उपनिर्वाचनमा माओवादी विद्रोह

राजनीति समाचार

काठमाडौं । पार्टी नेतृत्वले सैद्धान्तिक विचलनको बाटो रोजेर वर्गीय धरातल त्यागेपछि दश वर्षे जनयुद्धको ब्याज खानेहरु कांग्रेसको पुच्छर बनेको प्रतिफल यसपटक नेकपा माओवादीभित्र विद्रोह सुरु भएको छ । केन्द्रमा कांग्रेसलाई साथ दिन तनहुँ र चितवनलाई दिइएको निर्देशन जिल्ला तहमा लागू नहुने भएको छ । बारामा माओवादीबाट जनमत पार्टी हुँदै संसदको उम्मेद्वार बनेका शिवचन्द्र यादवको पक्षमा कार्यकर्ता खटेका छन् । नेतृत्व भ्रष्ट भएकै कारण यस्तो विद्रोह देखिएको हो ।

सत्ता गठबन्धनले बारामा जसपा, चितवन र तनहुँमा कांग्रेसलाई मत दिन गरेको निर्णयले कार्यकर्ता हतास भएका छन् । माओवादीका अध्यक्ष प्रचण्ड चितवन आउँछन्, जनता भेट्दैनन् । तनहुँका सुरेश आले, श्रीराम ढकाल जिल्ला जाँदैनन् । यिनीहरु वर्गीयता त्यागेर जातियताको ब्याज हजम गर्ने नेताहरु हुन् । जातको नाममा राजनीति गर्ने सुरेश आले माओवादीलाई कमजोर बनाउने पात्र भएका छन् ।
एमाले दर्शन सिद्धान्त, नीति र विधि भन्दा डलरमा चलेको पार्टी हो ।

माओवादीले पनि त्यही सिक्यो । देव गुरुङ, सुरेश आले, रामबहादुर थापाहरुले विगतमा माओवादी फुटाए । आज मोहन वैद्यको सिद्धान्तमा टिक्न नसकेर माओवादी र एमालेको शरणमा पुगेर मुलुक लुटेका छन् । अपराधिक गतिविधिमा उनीहरु जोडिएका छन् । पार्टी विचारभन्दा पनि भ्रष्टीकरणमा पुगेपछि चुनावमा समेत स्थानीय नेता कार्यकर्ताले परिवर्तनको पक्षधर कम्युनिष्ट माफिया भन्दा फरक शक्तिलाई सहयोग गर्छन् । त्यसको नमूना तनहँुमा रास्वपाका स्वर्णिम वाग्ले, चितवनमा रवि लामिछानेप्रतिको लहरले देखाउँछ । (तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *