सत्ता नै दलको प्रमुख एजेण्डा

राजनीति समाचार

काठमाडौं । सत्तापक्ष विपक्ष कोही पनि पद र कुर्सीका लागि मुलुकको संयुक्त एजेण्डा बनाउँछन् । कम्युनिष्ट, कांग्रेस, जसपा, जनमत कोही पनि पदको लागि त्याग देखाउने पक्षमा छैनन् । पैसाका लागि देशका नागरिकलाई अनागरिक बनाउन कोही पछि हट्दैनन् । भुटानी शरणार्थीको नाममा एमालेका केपी ओली रामबहादुर थापा, टोपबहादुर रायमाझी जस्ता नेता जोडिएकै छन् ।

राजेश बज्राचार्य, अजय क्रान्ति श्रेष्ठलाई जोगाएका छन् । आफु अपराधीलाई चुनावमा टिकट दिने केपी ओलीले दलहरुको विरोध गर्न छाडेका छैनन् । मधेश प्रदेशमा जसपाको नेतृत्वसँग जनमत पार्टी असन्तुष्ट छ । पछिल्लो पटक माओवादीका दुई मन्त्री, एक राज्यमन्त्रीले पद न्याग्नु परेको छ । कांग्रेस एकीकृत समाजवादीलाई रोज्नैपर्ने माओवादीले त्याग देखाउनैपर्ने यो लोकतन्त्रको बलियो र सबल पक्ष हो ।

भुटानी शरणार्थी प्रकरण सबै मुछिन रुचाउँछन् । अख्तियारमै प्रेम राईजस्ता राष्ट्रसेवक गृहसचिव हुँदा पैसा लिएका रहेछन् । महेश्वर न्यौपाने पनि विवादित व्यक्ति थिए । यी दुबै एमालेका अध्यक्ष केपी ओलीका व्यक्ति मानिन्छन् । एमालेले सरकारको विरोध गर्नुको अर्थ छैन । किनकी नीतिगत भ्रष्टाचार र बिचौलिया हावी बनाउने काम एमाले सरकारले ग¥यो ।

जुन समूहले नेकपा फुटाएको हो । जनता संकटमा छन् । तर दलहरु पद र कुर्सीका लागि मरिहत्ते गर्दैछन् । सरकारले पनि सबैको चित्त बुझाउँदै गर्दा केपी ओलीसँग जोडिएका पिए र आफन्त बचाउन पटक पटक बालुवाटार धाएकै हुन् ।(तामाकाशीसन्देशबाट)

Leave a Reply

Your email address will not be published. Required fields are marked *