जनताको संरक्षण गर्न नसक्ने तपाइँहरूलाई कुर्सीमा बस्ने अधिकार छैन : सांसद गंगा चौधरी

राजनीति समाचार

काठमाडौं । सांसद गंगा चौधरीले जनताको संरक्षण गर्न नससकेको भन्दै मन्त्रीहरुलाई कुर्सीमा बस्ने अधिकार नरहेको बताएकी छन् ।

प्रतिनिधिसभाको आइतबार बसेको बैठकमा उनले थारू समुदायको संरक्षण र संविधानप्रदत्त अधिकारसमेत दिएको आरोप लगाउँदै मन्त्रीहरूलाई मन्त्रीको कुर्सीमा बस्ने अधिकार नै नरहेको बताइन् ।

राजनीति सिद्धान्त, दायित्व र मौलिक हकबारे संविधानमा हेर्न आग्रह गर्दै उनले विभागीय मन्त्रीहरूलाई जिम्मेवारीको कुर्सीमा बस्ने अधिकार र हैसियत नै नभएको बताइन् ।

‘विभागीय मन्त्रीज्यूहरू, तपाइँहरू के गरेर कुर्सीमा बस्नुभएको छ । जनताको संरक्षण गर्न सक्नुहुन्न भने तपाइँहरूको कुर्सीमा बस्ने हक अधिकार र हैसियत पनि छै्रन,’ उनले भनिन् ।

थारू समुदाय नेपाली नागरिक होइन र भन्दै प्रश्न गर्दै उनले थारूमाथि नै राज्यबाट अन्याय भएको बताइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *