हाम्रो यात्रा दसौँ वर्षमा

लेख विविध शिक्षा/स्वास्थ समाचार

छापा मिडियाको भीडमा नौ वर्षअगाडि पाठक सामु आएको तामाकोशी सन्देशले आजबाट आफ्नो रफ्तार ९औँ खुड्किलो पार गर्न सफल भएको छ । निजी क्षेत्रमा छापा मिडियाको भीडमा हामीले आत्मसम्मानको ध्वजालाई झुक्न दिएनौँ । आर्थिक रुपमा कमजोरी भए पनि हाम्रो टिमले कहिल्यै पनि विचार र आस्थालाई बन्धकी बनाएन । सत्य र तथ्य समाचार दिने हाम्रो प्रयास जारी छ र जारी रहन्छ । हामीलाई सुझाव दिने आर्थिक पक्षलाई सहयोग गर्ने, विज्ञापन उपलब्ध गराइदिने र साथ दिनु हुने थुप्रै मित्रहरु हुनुहुन्छ, सकेको बेला सहयोग गर्ने, नसक्दा सुझाव दिनु नै मित्रहरुको हामीप्रतिको सद्भाव हो ।
हामीलाई सहयोग गर्ने जति हुनुहुन्छ, पर्दापछाडि रिस गर्ने, डन्डा बर्षाउने मित्रहरु पनि हुनुहुन्छ । हामीले सहैकै छौँ । हामी कसैको रिस गर्दैनौँ, गर्ने पनि छैनौँ । सरकारको सञ्चार नीति स्पष्ट छैन । अहिले नेकपाको बहुमत प्राप्त सरकार पनि छ । सञ्चार मन्त्रालयले स्पष्ट सञ्चार नीतिको व्यवस्थापन गर्दा स्वरोजागरमूलक साना लगानीका साप्ताहिक, मासिक सन्ध्याकालिन मात्र होइनन्, ठूला दैनिकहरु समेत अहिले संकटमा परेका छन् । राज्यलाई गलत बाटोमा डो¥याउँदा तथा राष्ट्र र राष्ट्रियताको संरक्षण गराउन दबाब सिर्जना गर्ने काम स्वगोजगारमूलक पत्रिकाहरु नै हुन् । व्यापार गर्नेलाई देश र राष्ट्रियताको चिन्ता हुँदैन, जहाँ सहज हुन्छ त्यहाँ गएर व्यापार गर्ने, लगानी उठाएर नाफा कमाउने साहुजीहरुको लक्ष्य हुन्छ । तर साना लगानीका स्वरोजगारमूलक पत्रिकाले त्यो बाटो लिन सक्दैनन् । अहिले रंगीन कलेबरको भीड पनि बढेको छ । विज्ञापनदाताहरु रंगीचंगीमा रमाइलो मान्छन् र मान्नु स्वभाविक पनि छ । अनलाइन न्युज पोर्टलहरुको भिड बढिरहेको छ । हामी पनि त्यो बाटोमा जाने प्रयासमा छौँ । हाम्रो प्रयास हाम्रो विश्वासले आज जुन अवस्थामा हामी छौँ, त्यो ठाउँमा आउन पाठकवृन्द, विज्ञापनदाता र शुभेच्छुकहरुकै आड भरोसा हो ।
अर्काको रिस नगर्ने, आफ्नो क्षमताले सकेको सेवा दिएको बितेको ९ वर्ष अविस्मरणीय छन् । महामारी कोभिड–१९ नेपालभर फैलिएको छ । अहिले हालत झन् जटिल बन्दै छ । पत्रिका प्रकाशनपूर्व समाचार संकलन, लेखन, कम्प्युटर, छपाइपछि मात्र पाठकमा पुग्छ । हाम्रा पाठक र हाम्रा शुभेच्छुकहरुको माया ममता हामीलाई छ । त्यही कारण भ्रष्टाचार, विसंगति भेद्भावविरुद्ध हामी डटेर लाग्दै आयौँ । त्यो क्रम हामी सदा जारी राख्ने छौँ । भ्रष्टाचार र अत्याचारसँग लडेको तामाकोशी सन्देश साप्ताहिकले कसैसँग सम्झौता गर्ने छैन । देखेको सत्य, भोको तथ्य हाम्रो अडान हो । सहयोगी शुभेच्छुक मित्रहरुबाट विगतको जस्तै सद्भाव रहनेमा हामी ढुक्क छौँ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *