रास्वपाको मात्रै अपराधिक पृष्ठभूमि छैन

समाचार

नेपालका स्थापित ठुला राजनीतिक दलहरु सबै अपराधिक पृष्टभूमिबाट आएका मात्रै छन । नेका, एमाले र माओवादी दलहरु सबै अपराध कै मार्गबाट नेपालको राजनीतिमा चम्केका राजजनीतिक दलहरु हुन । क्रान्तिकारी रुपान्तरण गरी नेपाल राष्ट्रको चमत्कारिक बिकास गर्ने ठुला संकल्पहरुका साथ उक्त राजनितिक दलहरुले नेपाली जनताको भरोसा आफ्नो पक्षमा तुल्याएका थिए । अहिले आएर तिनै राजनीतिक दलहरुले नेपाल राष्ट्रलाई दिशाहिन र लक्षहिन बनाएर अबिकास, अराजकता र दन्डहिनताको दलदलमा जाकेका छन । चोक्टा खान गएको बुढी झोलमा डुबेर मरी भनेको जस्तो अवस्थामा नेपाली जनतालाई पुर्याएका छन । साथै नेपाल राष्ट्रलाई बिदेशीको ऋणमा चुर्लुम्म डुबाएर नेपाली जनतालाई ठुलो आर्थिक संकटमा पारेका छन । यस्ता दलहरुले राष्ट्रको आय स्रोतहरु नहेरी बनाएको नेपालको संबिधान २०७२ अनुसार कै शासकिय स्वरुपको कारणले सरकारी चालु खर्च ह्वात्तै बढेको हुँदा सोखर्च धान्न सक्ने राष्ट्रको आम्दानी छैन । राष्ट्रिय ऋणको साँवा व्याज तिर्ने, अपुग चालु खर्च परिपूर्ति गर्ने र पुँजीगत बिकास खर्चको जोहो गर्ने जस्ता सबै वित्तिय व्यवस्थापन गर्न राष्ट्रिय ऋण लिनै पर्ने बाध्यकारी अवस्थामा नेपाल राष्ट्रलाई दलहरुले पर्याएका छन । यस्ता मुखमा राम राम बगली छुरा बोकेका दलहरु प्रति नेपाली जनताको आस्था उडीसकेको छ । त्यसैले नेपाली जनता मुखले मात्र होइन व्यवहारले नै जनपक्षिय राजनीति गर्ने जीवन्त राजनीतिक दलको खोजीमा छन् ।

अपराधी र भ्रष्टाचारी पृष्टभूमि भएका स्थापित राजनीतिक दलहरु र तिनका नेताहरु प्रति नेपाली जनताको भरोसा छैन । उहाँहरु आफै सुध्रिने वा उहाँहरुले बिदेशबाट नक्कल गरी नेपालमा लागु गरेको संघिय गणतन्त्रलाई सुधार्ने कुरामा नेपाली जनताको मनमा पटक्कै बिश्वास छैन । त्यसकारण नेपाली जनता भ्रष्टाचार र अपराधिक पृष्टभूमि नभएका राजनीतिक दलको खोजीमा लागेका छन । यसो त नेपाल १०० भन्दा धेरै राजनीतिक दलहरु दर्ता भएका छन तर सक्रिय र सफल राजनीतिक दलहरुको संख्या भने औंलामा गन्न सकिने छन । केही राजनीतिक दलहरु क्षेत्रिय स्तरको छन भने अन्य धेरै दलहरु दर्ता भएको भएतापनि नेपालको राजनीतिमा सक्रिय छैनन् । गत आम चुनावमा दर्ता भएको ३ महिना भित्रै भाग लिएका एउटा नयाँ राजनीतिक दलले निकै तहल्का मचायो । उक्त दलको चुनाव चिन्न घण्टी थियो र घण्टी चुनाव चिन्हलाई नेपाली जनताले खुबै मन पराएको हुँदा उक्त दल पहिलो चुनावमा नै राष्ट्रिय दलको हैसियत प्राप्त गरी नेपालको राजनीतिमा प्रभाव जमाउन सफल भयो । उक्त घण्टी चुनाव चिन्ह भएको राजनीतिक दलको नाम राष्ट्रिय स्वातन्त्र पार्टी अर्थात छोटकरीमा रास्वपा थियो । उक्त पार्टीका नेताहरुको कुनै पूर्व तयारी थिएन र नेताहरु पनि सामान्य जीवनयापन गर्ने आम नेपाली जनता सरहका नै थिए ।

स्थापित दलहरुको जस्तो प्रतिबद्धता वा शंकल्प पत्रहरु केही नभएपनि आम नेपाली जनताको दैनिक जीवनी सित जोडिएका जीवनयापनका बिषयहरु प्रति उहाँहरुको जीवनशैलीलाई हेर्दा नै प्रष्ट हुने गरेको छ । उहाँहरुको संगठन बिस्तार जनस्तरमा के कुरा राष्ट्रिय स्तरमा समेत बनेको थिएन तैपनि घण्टी चुनाव चिन्हले कमाल गरेरै देखायो । उहाँहरुको शिद्धान्त, लक्ष र कार्ययोजना बारे अझ पनि राम्रो सित नेपाली जनतालाई जानकारी भएको छैन । भ्रष्ट र अराजक दलका नेताहरुबाट पीडित नेपाली जनताले रबि लामिछाने जस्ता स्वच्छछबी भएका नेतालाई तुरुन्तै पत्याई हाल्नुमा उहाँले एक भ्रष्टाचार बिरोधी पत्रकारको रुपमा गर्नु भएको सामाजिक र मानविय योगदानको कदर गरेको पनि हो । रास्वपाका अन्य नेताहरुको छबी पनि रबि लामिछानेले जनमानसमा स्थापित गर्नु भएको मार्गचित्र अनुसार नै छन । सबै भन्दा राम्रो कुरा के छ भने रास्वपाका नेताहरु सबै युवापिढीका छन । यसको ठिक बिपरित नेका, एमाले र माकेका नेताहरु बुढा मात्रै छन र युवापुस्ताले उक्त दलहरुमा नेतृत्व गर्ने अवसर पाउन सकेको छैन । उक्त दलहरु बुढाखाडाको दल बनीसकेको हुँदा नेपाली जनताले खोजेको जस्तो पुरुषार्थी कर्म गरी देखाउन सक्ने वीर नेताहरुको अभाव छ । तैपनि तुलनात्मक रुपमा हेर्दा कोर्दा माओवादी केन्द्रका नेताहरुको छबी नेका र एमाले नेताहरुको भन्दा राम्रो भएको देखिन्छ । नेपालमा दलहरुले एकलौटी शासन सत्ता सम्हाल्न थालेको पनि ३३ बर्ष बितीसक्यो । यहि अवधिमा संसारका अन्य मुलुकहरुले राष्ट्र बिकासमा ठुलो फड्को मारीसकेका छन भने नेपालको हालत भने झन झन बिग्रेर गएको देखिन्छ । दलका नेताहरुले नेपाललाई आवाद होइन बर्बाद तुल्याएका छन । दलहरुले नेपालको पहिचान बनीसकको राजतन्त्रलाई हटाएर हिन्दूराष्ट्रबाट धर्मनिरपेक्ष राष्ट्रमा रुपान्तरण गरीसकेपछि नेपाललाई नयाँ पहिचान दिन सकेन । नेपालको राजनीति र बिकासमा बिदेशीका दलालहरुको अधिपत्या स्थापित हुन पुग्यो । बिदेशीले उल्टो बाटो देखाउँदै लगे र दलालको नुन खाईसकेक दलका नेताहरुले सोही बाटोमा हिडेर नेपाललाई एक भ्रष्ट र अराजक मुलुकको पगरी गुथाउने सफलता पाए ।

दलहरुले नेपालमा सुशासन चलाउन नसकेको हुँदा नेपाली जनताको आत्मसम्मानमा ठुलो आघात पुगीसको छ । नेपाली जनता लामो समय देखि दलहरुले बिगारेको मुलुकको यो अवस्थालाई सही तुल्याउन सक्ने प्रभावशाली दल वा नेताको खोजीमा छन । डब्न आँटेकालाई तिल्काको साहारा भने झै नेपाली जनताको लागि रबि लामिछानेले नेतृत्व गर्नु भएको रास्वपा दल एक साहाराको रुपमा आएको देखिन्छ । दलहरुले नेपालमा अहिले सम्म चलाउँदै आएको निषेधको राजनीति असफल भईसकेको छ । इतिहासिक राजतन्त्रलाई नेपालको राजनीतिमा कुनै भूमिका नदिनु दलहरुको ठुलो गल्ती हो । त्यसैगरी हिन्दूराष्ट्रको पहिचानलाई मेटाएर धर्मनिरपेक्ष राष्ट्रमा रुपान्तरण गर्दै लानु दलहरुको दोस्रो ठुलो गल्ती हो । नेपाल राष्ट्रको ईशाईकरण गर्दैलाने दलका केही नेताहरुको अभियान निन्दनीय छ । यो सबै कुराहरुलाई समेटर नेपालको बिग्रेको राजनीतिलाई ठिक पार्न सक्ने नेताको खोजीमा नेपाली जनता लागेका छन । रबि लामिछानेले नेतृत्व गर्नु भएको रास्वपा दलले त्यस्तो राजनीतिक विकल्प दिन सक्ने आशा नेपाली जनताको मनमा जगाएको छ । अखिरमा सबै नेपाली जनता मिलेर नै बिचको समाधानको बाटो निकल्नै पर्छ । नेका, एमाले वा माकेको पछि लागेर सबै नेपाली जनता भिरको बाटोमा जानु हुन्न । दलका नेताहरुले नेपाली जनतालाई भ्रष्ट, अराजक र दन्डहिन अवस्थामा पर्याएका छन । फलस्वारुप नेपाली जनता आर्थिक संकटको भासमा जाकिदै गएको छ । बिदेशीको प्रभावमा नपरी त्यसबाट बचाउन सक्ने दल वा नेताको खोजीमा अहिले नेपाली जनता लगेका छन । रबिलामिछानेले नेतृत्व गर्नु भएको रास्वपाले त्यस्तो राजनीतिक विकल्प दिन सक्ने बिश्वास नेपाली जनताको मनमा जागेको छ । जसरी जमिन मुनीको माटो सित नजोडिएको बोट विरुवाहरु धेरै लामो बाँच्न सक्दैन त्यसरी नै जनता सित नजोडिका दलहरु लामो समय चल्न सक्दैन । नेका, एमाले र माके दलहरु नेपाली जनता सित नजोडिर तर भ्रष्टाचार, अपराध, अराजकता यबम दण्डहिनता सित जोडिएका दलहरु हुन । त्यसैले उक्त दलहरु नेपाली जनताको मनमष्तिकबाट टाढिँदै गएका छन । नेपाली जनताले दलहरु र दलका नेताहरुलाई नाफाखोर दलाल बिचौलिया तस्कर माफियाको पार्यवाचीको रुपम चिन्न थालेका छन । सबै भन्दा खराब त के देखिएको छ भने ठुला दलहरु र दलका नेताहरु आफै सुध्रिन र व्यवस्थालाई सुधार्नको लागि पनि तयार देखिएको छैन । उक्त दलहरुको तुलनामा रास्वपा पार्टीको नेतृत्व वर्गमा व्यापक विविधिकरण देखिनको साथै नेताहरु आफै सुध्रिन र रास्वपालाई सुधार्दै लैजान हमेसा तत्पर भेटिएका छन । युवा नेताहरुले नेतृत्व गरेको रास्वपा दल नेपाली जनता भन्दा फरक देखिन चाहेको छैनन् र जसरी पनि नेपाली जनता सित जोडिएर बस्न हर्दम प्रयत्नशील छन् ।

राजनीतिक व्यवस्थालाई पनि रास्वपाले निर्विकल्प ठानेका छैनन् र नेपाली जनताले चाहेको जस्तै राजनीतिक व्यवस्था र अवस्था तयार पार्नको लागि पछि हट्नेवालामा पर्दैनन् । रास्वपाको तुलनामा बुढो दलमा रुपान्तरण भईसकेको नेका, एमाले र माके दलहरु देश डुबेपनि डुबोस भन्ने मानसिकताले ग्रसित भएका छन । नेपालको बिकास र राजनीतिमा बढेको बिदेशीको हष्तक्षेप र नेपाली जनता माथि जाईलागेको आर्थिक संकटले दलहरुको स्वार्थी राजनीतिक भूमिकालाई उदाङ्गो पारीसकेको छ । रास्वपा त्यस्ता स्वार्थी तत्वहरुबाट प्रेरित दलहरुको जालमा नपरी नेपाली जनतालाई अन्धकारबाट उज्यालो तिर लान सफल हुनेछ किनकि रास्वपा नेका, एमाले र माके जस्तो अपराधको पृष्ठभूमि भएका दलहरु भित्र पर्दैन । रास्वपा जल जस्तै कञ्चन र भ्रष्टाचार बिरोधी जनसहभागिता भएको राजनीतिक दल भन्ने कुरा आम चुनावको नतिजाबाट नै प्रमाणित भईसकेको छ । रास्वपाले मुलुकको चमत्कारिक बिकास गरी नयाँ नेपाल बनाउन सफल हुने क्षमता भएको पार्टी हो भन्ने कुरामा कसैको दुईमत हुन सक्दैन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *