडि अरु एमाले नेताले बोल्न सकेनन् । ओलीले पेल्न थालेपछि अरुले प्रतिवाद गर्दा पार्टी फुट्यो ।
अहिले पनि प्रचण्ड घेराबन्दीमा छन् । एमालेका केपी ओली हुने नहुने प्रचार गर्ने गरेका बेला कांग्रेसले त्यसको ख्याल कति ग¥र्यो ? सरकार छ त्यसको पहिचान र महत्वलाई लत्याउने काम भएको छ । माओवादीका मन्त्रीहरुले काम देखाएका छैनन् । तर माओवादीको भागमा गृह, पर्यटन, संचार, सामान्य प्रशासन र उर्जा मन्त्रालय मात्र छन् । २१ मन्त्रालयमा ५ को रौनक हुन्न । समस्या घाँटीमा छ, सुधार पेटको गर्न खोजेर हुँदैन । स्वार्थको राजनीतिमा घाँटीको रागको उपचार पेटमा गर्ने जाली काम भएको छ । त्यसको उपचार कांग्रेसका डा.शेखरहरुले गर्दैछन् । आज भएको मूल इस्यु त्यही हो । घाँटीको उपचार घाँटीमै गर्नुपथ्र्याे ।
दलीय एजेण्डा फरक छन् । भ्रष्टाचार नियनत्रण बिचौलिया माफियाविरुद्धको अभियानमा सबैको धारणा एउटै हो । मुलुक बनाउनकै लागि सिंहदरबारमा केन्द्रीत राज्यसत्तालाई सात प्रदेश र ७५३ स्थानीय तहमा विभाजित गराए । पछिको राष्ट्र पनि द्वन्द्वमै फसाउने हो भने लोकतन्त्रको लागि मान्छेको ज्यान गएमा मूल्य रहँदैन । संविधानले केपी ओली, प्रचण्ड र देउवालाई छुट्टै अधिकार, अन्यलाई छुट्टै भन्ने हुँदैन । अहिले देशमा त्यस्तै भएको छ । ठूलालाई कानून लाग्दैन । कानूनतः मिटरब्याज पीडित र साहुकर पीडितलाई लगाइन्छ । नेता, प्रहरी, प्रशासनलाई देश बनाउनु छैन । त्यहीकारण गरिब र निमुखाको न्याय कम्युनिष्ट र कांगे्रसले दिन चाहँदैनन् ।
साझा मुद्दामा देश गएकै छैन । यो देशको राजस्व जनताका लागि होइन, यिनै ठूला ठालुको भत्ता, उपचार खर्च, यिनकै बिचौलिया र भरौटेलाई पाल्न खर्च छ । एउता कलमजिवी पत्रकार मृत्युको मुखबाट उम्के र बाहिर आउँछ, राज्यको सहारा खोज्छ र पाउँदैन । गणतन्त्रको मुख्य उपलब्धीइ त्यही हो ? यस्ता प्रश्न समाजमा उठेका छन् । निष्ठा, त्याग, समर्पण, सिद्धान्त र विचार गुमाएको राजनीतिलाई यो भद्रगोल बेथिती फाइदा भएको छ । त्यसैले दलहरु एकताबद्ध हुन जरुरी छ । (तामाकोशीसन्देशबाट)