नक्कली भुटानी शरणार्थी काण्डले प्रहरी नेतृत्व नै कमजोर

राजनीति समाचार

काठमाडांैं । नेपाल प्रहरीभित्र विगत लामो समयदेखि राजनीति घुसेपछि प्रहरीभित्र विवादैविवाद चल्दै आएको छ । त्यही विवादको कारण नेपाल प्रहरीले विभिन्न ठाउँमा भएका जगघन्य अपराधका घटनादेखि तस्करी, माफिया, ज्यान मुद्दामा र करणीजस्ता मुद्दामा मुछिएका थुम्प्रै घटनाहरु लुकाउने काम गर्दै आएको छ । त्यसकै आधारमा राजनीतिक दलहरुले विभिन्न प्रहरीको नेत्त्वको छनोटमा योग्यता, दक्षता र वरिष्ठलाई प्राथमिकता दिएर छनोट गर्नुपर्नेमा त्यसो नगरी उल्टै आफ्नो पार्टी निकटको जुनियर व्यक्तिहरुलाई सरुवा, बढुवादेखि नेतृत्वमा पु¥याउने काम दलहरुले नगरेका होइनन् ।

त्यसको विरोध हुँदाहुँदै पनि पछिल्लो समय नेपाल प्रहरीभित्र केही सुधारका कामहरु भने हुन थालेका थिए । तर, नेपाल प्रहरीभित्रै राजनीति घुसेपछि प्रहरी संगठन नै बदनाम हुँदै आएको छ । र, राजनीतिक दलका नेता, कार्यकर्ताहरुले जस्तोसुकै क्रियाकलाप गरेपनि प्रहरीले जोगाउँदै आएको थियो । अहिले आएर नक्कली भुटानी शरणार्थी काण्डले नेपाल प्रहरीभित्र खैलाबैला मच्चिएर संगठनै दुई खेमामा विभाजित भएको स्थिति छ । यसले गर्दा कतिपय राजनीतिक दलका नेताहरु चोख्याउने काम प्रहरी महानिरीक्षक वसन्त कुँवरले गरेको बताइन्छ ।

त्यसैगरी अर्का एआईजी श्याम ज्ञवाली र महानिरीक्षक वसन्त कुँवरबीच समन्वयकारी भूमिका नहुँदा प्रहरीभित्र यस्तो अवस्था आएको बताइन्छ । त्यसमा एउटाले जोगाउन खोज्ने अर्कोले कारबाही गर्नुपर्छ भन्ने विवादले अहिले प्रहरी संगठन नै विभाजित देखिएको छ । त्यसकारण पनि यतिबेला कतिपय नक्कली भुटानी शरणार्थी काण्ड लागेका व्यक्तिहरुलाई प्रहरीले पक्राउ गर्न सकेको छैन । कतिपय शरणार्थी काण्डमा पक्राउ परेका नेता तथा अन्य विचौलियाहरुलाई पनि मुद्दा कमजोर बनाएर छुटाउने काम भित्रभित्रै हुन थालेको छ ।

तर, यस्ता जघन्य अपराधमा मुछिएका व्यक्तिलाई निष्पक्ष छानविन गरी दोषीलाई कारबाहीको दायरामा ल्याउन दुई प्रहरी एसएसपी दानबहादुर कार्की र मनोज केसीले महत्वपूर्ण भूमिका खेलेको पाइन्छ । तर, यस्ता प्रहरी अधिकृतहरुलाई प्रहरी संगठनभित्रकै केही प्रहरी अधिकृत र राजनीतिक दलहरुले कार्की र केसीलाई बद्नाम गर्ने र सो मुद्दालाई कमजोर बनाउन खेल भित्रभित्रै भइरहेको स्रोतको भनाइ छ ।

यसरी जघन्य अपराधमा मुछिएका व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याउनुपर्नेमा उल्टै प्रहरीभित्रका विशिष्ट व्यक्ति र राजनीतिक दलका नेताहरु मिलेर छुटाउने प्रपञ्च रचिँदै त छैन ? भनेर आमनेपालीले प्रश्न गर्न थालेका छन् । कतिपय नक्कली भुटानी शरणार्थी काण्डमा आरोप लागेका उच्च तहका कर्मचारीदेखि उच्च नेताहरुका श्रीमती र छोराहरुलाई प्रहरीले पक्राउ गर्न नसक्नु भनेको प्रहरीको नेतृत्व नै कमजोर हो भन्ने प्रष्ट देखिन्छ ।(तामाकोशीसन्देशबाट)

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *